Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
वेदको रचनाकार र वेद - Gyaan Ghar

Gyaan Ghar

Advertisement

वेदको रचनाकार र वेद

* डा.गोविन्दशरण उपाध्याय
अस्य महतो भूतस्य नि:श्वसितमेतद्ऋग्वेदोयजूर्वेद: (वृ.उ. २/४/१०
ऋग्वेदसहित चारै वेद महान् प्रकृतिका स्वामीको श्वासप्रश्वासबाट निस्किएका हुन् | यहाँ महतो भूतस्य शब्दलाई परमतत्व -परमात्मा वा ईश्वरका भनेर अनुवाद गर्ने चलन छ तर यसको अर्थ “महान् प्रकृति” पनि हुन्छ |
स्मरणीय के छ भने मूलतः वेद एउटा मात्र हो | ऋषि वेदव्यासले ज्ञानकाण्डका रूपमा ऋग्वेद, कर्मकाण्डका रूपमा यजुर्वेद, स्तुति अर्थात् भक्तिकाण्डका रूपमा साम वेद र जीवन दर्शनका रूपमा अथर्ववेद संहिताका फरक फरक ग्रन्थ बनाएका हुन् | समग्र वेद एकै जना व्यक्तिले घोक्न र जीवनभरि सम्झेर अर्कालाई घोकाउन गाह्रो देखेर यस्तो विभाजन भएको हो |
ऋग्वेदका १० मण्डलमा १०५५२ मन्त्रहरू, यजुर्वेदका ४० अध्यायमा १९७५ मन्त्रहरू, सामवेदका ६ अध्याय र १८७५ मन्त्रहरू तथा अथर्ववेदका २० खण्डमा ५९७७ मन्त्र छन् | सम्पूर्ण वेदमा २०३७९ मन्त्रहरू रहेका छन् | हो, मन्त्र सङ्ख्यामा केही विवाद छ तर समग्रमा वेद र वेदमा मन्त्रहरूको सङ्ख्या यति नै हो | यति कुराको जानकारी हरेक सनातनीमा हुनुपर्छ |
वेदहरूसँग नेपालको गहिरो सम्बन्ध छ | ऋषिहरूले वेदका ऋचाहरूको साक्षात्कार वर्तमान नेपाली भूमिभित्र गरेका हुन् भन्ने प्रमाणहरू वेदमै यथेष्ट छन् | ऋग्वेदको १० सौं मण्डल, १२१ सौं सूक्तलाई हिरण्यगर्भ-सूक्त भनिन्छ | यसमा १० बटा मन्त्रहरू छन् | यो सूक्तहरूले प्रस्ट रूपमा हिरण्यगर्भ (गर्भमा स्वर्ण भएका) शालिग्रामको उत्पत्ति हिमालमा (ऋग्वेद १०/१२१/४) भएको र त्यो प्रवाहशील नदीको बाटो हुँदै समुद्रसम्म फैलिएर चार दिशाको रक्षा गर्दै प्रजापतिका रूपमा पूजा आराधना गर्न योग्य भएको प्रस्ट उल्लेख गरेको छ |
हिरण्य गर्भ (शालिग्राम) पाइने एक मात्र ठाउँ हिमालय नै हुन् र ती नदीको बाटो हुँदै समुद्र पुग्ने पनि यथार्थ हो | विश्वभरिका वैदिकहरूले शालिग्रामको पूजा आराधना गर्ने परम्परा पनि जीवित नै छ | साथै, पाञ्चायन देवताको पूजा गर्दा आफ्नो गुरु परम्पराअनुसार शिव, विष्णु, शक्ति, गणेश वा सूर्यका रूपमा हिरण्य गर्भको (शालिग्राम) आराधना गर्ने परम्परा पनि विश्वभरि प्रचलित छ |
ऋग्वेदकालीन ऋषिहरूले हिमालयबाट जन्मेका शालिग्रामलाई शिव,गणेश, शक्ति, सूर्य र विष्णुका रूपमा एकै थालमा (शैव, शाक्त, वैष्णव, गाणपत्य तथा सौर्य) पुज्ने “सहना ववतु”को सहृदयी दर्शनशास्त्र नेपालको मौलिक दर्शनशास्त्र हो भन्न मिल्छ | दार्शनिक रूपमा उपर्युक्त ऋग्वेदीय हिमवन्त-हिरण्यगर्भको उपस्थितिले नेपाली समाजको समावेशी तथा द्वैताद्वैतवादी चरित्र विकसित भएको स्थापित भएको स्वीकार गर्न सकिन्छ र यही स्वीकारोक्तिबाट नेपाली दर्शनशास्त्र स्थापित हुने छ |
भाषाका आधारमा नेपाली इतिहास युरोपसँग जोडिने इतिहासको परिकल्पनालाई उपर्युक्त हिरण्य गर्भ सूक्तका मन्त्रहरूले गहिरो चुनौती दिन्छन् |अफगानिस्तानका पहाडहरूमा हिरण्य गर्भको (शालिग्राम) अस्तित्व छैन |
घोकाइका आधारमा द्विवेदी, त्रिवेदी, चतुर्वेदी, सुवेदी आदि थर निर्मित भएका हुन् | वेदलाई हिन्दु धर्म ग्रन्थ भन्नेहरू अज्ञानी हुन् किनभने वेद स्वयंले (तल्मुद, बाइबल र कुरानले प्रस्ट रूपमा आफू यहुदी, इसाई र मुस्लिमहरूको धर्म-कर्म ग्रन्थ भएको र गड वा अल्लाहले केवल आफ्नाजनलाई दिएको भनेर बोलेका छन्) आफूलाई मानव मात्रको ज्ञान भनेर घोषणा गरेका छन् | त्यसै पनि वेद शब्दको अर्थ “ज्ञान” नै हो र ज्ञान सबैको साझा हुने हुँदा वेद मानव मात्रका साझा ग्रन्थ हुन् | ऋषिहरूले वेदका मन्त्रहरू नेपाली भूमिमा साक्षात्कार गरेर नेपालको गौरव बढाएका छन् | नेपाल र नेपालीलाई गौरवशाली बनाएका छन् |

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...