Gyaan Ghar

Advertisement

स्टार्क बने आइपिएल इतिहासकै अहिलेसम्मका महँगा खेलाडी

 

काठमाडौँ, ३ पुस । अस्ट्रेलियाका विश्वकप विजेता बलर मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग (आइपिएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् ।

आज दुबईमा जारी आइपिएलको खेलाडी अक्सनमा स्टार्कलाई कलकत्ता नाइटराइडर्सले २४ करोड ७५ लाख भारु अर्थात् ३९ करोड ६० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आइपिएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो ।

यसअघि आजकै अक्सनमा अस्ट्रेलियाका कप्तान पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा अर्थात् ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको थियो ।

आइपिएल अक्सनको इतिहासमा सबैभन्दा धेरै रकम खर्च गरेर किनिएका दुई खेलाडी यसै अक्सनका रहेका छन् भने दुवै अस्ट्रेलियाका तीव्र गतिका बलर रहेका छन् ।

यसअघि २०२३ को अक्सनमा इङल्याण्डका साम कुरानलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो भने २०२३ मै अस्ट्रेलियाका क्यामरुन ग्रिनलाई मुम्बई इण्डियन्सले १७ करोड ५० लाखमा र चेन्नई सुपर किंग्सले २०२३ मै इङल्याण्डका अलराउण्डर बेन स्टोकलाई १६.२५ करोडमा किनेको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...