Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
विवाह बहस - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विवाह बहस

* भरत पोखरेल
गत मङ्सिरको अन्तिम साता नेपालमा भएका दुई वटा विवाहको बहस सामाजिक सञ्जालमा चलिरहेका छन् । एउटा विवाह नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल-सीता दाहालकी नातिनी अर्थात् रेणु दाहाल-अर्जुन पाठककी छोरी प्रतिभा पाठक र अर्को विवाह बद्रीप्रसाद खतिवडाकी नातिनी अर्थात् नेकपा (एकीकृत समाजवादी) का नेता पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाकी छोरी पूर्व मिस नेपाल शृङ्खला खतिवडाको विवाह । शृङ्खलाको विवाह बहसको शृङ्खला चलिरहला अहिले मेरो ध्यानाकर्षण रेणु पुत्री प्रतिभाको विवाह बारे रहेको छ । म चालीसको दशकमा चितवन भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थेँ । विद्यार्थी सक्रिय राजनीतिबाट प्राध्यापन पेसामा पसे पनि चितवनको सचेत समाजमा मेरो बौद्धिक सामाजिक सक्रियता थियो । म चितवन नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनको संस्थापक अध्यक्ष, दुई कार्यकाल अध्यक्ष रहँदा मेरो पहिलो कार्यकाल सङ्गठन सचिव रामपुर कृषि क्याम्पसका स्ववियु पूर्व सभापति, चितवनमा चर्चित व्यक्तित्व मेरा समकालीन मित्र मित्रराज दवाडी र मेरो दोस्रो कार्यकाल सङ्गठन सचिव वीरेन्द्र बहुमुखी क्याम्पस स्ववियु पूर्व सचिव उदीयमान विद्यार्थी नेता प्रेमराज रिमाल हुनुहुन्थ्यो । २०४६ सालको जनआन्दोलनले देशमा बहुदलीय व्यवस्था बहाल भएको थियो । राजनीतिक पार्टीहरू सामाजिक रूपान्तरणमा पनि सक्रिय भए । नेकपा (मशाल) को राजनीतिक सामीप्यमा रहेको नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन पनि सामाजिक रूपान्तरणमा सक्रिय रूपमा लाग्यो । चितवनका गाउँ बस्तीहरूमा हामीले मैनबत्ती बालेर, माला लाएर धेरै प्रगतिशील विवाह गरायौँ । हाम्रो सङ्गठनका साथीहरूले धेरै प्रगतिशील विवाह गराउनु भयो । यो कार्यमा मेरा प्राध्यापन सहकर्मी भीमराज अधिकारी र म साइकल चढेर प्रगतिशील विवाह गराउन चितवन धेरै चाहरेका छौँ । देशमा गणतन्त्र आयो तर सामाजिक रूपान्तरण गठबन्धन राजनीतिक प्रतिगमनको प्रतिछाया बन्यो र त्यसकै एउटा कुरूप उदाहरण हो प्रचण्ड नातिनी प्रतिभाको विवाह ।
प्रचण्ड परिवार सचेत भएको भए यो विवाहलाई सहज बनाउन सक्थ्यो । सन १९९७ मा भारतको राज्यसत्ताको कमान भारतीय राष्ट्रिय काँग्रेस अर्थात् सोनिया गान्धीमा थियो । १९९१ मा राजीव गान्धीको हत्यापछि राहुल प्रियङ्काको सारा जिम्मेवारी सोनियाले सम्हालेकी थिइन । १९९७ मा प्रियङ्काको विवाह हुँदा सोनिया गान्धीले राष्ट्रको नाममा एउटा सन्देश प्रवाह गरिन । मेरो इच्छा प्रियङ्काको विवाहमा सबै भारतवासीलाई निम्त्याउने रहेको थियो तर यो मेरो क्षमताभन्दा बाहिरको चाहना हुन्छ । हाम्री छोरीको विवाहमा बेहुलीको बुवा राजीव गान्धीको अनुपस्थिति हामीलाई साह्रै खट्किएको छ । त्यो अभाव मेटाउन विवाह स्थल १० जनपथमा राजीव गान्धीका फोटाहरू राखिएका थिए । प्रियङ्काको विवाहमा सोनियाले परिवार बाहेक सीमित मानिसहरूलाई मात्र निमन्त्रणा गरिन । गठबन्धनका तत्कालीन प्रधानमन्त्री एच डी देवगौडा र काँग्रेस अध्यक्ष सीताराम केशरी बाहेक क्याबिनेट मन्त्रीहरूलाई पनि निम्तो थिएन । प्रचण्ड परिवारले सोनिया मोडेल अपनाउने सुअवसर थियो गुमायो । सीता दाहालको सम्झनामा केही देखिएन । एक वर्ष नबित्दै प्रचण्डले पत्नी, रेणुले आमा र प्रतिभाले हजुरआमा बिर्से । गोकर्ण रिसोर्टमा खलपत्रहरूको जमघटको तुष्टीकरण गराउन खलनायक राजेश हमाललाई शिखण्डी रूपमा उपयोगको औचित्य के ? प्रतिभा रेणुकी छोरी हुन् । रेणुको जन्मथलो कर्मथलो चितवन हो । यो विवाह चितवनमा हुनुपर्थ्यो । दाहाल परिवारले राज्यसत्ताको दोहन दुरुपयोग गर्न राजधानी काठमाडौँ चयन गर्नु गलत भयो । प्रचण्ड परिवारले यो विवाह खर्चको अनुत्पादक अंश जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई सहयोग गरेको भए एउटा सकारात्मक नजिर बन्ने थियो । नातिनी-छोरी प्रतिभाको विवाहमा प्रचण्ड परिवार पूरै चुक्यो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...