Gyaan Ghar

Advertisement

चीनमा भुकम्पमा परी मर्नेको सङ्ख्या ३२५ पुग्यो, झन्डै २ लाख घरबार विहीन

बेइजिङ, ८ पुस । उत्तर पश्चिम चीनमा सोमबार गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी ३२५ जनाको मृत्यु भएको छ ।

 

चीनका स्थानीय अधिकारीहरूका अनुसार गान्सु प्रान्तमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ भने छिङहाइ प्रान्तमा मृत्यु हुनेको सङ्ख्या १४८ नाघेको छ ।

शुक्रवार साँझ ८ बजेसम्म गान्सुमा गएको भूकम्पबाट ७ सय ८१ जना घाइते भएको प्रादेशिक भूकम्प उद्धार मुख्यालयले जनाएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार गान्सुका प्रभावित बासिन्दाहरूका लागि जम्मा ३११ अस्थायी स्थानान्तरण साइटहरू स्थापना गरिएको छ र शुक्रवार दिउँसोसम्म १ लाख १२ हजार ३४६  मानिसहरूलाई स्थानान्तरण गरिएको छ ।

 

सिन्ह्वा समाचार एजेन्सीका अनुसार  हालसम्म ४९९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने २८२ जना अस्पतालमा छन् । जसमध्ये १७ जनाको अवस्था गम्भीर छ भने ६९ जनाको अवस्था गम्भीर छ । छिङहाइ प्रान्तमा गएको भूकम्पका कारण बिहीबारसम्म ३१ जनाको मृत्यु भएको जानकारी दिइएको थियो ।

गान्सु र छिङहाई प्रान्तमा १ लाख ३९ हजारभन्दा बढी मानिसलाई आपत्कालीन आश्रय स्थलमा सारिएको छ । सिसिटिभीका अनुसार गान्सुका उद्धारकर्मीहरूले आफ्नो काम प्रभावित जनसङ्ख्याको पुनर्स्थापना र घाइतेहरूको उपचारमा मात्र केन्द्रित रहेको छन्।

 

डिसेम्बर १८ को भूकम्प २०१४ पछि चीनको सबैभन्दा घातक भूकम्प थियो, जब दक्षिण पश्चिम युनान प्रान्तमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो  ।

प्रतिक्रिया दिनुहोस

राजनीति

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्र...
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...