health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । उपचारमा संलग्न डाक्टरहरूमाथि हातपात भएपछि त्यसको विरोधमा डाक्टरहरू सडकमा उत्रेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिटको विरोधमा डाक्टरहरूले काठमाडौँमा सडक प्रदर्शन गरेका छन् ।
माइतीघरमण्डलमा ठुलो सङ्ख्यामा भेला भएका डाक्टर तथा चिकित्सकले आफूहरूको भौतिक सुरक्षा नभएको भन्दै भौतिक सुरक्षा दिन राज्यसँग माग गरेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी माथि हातपात गर्दै अभद्र व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गरी भौतिक सुरक्षा दिनुपर्ने डाक्टरहरूको मुख्य माग छ ।
लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेका थिए ।
चिकित्सकहरूमाथि भएको आक्रमणको भर्त्सना गर्दै नेपाली काँग्रेसका नेता भन्नुहुन्छ, ‘फेरि चिकित्सक तथा स्वास्थ्यकर्मी माथि कुटपिट र आक्रमण भएको दुःखद घटना बाहिरिएको छ। हरेक पटक जब यस्ता घटना घट्छन्, आक्रमण भएपछि सबैको चासो हुन्छ, आन्दोलन हुन्छ अनि बल्ल राज्य संयन्त्रको ध्यान जान्छ। हरेक घटनाको राप तापको कमीसँगै चासो पनि बिस्तारै सेलाउँछ। यसै कारण यस्तो घटनाहरू बारम्बार घटिरहेका छन्, जसले गर्दा स्वास्थ्यकर्मीको आत्मविश्वास कम हुँदै गएको छ। यो सामान्य घटना होइन प्रवृत्ति हो। कहीँ न कहीँ हाम्रा कानुन, संयन्त्र र प्रक्रियामा खोट छ, कार्यान्वयनमा समस्या छ, त्यसलाई बदलौँ र प्रभावकारी कार्यान्वयन गरौँ। नागरिकलाई भरोसा र विश्वास दिलाऔँ, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आत्मविश्वास दिलाऔँ।’