health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, ३० मङ्सिर । फिफाको यस वर्षको उत्कृष्ट खेलाडी ‘द वेस्ट’ को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिए पछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ ।
फिफाको अन्तिम तीनमा इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी परे पछि धेरैले मेस्सीकाे सम्भावना देखाएका छन् । कारण, उनले गत वर्षको विश्वकप जिताउन ठुलो भूमिका खेलका थिए ।,
फिफाले हरेक वर्ष प्रदान गर्ने द वेस्टको उपाधि यस वर्ष आगामी जनवरी १५ मा प्रदान गर्दछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्त २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।
सुरुमा यस अवार्डका लागि १२ खेलाडी छनौट गरिएकोमा राष्ट्रिय टिमका कोच, कप्तान र फुटबल पत्रकार र फ्यानहरूको मतको आधारमा अन्तिम तीन खेलाडी छानिएको फिफाले जनाइसकेको छ । जसअनुसार यस अवधिमा हालाण्डले ३३ खेलमा २८ गोल गरेका थिए । उनले युरोपियन गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिगको गोल्डेन बुट समेत जित्ने खेलाडी हुन । हालाण्डले म्यानचेस्टर सिटीलाई च्याम्पियनसिप लिग, प्रिमियर लिग र एफए कप जिताए पछि उनको दाबीलाई कमजोर ठानिएको छैन ।
लियन एम्बाप्पेले पिसजीलाई लिग वानको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए भने फ्रान्सलाई फिफा विश्वकपको फाइनलमा पुर्याएकाे भनेर मनोनीत गरिएको जनाउँदै आइएको छ ।
त्यस्तै २०२२ को द वेस्ट अवार्डसमेत जितेका मेसीले यस अवधिमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । उनी फिफा द वेस्ट अवार्डका प्रमुख दाबेदार मानिएका छन् ।