health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

लेखनाथ, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालन हुन गइरहेको १९औँ संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र बिहीबार एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मूल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
पुष ५ गते देखि १६ गते सम्म चल्ने महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धन, जातीय भेसभुसा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, आन्तरिक एवं बाह्य पर्यटकहरू आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्याईने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ले बताए ।
महोत्सवले विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीका कारण थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरूको बजार प्रवर्द्धन र सोको पहिचान गराउन महोत्सव सफल हुने उनले विश्वास व्यक्त गरे ।
महोत्सवको थप आकर्षणको रूपमा महोत्सव स्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म घर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरूको प्रवर्द्धन, दर्शकहरूका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरी व्यवस्था मिलाइनुका साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरू रहेका छन् भने जातजातिहरूको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृ शक्तिको सम्मानमा आयोजना गरिँदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत प्रतियोगिता, ख्याति प्राप्त कलाकारहरूबाट दैनिक प्रस्तुति, सुगम सङ्गीत अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरूको रूपमा प्रस्तुति रहने सङ्घकी महासचिव जानुका पराजुलीले बताइन ।
महोत्सवको बचतबाट प्रदर्शनी स्थल र सङ्घको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनास तालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरू द्वारा उत्पादित वस्तुहरूको प्रवर्द्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, सङ्घ द्वारा बेगनास तालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बर पार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
करिब ३३४ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ । महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौँडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।