Gyaan Ghar

Home

Advertisement

एलपीएल : धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

धनगढी, २९ मङ्सिर । धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

फाप्ला क्रिकेट मैदानमा शुक्रवार सम्पन्न दुई वटा सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले यूथ अफ टिकापुरलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो। फाइनल खेल शनिवार हुनेछ।

आज सम्पन्न पहिलो सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्‍यो।घोडाघोडीले दिएको ८९ रनको लक्ष्य धनगढी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १६.२ ओभरमा पुरा गर्‍यो।

धनगढी स्पोर्ट्स क्लबको लागि आयुष्मान् बमले सर्वाधिक २५ रन बनाए। प्रनित थापाले २१ तथा सुनिल धमलाले १८ रन बनाए।

घोडाघोडीका बलर नरेश सुनार र कृष कार्कीले २/२ विकेट तथा हरिस बस्नेत र भुपेश जोशी १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १६.१ ओभरमा ८८ रनमा सबै विकेट गुमायो।

घोडाघोडीको ब्याटिङमा नवयुग बस्नेतले सर्वाधिक २५ रन, विपिन विक्रम शाहीले १७, दिनेश रावतले १७ तथा सञ्जय बोहराले १२ रन योगदान दिए।

धनगढी स्पोर्ट्स क्लबको बलिङमा अमर सिंह रौटेलाले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित रौटेलाले ४ ओभरमा २१ रन खर्चिए। दीपक चन्द ठकुरीले ३ तथा भोज राज भट्ट, भुवन कार्की र विकास आग्रीले १/१ विकेट लिए।

दोस्रो सेमिफाइनलमा सत्यवती एकेडेमीले यूथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्‍यो।

यूथ अफ टिकापुरले दिएको १११ रनको लक्ष्य पछ्याएको सत्यवती एकेडेमीले यूथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्‍यो।

सत्यवतीको ब्याटिङमा ओपनर इमरान शेखले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सन्दीप रजालीले २३, सन्दीप क्षेत्रीले २१ तथा सन्तोष कार्कीले १२ रन बनाए। यूथ अफ टिकापुरका बलर सोलुप चौधरीले २ तथा गौतम केसी र प्रेम शाहले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिङ गरेको यूथ अफ टिकापुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो।

टिकापुरको ब्याटिङमा प्रकाश जैसीले सर्वाधिक ३२ रन, सुमित महर्जनले २० तथा प्रदीप ऐरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

सत्यवती एकेडेमीको बलिङमा सन्तोष कार्कीले सर्वाधिक ३ विकेट लिए। फिर्दोश अन्सारी र अभिषेक कोइरालाले २/२ विकेट तथा त्रित दास र रञ्जित कुमारले १/१ विकेट लिए।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पन्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्,...
नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

काठमाडौँ, १० फागुन । नेपाल ए र क्यानडा-११ बिचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ । मुलपानी क्रिकेट मैदानमा हु...
स्पेनमा ३००० वर्ष पहिला कसरी बनाइया उल्का पिण्डको धातु मिसिएको खजाना

स्पेनमा ३००० वर्ष पहिला कसरी बनाइया उल्का पिण्डको धातु मिसिएको खजाना

  बार्सिलाेना, १० फागुन । हामीले यसअघि धेरै कथाहरूमा लुकेको खजानाको बारेमा तपाईँले सुन्नु भएको होला। धेरै पटक चलचित्रहरूमा...
प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठक बस्दैँछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ ब...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search