Gyaan Ghar

Home

Advertisement

वेदको रचनाकार र वेद

* डा.गोविन्दशरण उपाध्याय
अस्य महतो भूतस्य नि:श्वसितमेतद्ऋग्वेदोयजूर्वेद: (वृ.उ. २/४/१०
ऋग्वेदसहित चारै वेद महान् प्रकृतिका स्वामीको श्वासप्रश्वासबाट निस्किएका हुन् | यहाँ महतो भूतस्य शब्दलाई परमतत्व -परमात्मा वा ईश्वरका भनेर अनुवाद गर्ने चलन छ तर यसको अर्थ “महान् प्रकृति” पनि हुन्छ |
स्मरणीय के छ भने मूलतः वेद एउटा मात्र हो | ऋषि वेदव्यासले ज्ञानकाण्डका रूपमा ऋग्वेद, कर्मकाण्डका रूपमा यजुर्वेद, स्तुति अर्थात् भक्तिकाण्डका रूपमा साम वेद र जीवन दर्शनका रूपमा अथर्ववेद संहिताका फरक फरक ग्रन्थ बनाएका हुन् | समग्र वेद एकै जना व्यक्तिले घोक्न र जीवनभरि सम्झेर अर्कालाई घोकाउन गाह्रो देखेर यस्तो विभाजन भएको हो |
ऋग्वेदका १० मण्डलमा १०५५२ मन्त्रहरू, यजुर्वेदका ४० अध्यायमा १९७५ मन्त्रहरू, सामवेदका ६ अध्याय र १८७५ मन्त्रहरू तथा अथर्ववेदका २० खण्डमा ५९७७ मन्त्र छन् | सम्पूर्ण वेदमा २०३७९ मन्त्रहरू रहेका छन् | हो, मन्त्र सङ्ख्यामा केही विवाद छ तर समग्रमा वेद र वेदमा मन्त्रहरूको सङ्ख्या यति नै हो | यति कुराको जानकारी हरेक सनातनीमा हुनुपर्छ |
वेदहरूसँग नेपालको गहिरो सम्बन्ध छ | ऋषिहरूले वेदका ऋचाहरूको साक्षात्कार वर्तमान नेपाली भूमिभित्र गरेका हुन् भन्ने प्रमाणहरू वेदमै यथेष्ट छन् | ऋग्वेदको १० सौं मण्डल, १२१ सौं सूक्तलाई हिरण्यगर्भ-सूक्त भनिन्छ | यसमा १० बटा मन्त्रहरू छन् | यो सूक्तहरूले प्रस्ट रूपमा हिरण्यगर्भ (गर्भमा स्वर्ण भएका) शालिग्रामको उत्पत्ति हिमालमा (ऋग्वेद १०/१२१/४) भएको र त्यो प्रवाहशील नदीको बाटो हुँदै समुद्रसम्म फैलिएर चार दिशाको रक्षा गर्दै प्रजापतिका रूपमा पूजा आराधना गर्न योग्य भएको प्रस्ट उल्लेख गरेको छ |
हिरण्य गर्भ (शालिग्राम) पाइने एक मात्र ठाउँ हिमालय नै हुन् र ती नदीको बाटो हुँदै समुद्र पुग्ने पनि यथार्थ हो | विश्वभरिका वैदिकहरूले शालिग्रामको पूजा आराधना गर्ने परम्परा पनि जीवित नै छ | साथै, पाञ्चायन देवताको पूजा गर्दा आफ्नो गुरु परम्पराअनुसार शिव, विष्णु, शक्ति, गणेश वा सूर्यका रूपमा हिरण्य गर्भको (शालिग्राम) आराधना गर्ने परम्परा पनि विश्वभरि प्रचलित छ |
ऋग्वेदकालीन ऋषिहरूले हिमालयबाट जन्मेका शालिग्रामलाई शिव,गणेश, शक्ति, सूर्य र विष्णुका रूपमा एकै थालमा (शैव, शाक्त, वैष्णव, गाणपत्य तथा सौर्य) पुज्ने “सहना ववतु”को सहृदयी दर्शनशास्त्र नेपालको मौलिक दर्शनशास्त्र हो भन्न मिल्छ | दार्शनिक रूपमा उपर्युक्त ऋग्वेदीय हिमवन्त-हिरण्यगर्भको उपस्थितिले नेपाली समाजको समावेशी तथा द्वैताद्वैतवादी चरित्र विकसित भएको स्थापित भएको स्वीकार गर्न सकिन्छ र यही स्वीकारोक्तिबाट नेपाली दर्शनशास्त्र स्थापित हुने छ |
भाषाका आधारमा नेपाली इतिहास युरोपसँग जोडिने इतिहासको परिकल्पनालाई उपर्युक्त हिरण्य गर्भ सूक्तका मन्त्रहरूले गहिरो चुनौती दिन्छन् |अफगानिस्तानका पहाडहरूमा हिरण्य गर्भको (शालिग्राम) अस्तित्व छैन |
घोकाइका आधारमा द्विवेदी, त्रिवेदी, चतुर्वेदी, सुवेदी आदि थर निर्मित भएका हुन् | वेदलाई हिन्दु धर्म ग्रन्थ भन्नेहरू अज्ञानी हुन् किनभने वेद स्वयंले (तल्मुद, बाइबल र कुरानले प्रस्ट रूपमा आफू यहुदी, इसाई र मुस्लिमहरूको धर्म-कर्म ग्रन्थ भएको र गड वा अल्लाहले केवल आफ्नाजनलाई दिएको भनेर बोलेका छन्) आफूलाई मानव मात्रको ज्ञान भनेर घोषणा गरेका छन् | त्यसै पनि वेद शब्दको अर्थ “ज्ञान” नै हो र ज्ञान सबैको साझा हुने हुँदा वेद मानव मात्रका साझा ग्रन्थ हुन् | ऋषिहरूले वेदका मन्त्रहरू नेपाली भूमिमा साक्षात्कार गरेर नेपालको गौरव बढाएका छन् | नेपाल र नेपालीलाई गौरवशाली बनाएका छन् |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको...
सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । सर...
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौँ । साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । साउदी प्रशासनका ...
अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, असार ९ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search