Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
October 11, 2023 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: October 11, 2023

स्टालिन र माओको बिचमा के विवाद थियो ?

स्टालिन र माओको बिचमा के विवाद थियो ?

* माेहनविक्रम सिंह स्टालिन जीवित हुँदा पनि स्टालिन र माओका बिचमा कैयौँ प्रश्नहरूमा मतभेदहरू थिए । तर त्यस प्रकारका मतभेदहरू मुख्यतः तात्कालिक राजनीतिक र व्यावहारिक पक्षहरूसित सम्बन्धित थिए र त्यस्ता कतिपय प्रश्नहरूमा माओका विचारहरू सही थिए भनेर स्टालिनले पनि स्वीकार गरेका छन् तर माओद्वारा स्टालिनका बारेमा सैद्धान्तिक आलोचना १९५६ मा देखा पर्‍यो । त्यस बेला उनले आफ्नो एउटा रचनामा “स्टालिनमा अभिभूतवादको पर्याप्त अंश थियो” भनेर आलोचना गरे । त्यो आलोचनाबारे माओले त्यो बेला र पछि कुनै विश्लेषण र व्याख्या प्रस्तुत छैनन् र यसबारे अत्यन्त सङ्क्षिप्तमा नै आफ्नो विचार प्रकट गरेको पाइन्छ । यसबारे उनले लेख्दछन् ः “स्टालिनमा अभिभूतवादको केही अंश…
Read More
सुन तस्करी प्रकरण : राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर

सुन तस्करी प्रकरण : राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर

  काठमाडौँ, २४ असोज । सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर गरेको छ । इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चार जना विरुद्ध बुधवार मुद्दा दायर गरेको हो । चार जना प्रतिवादीमध्ये तीन जना पक्राउ परेका छन् भने एक जना फरार छन् । पक्राउ परेका प्रतिवादीहरूमा  राहुल, काठमाडौँको नागार्जुन लोकेन्द्रकुमार पौडेल र  बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरुङ फरार छन्।   उनीहरू विरुद्ध  आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।
Read More
मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परीक्षण

मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परीक्षण

  नयाँ दिल्ली, २४ असोज । मङ्गल ग्रह पछि चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेर कीर्तिमान बनाएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले अब अन्तरिक्षमा मानव यान पठाउने तयारी पूरा गरेको छ । केन्द्रीय विज्ञान र प्रविधि र अन्तरिक्ष मन्त्री जितेन्द्र सिंहले मङ्गलवार भनेका छन् कि इसरोले अक्टोबर २१ मा गगनयान मिसनको लागि पहिलो परीक्षण उडान सुरु गर्न लागेको छ। चन्द्रयान–३ र आदित्य एल–१ मिसनमा संलग्न इसरोका इन्जिनियरहरूको अभिनन्दन कार्यक्रममा सिंहले अन्तरिक्षमा गएपछि गगनयान पुनः समुन्द्रमा अवतरण गर्ने बताए । उनका अनुसार नौ सेनाले चालक दलका सदस्यहरूको सुरक्षित फिर्ता सुनिश्चित गर्न मोड्युल पुनः प्राप्ति गर्न अपरेसन सुरु गरिसकेको छ। सिंहले…
Read More
‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

  मुम्बई, २४ असोज । गत हप्ता प्यालेस्टिनी  हमासले गरेको अचानक आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरायलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।   सो युद्धका कारण दुई देशीय सीमामा बसोबास गर्ने दुवै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाए पछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरायलको बलियो अभियानको बिचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन्।   यसै सन्दर्भमा, भारतीय टिभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छन्। इन्स्टाग्राममा सेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहुदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो…
Read More
मुटुको संवेदना !

मुटुको संवेदना !

*डा.कौशिला रिसाल हामी प्रत्येकसँग मुटु हुन्छ मुटु धड्कन हो, विश्वास हो कसैको भरोसा हो मायाको आवास हो । मुटु विशेष हुन्छ आफ्नाहरूको मुटु झन् विशेष हुन्छ मुटुभित्र राखेर जतनले हुर्काएका सन्तान झनै विशेष हुन्छन् ।   यतिबेला आशाको हरियो डालीमा पलाएको रहरको कोपिला फक्रिन नपाउँदै उडाइदिएको छ दशाको आँधीले पिरको नासो थमाएर सन्तान सुतेदेखि चीर निद्रामा बेस्सरी हल्लिएर आमाको मुटुबाट निस्किहेका छन् चीत्कारको आर्तनाद स्वर ।   शून्यतामा बिलाएका छन् आँखाबाट झरेका आँसुका ढिका, निदारबाट तप्प चुहिएर बिलाएको एक बुँद पसिनाजस्तै खत्रक्कै खसेर हमासको माटोमा बिलाएपछि आफ्नो प्रतिबिम्ब उतै छोडिएको छ सपनाको सुन्दर घर टुटेको छ जीवनको शृङ्खला हिउँदे बतासको एक झोक्का…
Read More
तामाङ र नेवारी (नेपाल भाषा) अब बाग्मती प्रदेशको सरकारी कामकाजीको भाषा

तामाङ र नेवारी (नेपाल भाषा) अब बाग्मती प्रदेशको सरकारी कामकाजीको भाषा

मकवानपुर, २४ असोज । बाग्मती प्रदेशमा नेवारी (नेपाल भाषा) तथा तामाङ भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाएको छ । मङ्गलवार बसेको प्रदेशसभा बैठकले नेपालीसहित नेवारी (नेपाल भाषा) र तामाङ भाषाले सरकारी कामकाजीको भाषा मान्यता पाउने गरी विधेयक पारित गरेका हुन । यो प्रदेशमा तामाङ र नेवार समुदायको बाक्लो बसोबास रहेको छ, जसअनुसार बागमती प्रदेश सरकारले सो दुई भाषालाई सरकारी कामकाज बनाउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो, जसलाई हिजो पारित गरे सँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन ।
Read More
अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

काबुल, २४ असोज । अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। सो भूकम्पले ठुलो क्षति पु¥याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधवार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तर पश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ । आज महसुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन । अफगानिस्तानमा गत साता अर्थात् ७ अक्टोबर शनिवारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिई सकेको छ । सैन्य…
Read More
बाबाहरूको चमत्कारिकता के हो ?

बाबाहरूको चमत्कारिकता के हो ?

बिरालोले बाटो काट्छ, अगाडि खाली गाग्री हुन्छ अनि हामी त्यो बाटो हिँड्न हिचकिचाउँछौ । आफू बिरामी हुँदा अरू कुनै कमजोर महिलालाई ‘बोक्सी’ भन्दै आरोप लगाउँछौ । धामी झाक्रिले फुक्यो भने रोग ठिक हुने भन्छौ । नेपाली समाजमा यस प्रकारका अन्धविश्वासहरूको व्यापक रूपमा प्रभाव छ । यस प्रकारका अन्धविश्वासहरूको सत्यतासँग के साइनो होला ? कतिपय अवस्थामा बिरालोले बाटो काट्दा नराम्रो घटना घटेको हुन सक्छ । धामी झाक्रिले फुकेर कतिपय अवस्थामा रोग निको भएको हुन सक्छ । तर यस प्रकारको घटनाहरूको वैज्ञानिक जाँच कसरी गर्ने त ? यस्तै विषयहरूमा केन्द्रित हुँदै ज्ञानशाला अनुसन्धान केन्द्रले आश्विन २३ गते कुरीति, अन्धविश्वास र सबै प्रकारका…
Read More