health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

बेइजिङ, ३ पुस । चीनको गान्सु प्रान्तमा सोमबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.२ मापन गरिएको छ ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC)का अनुसार पश्चिमी चीनको गान्सु प्रान्तमा सोमबार राति १२ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
समाचार एजेन्सी एएफपीका अनुसार चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १०० नाघेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।
भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि धेरै भवनहरू ध्वस्त भएको बताइएको छ । भवनहरू ध्वस्त भएका कारण धेरै मानिसहरू भग्नावशेषमा पुरिएका छन् ।
योसँगै छिङहाई प्रान्तको मिन्हे काउन्टी र झुनुआ सालार स्वायत्त काउन्टीमा दुई जनाको मृत्यु भएको छ ।
एस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु चीनको लान्झाउ बाट १०२ किलोमिटर दक्षिण पश्चिममा ६ माइल गहिराइमा थियो।
चाइना सेन्ट्रल टेलिभिजनका अनुसार छिङहाई प्रान्तको हाई डोङ सहरमा पनि ११ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।
राज्य समाचार एजेन्सी सिन्ह्वाले भूकम्पले भत्किएका घरहरूलगायत व्यापक क्षति पु¥याएको र मानिसहरू सुरक्षाका लागि सडकमा भागिरहेको बताएको छ ।
भूकम्पपछि मङ्गलवार बिहानैदेखि उद्धार कार्य जारी रहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पबाट प्रभावित जनताको जीवन बचाउन र राहत उपलब्ध गराउन हर सम्भव प्रयास गर्नुपर्ने बताएका छन्।