Gyaan Ghar

Advertisement

दिवङ्गत असई थमन पत्नी शोभा महोत्तरी जिल्ला अदालतको शरणमा

 

विशाल बस्नेत
महोत्तरी, २७ मङ्सिर ।

मधेस आन्दोलनको समयमा असई थमन विकलाई लखेटी–लखेटी हत्या गरेको ९ वर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाइ प्रारम्भ भएको छ ।

सोमवारदेखि सुरु भएको बहसकै क्रममा मृतक विककी पत्नी शोभा  आफ्नो ११ वर्षीय छोरासँगै जिल्ला अदालतमा न्याय पाइने आशा बोकेर मङ्गलवार दिउँसो उपस्थित भइन् ।

यो बहस निष्कर्षमा नपुगेउन्जेल जारी रहने जिल्ला अदालत  महोत्तरीले जनाएको छ ।

यो अवधिमा विक  हत्याका अभियुक्तहरू जनप्रतिनिधि बनेका छन् भने २०७९ को निर्वाचनमा पनि हत्याका मुख्य योजनाकार भनिएका लक्ष्मी महतो कोइरी सङ्घीय संसद्मा निर्वाचित भए ।

हत्या आरोप लागेका आरोपितहरूलाई अदालतले साधारण तारेखमा छाडेको र  कानुनी छिद्रबाट निर्वाचनमा होमिएकाहरूले कानुनलाई नै चुनौती दिएको देखिएको छ ।

यस मध्यको घटना हो, लक्ष्मी महतो कोइरी । यसअघि जिल्ला अदालतले कोइरीलाई धरौटीमा छाड्न दिएको आदेशलाई जनकपुर उच्च अदालतले भने उल्टाइदिएको थियो ।

कोइरी सग्लन भएको यथेष्ट प्रमाणहरू भएको बताउँदै उच्च अदालतले २०७७ मा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने कोइरीविरुद्ध आदेश सुनाएको थियो ।

अदालतले समेत फरार सूचीमा राखिरहेको बेला निर्वाचनको मनोनयनको अघिल्लो रात नेकपा एमालेबाट टिकट लिएर मैदानमा उत्रिएका कोइरी निर्वाचित भए । पछि सङ्घीय संसद्ले फौजदारी अभियोग लागेका जनप्रतिनिधिहरूलाई निलम्बन गरेपछि कोइरी पनि निलम्बनमा परे ।

तर, अदालतको आदेशलाई चुनौती दिँदै थुनामा बसेर अनुसन्धानमा सहयोग गर्नुपर्ने ठाउँमा कोइरी फरार भए ।

विभिन्न कानुनी आधारका बाबजुद पनि आरोपितहरूले खुलेआम चुनौती दिइरहेको बेला जिल्ला अदालतमा प्रारम्भ भएको बहसलाई आम मानिसले निकै चासोका साथ हेरेका छन् ।

पतिको हत्या हुँदा ३ वर्ष रहेका छोरालाई थमन पत्नीले साथ ल्याएर जिल्ला अदालतको शरणमा आइपुगेकी छन्  । जिल्ला अदालतबाट न्याय पाइने झिनो आशा रहेको थमन पत्नी शोभाले बताइन् ।

‘विभिन्न जिल्ला र अदालतमा आशा जगाउने फैसला पनि भएका छन्,’ उनले भनिन्, ‘जिल्ला अदालत महोत्तरीले पनि न्याय दिलाइदिनेमा झिनो आशा छ ।’

मधेस आन्दोलनको समय २०७२ सालमा आन्दोलनकारीहरूको झडपका क्रममा घाइते असई विकलाई उपचारको लागि जनकपुर लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर धानवारिमा लखेट्दै निर्ममतापूर्वक हत्या गरिएको थियो ।

तर, उक्त घटनाका मतियारहरूले अहिलेसम्म उन्मुक्ति पाउनु दुःखद रहेको गुनासो छ । ‘एउटा राष्ट्रसेवक देशको लागि लड्दा–लड्दै मरेको भए मन बुझाउने बाटो हुन्थ्यो । तर, यहाँ त जानीजानी हत्या गरिएको छ,’ शोभाले भनिन् ।

महोत्तरी आउनुभन्दा दुई दिनअगाडि उनी न्याय माग्न सङ्घीय राजधानी काठमाडौँसमेत पुगेकी थिइन् ।

उक्त घटनाका मुख्य योजनाकार भनिएका लक्ष्मी महतो कोइरी पक्राउ पर्न नसकेपछि उनी सरकारलाई दबाब दिन काठमाडौँ पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...