काठमाडौँ, ९ पुस । प्रमुख तीन दलका शीर्ष नेताहरूबिच बैठक बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षसहितका नेताहरू सहभागी छन्।
छलफलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन्।
यस्तै बैठकमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ तथा काँग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल भइरहेको छ।