Gyaan Ghar

Home

Advertisement

नयाँबजारमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ, मङ्सिर २३ ।  रक्तदान जीवनदान, रक्तदान महादान भन्ने मूल नाराका साथ राजधानीको नयाँबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ज्ञानशाला अनुसन्धान केन्द्र र ‘हलिं नेवाः दबू, नेपाः देय् मूकवः’ मुख्य आयोजक रहेको खुल्ला रक्तदान कार्यक्रम, मङ्सिर २३ गतेका दिन नयाँबजार, खुसिबुँस्थित ज्ञानशालाको कार्यालय उत्तमचोकमा सम्पन्न भएको हो ।

४३ जना स्थानीय व्यक्तित्वहरू, विद्यार्थी एवं शिक्षकबाट रक्तदान भएको कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं.७का सांसद गणेश पराजुली थिए । ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको स्वागत तथा सहजीकरण उत्तम कुमार श्रेष्ठले गरेका थिए ।

प्रमुख अतिथि गणेश पराजुलीले आफूसँग पनि रक्तदानको अनुभव भएको र यस्तो कार्यले मान्छेको ज्यान बनाउनाका साथै रक्तदानसम्बन्धी चेतना पनि जागृत भएकोले आफू पनि यस्तो कार्यमा लाग्ने र लाग्न प्रेरित गर्दै आएको बताउनुभयो । रक्तदान अघिको औपचारिक कार्यक्रमलाई समापन गर्ने क्रममा केन्द्रका अध्यक्ष ढकालले ज्ञानशालाले ज्ञानका कुरा गर्नु त छँदै छ, यसले समाज र मानवताको पनि कुरा गर्ने भएकोले रक्तदान कार्यक्रमको आयोजनामार्फत मानव र समुदायसँग थप जोडिन चाहेको बताउनुभयो । दबूका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले ज्ञानशालासँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै भोलिका दिनमा पनि आपसी सहयोग र सहकार्य जारी रहने बताउनुभयो ।

कार्यक्रममा वर्ल्ड नेवा ओरगनाइजेसनका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र आरबी ठकुरीले मन्तव्य समेत राखेका थिए ।

रक्तदान कार्यक्रमको व्यवस्थापन रेडक्रस काठमाडौँ शाखासहित अन्य स्थानीय क्लबहरूले गरेका थिए । सो कार्यक्रममा ब्लोदान, काठमाडौँ मध्य क्षेत्रको सहकार्य रहेको थियो ।

विभिन्न अनुसन्धान मुलुक पुस्तक, लेख, अनलाइन पत्रिका तथा समसामयिक विषयमा बहस चलाउँदै आएको ज्ञानशाला अनुसन्धान केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेर आफूलाई सामाजिक रूपमा पनि उभ्याउने प्रयास गरेको भन्दै सहभागीहरूले आयोजकप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर काँग्रेस सभापति देउवालाई बुझाइयो

हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर काँग्रेस सभापति देउवालाई बुझाइयो

काठमाडौँ, १० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर ब...
संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसद...
अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौँ, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।  यसैबिच, अस्ट्रेल...
वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौँ, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search