health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, ७ पुस । मिस नेपाल-२०१२ की सेकेन्ड रनर अप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्ने मात्र होइन साकार बनाउन सक्छिन् ।
नेपाली बाबुहरूले आफ्ना छोरीहरूको अध्ययनमा लगानी गरिदिए उनीहरू आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन। आफ्नो आगामी फिल्म ‘चित्रा’का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन्। बाबु छोरीको सम्बन्धको कथा भन्ने यो सिनेमामा आफू महत्त्वपूर्ण भूमिकामा रहेको उनको भनाइ छ। फिल्मको विषय सबैका लागि रुचिकर हुने उनी बताउँछिन् । फिल्मलाई लिएर आशावादी उनीसँग गरिएको भलाकुसारी यस्तो छ –
अभिनेत्री शुभेक्षा खड्काले ‘चित्रा’मा अभिनय गरेको पात्र कस्तो हो?
यो एउटा फ्रेस पात्र हो जसले सिनेमामा रमाइलो ल्याउने काम गर्छ, जुन बाबु छोरीको कथा देखाउन खोजिएको छ त्यसमा ‘मसला’को काम गरेको छ । हेर्दा सरल पात्र तर ट्विस्ट लेराउने पात्रका रूपमा फिल्ममा मलाई पाउन सकिन्छ।
यसरी ट्विस्ट र मसला बनेको पात्रलाई आफूले कतिको न्याय गरेछु भनेर पाउनुभयो ?
मैले दुई वटा फिल्म गरिसकेँ र इमानदारिताका साथ भन्नु पर्दा ‘चित्रा’मा चाहिँ सुटिङका दिनहरू कम भए पनि राम्रो भूमिकामा गरेकाले खुसी थिएँ। अहिले डबिङमा हेर्दा मैले राम्रो गरेको रहेछु भनेर झनै खुसी भएकी छु।
फिल्महरूमा तपाईँ कस्तो खाले भूमिकाको पर्खाइमा हुनुहुन्छ?
यस्तो खालको भन्ने छैन तर नयाँ खाले कथा होस्, त्यसमा मेरो मात्रै भूमिका राम्रो होइन कि समग्रमा नै राम्रो कथा बोकेको फिल्म होस् भन्ने मेरो चाहाना छ । एउटा यस्तो कथा जहाँ दर्शकले फिल्म हेरेर घर पुगिसकेपछि पनि त्यसले दिएको मनोरञ्जनको स्वाद स्मरणीय रहिराखोस् । भूमिका जस्तोसुकै होस् तर दमदार कथा भएको फिल्म होस् ।
‘चित्रा’बाट तपाईँको अपेक्षा के हो?
हामीले प्रेमकथाहरू हेर्दै आइरहेका छौँ। अहिले सामाजिक कथामाथि पनि फिल्महरू आइराखेकै छन् । त्यसमा ‘चित्रा’चाहिँ पारिवारिक कथा हो, जसले बाबु छोरीको कथा देखाउँछ। मैले पर्दामा बाबु छोरीमाथि नै केन्द्रित भएर बनेको फिल्म नदेखेको धेरै भयो। यसले गर्दा पनि यो फिल्मबाट दर्शकले नयाँ स्वाद पाउनुहुन्छ।
बाबु छोरीको सम्बन्धलाई तपाईँ आफू कसरी हेर्नुहुन्छ?
बुबाहरूको साथ छोरीहरूलाई भयो भने त्यो मेरुदण्डका रूपमा नै हुन्छ। आमाले त माया गर्नु नै हुन्छ तर बुबाहरू चाहिँ भावनात्मक रूपमा कम उपलब्ध हुन्छन् भनिन्छ। तर उहाँहरूले छोरीको जीवनमा जस्तै पढाइसँगै करियरका हिसाबले सहयोगी हुँदा चाहिँ एकदमै ठुलै र महत्त्वपूर्ण हुन जान्छ, त्यो छोरी अर्कै हुन्छे ।
तपाईँको आफ्नो जीवनमा चाहिँ बुबाको भूमिका के छ?
एकदमै सहयोगी। उहाँ त मलाई सुरुसुरुमा यो क्षेत्रमा आएर राम्रो राम्रो फिल्म खेल्नुपर्छ भनेर प्रेरणा र भरोसा दिने व्यक्ति हो । मेरो हरेक सपनामा सहयोग गर्नुभएको छ।
फिल्मबाहेक केही त्यस्ता सम्झनाहरू छन् जसका लागि तपाईँ आफ्नो पितालाई उहाँले यो गर्दिनाले म यहाँ छु भनेर सम्झिराख्नु हुन्छ?
धेरै क्षणहरू छन् । विशेष गरी मिस नेपालमा भाग लिँदाको कुरा मेरो सम्झनामा छ । सन् २०१२ मा मिस नेपालमा सहभागी हुँदा म भर्खर १८ वर्ष पुगेकी थिएँ। त्यो समयमा म टेलिभिजनमा काम गर्थे तर पारिश्रमिक त्यस्तो राम्रो थिएन । मैले महिनाको ६ हजार कमाउँथे, त्यो पनि समयमा आउँथेन र मसँग कुनै बचत पनि थिएन । मिस नेपालको बेलामा तालिम सत्रहरूमा जाँदा आफूलाई अब्बल देखाउन अलिअलि खर्च गर्नुपर्थ्यो। पहिरन, मेकअप तथा गाडी भाडामा पैसा खर्च हुन्थ्यो । मलाई याद छ, उहाँले मलाई सजिलो होस्, गाह्रो नहोस् भनेर हातैमा ठुलो रकम थमाउँदै ल तिमीलाई केमा खर्च गर्नुपर्छ मजाले खर्च गर्नु भनेर दिनुहुँदा चाहिँ त्यति बेला म धेरै भावुक बनेकी थिएँ । उहाँको पोस्टिङ त्यति बेला पोखरा ब्यारेकमा थियो। हातमा पैसा दिएर गएपछि म एक छिन अक्क न बक्क परेँ। पछि कुद्दै ढोकामा पुगेर अँगालो हाल्न पुगेँ ।
पछि फिर्ता गर्नुभयो त पैसा?
(हाँस्दै) त्यही पैसा भनेर त फिर्ता गरिन तर अरू प्रकारले गरेँ। त्यो बेलाको पैसा बराबरको मूल्य त मैले कहाँ चुकाउन सकुँला र?
नेपाली समाजमा बाबुआमाले छोरीको कमाइ खानु हुँदैन भन्ने छ। यो कुराचाहिँ तपाईँलाई कस्तो लाग्छ ?
हामी यस्तो बराबरी र समानताको कुरा गर्छौँ, अनि छोरी राम्रो कमाउँछिन् अनि पुर्याउन सक्ने अवस्थामा छिन् भने किन परिवारलाई सहयोग नगर्ने? त्यसो भन्नु बाबुआमाको एउटा आत्म स्वाभिमानको कुरा होला तर मिल्छ भने आफ्नो बाबुआमालाई गर्नुपर्छ।
मिस नेपालपछि विभिन्न खाले सामाजिक कामहरू गर्ने सिलसिलामा नेपालका विभिन्न ठाउँहरू पुग्नुभएको छ। आम नेपाली छोरीहरूको जीवन कस्तो पाउनुभयो? उनीहरूका लागि बाबुहरूले के गर्नुपर्छ जस्तो लाग्छ?
१० वर्ष अगाडिको अवस्था र अहिले त धेरै नै परिवर्तनहरू भएका छन् । समाज र मानिसहरूको मानसिकतामा राम्रै विकास भएको छ। तर मलाई अझै पनि बुबाहरूले छोरीहरूको पढाइमा लगानी गरिदिनुभयो भने उसले जीवनभर आर्थिक रूपमा जीविकोपार्जन गर्न सक्छिन्। एउटा परिवार धान्न सक्ने गराउनुपर्छ। जब उनी आर्थिक रूपमा स्वावलम्बी भएर कुनै परिवारमा जान्छिन्, त्यहाँ उनले कसैको भर पर्नपर्दैन। अहिले यसो हेर्दा त्यही भर पर्ने अवस्थाले त छोरीहरू कमजोर हुने मुख्य कारण देखिएको छ नि । पैसा कमाइँदैन, उहाँले कमाउनुभएको छ, खुवाउनुभएको छ, लगाइदिनुभएको छ भनेर खुम्चिने गर्नुपरेको छ। आत्मनिर्भर भएपछि आफ्नो निर्णय गर्न सकियो। त्यसैले बाबुहरूले आफ्ना छोरीहरूको पढाइमा लगानी गर्नुपर्छ।
भोलिका दिनमा तपाईँ आमा बनेपछि छोराछोरीलाई लैगिंक समानताको कुनचाहिँ कुरा नबिर्सी सिकाउनुहुन्छ?
सानो सानो कामहरू गर्नुपर्छ, छोरी मान्छेले मात्र घरको खाना बनाउने, सफाइको काम गर्ने नभई छोराले पनि गर्नुपर्छ भनेर सिकाउँदै हुर्काउने गर्नेछु। अर्को कुरा बाहिर निस्कँदा सबैलाई सम्मान गर्नुपर्छ, कसैलाई कुना कुराको आधारमा भेदभाव गर्न हुँदैन भनेर सिकाउँछु।