Gyaan Ghar

Home

Advertisement

उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं, २ मंशिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Array

राजनीति

फेला पर्‍यो अर्को विशाल ब्ल्याक होल, ‘सिल्पिङ ब्ल्याक हाेल’ कस्तो छ त ? 

फेला पर्‍यो अर्को विशाल ब्ल्याक होल, ‘सिल्पिङ ब्ल्याक हाेल’ कस्तो छ त ? 

न्युयोर्क, ६ वैशाख । खगोलविद्हरूले पृथ्वीबाट २ हजार प्रकाश वर्षभन्दा कम दूरीमा एउटा विशाल ‘सुतिरहेको विशाल ब्ल्याक होल’ प...
सर्वोच्चको आदेश विपरीत किन जाँदै छ गण्डकीमा एमाले ?

सर्वोच्चको आदेश विपरीत किन जाँदै छ गण्डकीमा एमाले ?

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको आदेश विपरीत विश्वासको मत लिने तयारी गरेका छन् । वैशाख ७...
इजरायल र इरानबिच कसको सेना बलियो छ ?

इजरायल र इरानबिच कसको सेना बलियो छ ?

काठमाडौँ, ६ वैशाख । सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबिच तनाव बढेको छ । इजरायललाई दोष लगाइएको यस ...
कोसीमा राजनीतिक अन्यौलता बढ्दै

कोसीमा राजनीतिक अन्यौलता बढ्दै

विराटनगर । कोसी प्रदेशमा राजनीतिक अन्यौलता बढिरहेको छ । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्र र एमाले...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search