Gyaan Ghar

Advertisement

चिसोका कारण भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढ्यो, एक सातामा ७ जनाको मृत्यु

मंसिर २, काठमाडौँ । भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र जाजरकोटमा चिसोका कारण मृत्यु हुनेहरु बढिरहेका छन् ।

चिसो बढ्दै जाादा भूकम्प प्रभावितको लागि न्यानो कपडा र बस्ने बासको राम्रो व्यवस्था नहुँदा बिरामी बढेका मात्रै छैनन्, मृत्यु हुनेको सङ्ख्या समेत बढिरहेको छ । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको हो ।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दीर्घरोगीको मृत्यु भएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...