काठमाडौँ, ंमंसिर २९ । नेकपा(एमाले) सङ्कल्प यात्राको १५औँ दिनका सन्दर्भमा पार्टी अध्यक्ष केपि ओलीमाथि आक्रमण भएको छ । भोजपुर र धनकुटाको सिमानामा पर्ने लेगुवाघाट स्थित अरुण नदी तरेपछि सर्वसाधारणसँगै बसेका एक व्यक्तिले माला दिने क्रममा अध्यक्ष ओलीलाई हातपात गरेका थिए ।
अध्यक्ष ओलीमाथिको आक्रमणको भर्त्सना गर्दै नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरीले वक्तव्य जारी गरेका छन् । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ः
केही महिनादेखि कोसी प्रदेशमा नामकरणको विषयलाई लिएर जातिवादीहरूले विरोध गर्दै विभिन्न गतिविधि गर्दै आएका छन्। उनीहरूको त्यसप्रकारको गतिविधिबाट जातीय सद्भाव र सामाजिक एकतामा पनि नकारात्मक असर पर्दै आएको छ । राजनीतिक सहिष्णुता र सामाजिक सद्भावनालाई चुनौती दिँदै उनीहरूबाट पहिचानको नाममा भइरहेको गतिविधि अराजक र असहिष्णु बन्दै गएको छ । त्यस सिलसिलामा धनकुटामा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति उनीहरूद्वारा गरिएको अभद्र र अराजनीतिक व्यवहारप्रति हामीले विरोध प्रकट गर्दछ ।