Gyaan Ghar

Advertisement

प्युठानमा जिप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

काठमाडौँ, ५ पुस । प्युठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।

दुर्घटनामा परेर घाइते भएका आँपडाँडा निवासी ५६ की चुराकुमारी घर्ती मगर, ४० वर्षकी अमि घर्ती मगर र रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ बस्ने २४ वर्षीय टोपबहादुर रोका मगरलाई थप उपचारको लागि भैरहवा रिफर गरिएको छ।

यस्तै, जिप चालक डाँडा गाउँ बस्ने वर्ष ३४ को कविराज घर्ती मगर र सोही ठाउँ निवासी वर्ष ५५ की कृष्ण घर्ती मगरको अवस्था मध्यम रहेकाले स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो। बिहीबार आपधारादेखि सारीतिर जाँदै गरेको लु २ च ६१ नं डबल क्याप जिप अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस

राजनीति

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्र...
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...