Gyaan Ghar

Advertisement

नयाँ स्वरूपमा क्लब विश्वकप आयोजना गर्ने फिफाको निर्णय

 

काठमाडौँ, २ पुस । फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकपको स्वरूप परिवर्तन गर्दै नयाँ तरिकाले आयोजना गर्ने घोषणा गरेको छ ।

यस अघि ६ कन्फेडेरेसनका च्याम्पियनसिप लिग विजेताले भाग लिँदै आएकोमा अब भने नयाँ स्वरूपमा क्लब विश्वकप सञ्चालन हुने भएको हो ।

फिफाको काउन्सिल बैठकले २०२५ को जुन १५ देखि जुलाई १३ सम्म फिफा क्लब विश्वकपको आयोजना गर्ने निर्णय गरेको हो । यो क्लब विश्वकप अमेरिकामा आयोजना गरिने भएको छ ।

त्यसै गरी विश्वकपमा छनौट हुने मापदण्ड पनि फिफाले बनाएको छ । क्लब विश्वकपमा ६ वटै कन्फेडेरेसनका क्लबहरू प्रदर्शन र वरियताको आधारमा छनौट हुने भएका छन् । क्लब विश्वकपमा आयोजक देशको एक क्लबसहित ३२ क्लबले भाग लिने छन् ।

जसमा अफ्रिकाबाट चार क्लब, एसियाबाट चार क्लब, युरोपबाट १२ क्लब, उत्तर अमेरिका तथा क्यारेबियनबाट चार क्लब, ओसियानाबाट एक क्लब,  दक्षिण अमेरिकाबाट चार क्लबले भाग लिने छन् । साथै एक क्लब आयोजक देशको हुने र त्यसको छनौट प्रक्रिया पछि सार्वजनिक गरिने फिफाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...