Gyaan Ghar

Home

Advertisement

हराउँदै घर लिप्ने परम्परा

Advertisement

हेमन्त केसी
सुर्खेत, ४ कार्तिक । बडादसैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ। बडादसैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ। परदेसिएका आफन्तहरू पनि दसैँको मौका पारेर घर फर्किने गर्दछन्।

दसैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण मानिन्छ। रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन्। रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दसैँ आएको अनुभूति हुन्थ्यो। पछिल्लो समय भने रातो माटो र कमेरोले घर लिप्ने चलन बिस्तारै लोप हुँदै जान थालेको छ।

आधुनिकताले परम्परागत घर विस्थापित हुँदै जाँदा रातो माटो र कमेरोले घर पोतिन छाडेका छन्। गाउँमा खर र ढुङ्गे घर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै जान थालेको बनगाड कुपिण्डे नगरपालिका–३ की सुशीला पुनले बताइन्।

उनले भनिन्, ‘पहिले सबै घर रातो माटो र कमेरोले लिप्ने चलन थियो तर आजभोलि पक्की घर बन्न थालेपछि अरू रङ लगाउने चलन छ।’ आफ्नो घर ढुङ्गा माटोको भएकाले अहिले पनि घर लिप्दै आइरहेको उनको भनाइ छ।

पहिले घर लिप्ने माटो ल्याउन गाउँभरका सबै एकै पटक जाँदा रमाइलो पनि हुन्थ्यो र सुख दुःखका कुरा साटासाट पनि हुन्थे तर आजभोलि पक्की घर बन्न थालेपछि गाउँघरका जम्मा भएर सुख दुःख साटासाट गर्ने संस्कार पनि हराएको देवबहादुर विकको भनाइ छ।

गाउँमा ढुङ्गा, माटो र खरले बनेका घर बिस्तारै हराउँदै जान थालेका छन्। अचेल फलाम, जस्तापाता र सिमेन्टका घर बन्न थालेपछि बजारबाटै आउने रङ प्रयोग हुँदा परम्परागत मौलिकता पनि हराउँदै जान थालेको उनले बताए।

सरकारले फुसका छाना हटाउने अभियान चलाउँदा पनि परम्परागत मौलिकता हराउँदै जान थालेको स्थानीयको भनाइ छ। अहिले बजार कुन हो गाउँ कुन छुट्टाउन पनि गाह्रो हुने गरेको सुमित्रा बिसीको भनाइ छ।

बजारमा पनि ठुला ठुला पक्की घर छन्। गाउँघरमा पनि बिस्तारै पक्की घर बन्दै जाँदा सहर र गाउँबिचको दूरी पनि हट्दै गएको अनुभूति हुने गरेको उनले बताइन्।

उनले भनिन्, ‘पहिले आफ्नो घर राम्रो देखाउन टाढा टाढाबाट रातो माटो, कमेरो बोकेर ल्याइन्थ्यो। भित्र बाहिर लिपेर चिटिक्क पारिन्थ्यो तर आजभोलि बजारबाट रङ ल्यायो लिप्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

२३ मंसिर, न्युयोर्क। भारतीय  प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षण...
सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न न...
कमल एक्चैले आलिङ्गन बनाऊँदै

कमल एक्चैले आलिङ्गन बनाऊँदै

२३ मंसिर, काठमाडौं । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष ...
जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

२३ मंसिर, जयपुर। राजस्थानको राजधानी जयपुर आफ्नो मसालेदार स्वादका लागि विश्वभर प्रसिद्ध छ। त्यसैगरी, जाडोमा जयपुरका हरेक क्षेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search