Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
बालबालिका, मानव चेतना र समाज निर्माण - Gyaan Ghar

Gyaan Ghar

Advertisement

बालबालिका, मानव चेतना र समाज निर्माण

* भाेलानाथ ढकाल
उपक्रम
 बालबालिका मानव सभ्यताको निरन्तरता हुन् । प्रत्येक प्राणीको निश्चित जीवनकाल हुन्छ । मान्छेको पनि त्यस्तै हुन्छ । एउटाको जीवनकाल सिद्धिन्छ । अर्काको सुरु हुन्छ । यो निरन्तर प्रक्रिया हो चलिरहन्छ । विगतमा पनि थियो । वर्तमानमा चलिरहेको छ । भविष्यमा पनि चलिरहनेछ । मानव सभ्यता रहेसम्म यो क्रम यसरी नै चलिरहनेछ ।
विस्तार 
बालक जन्मँदा तटस्थ भएर जन्मेका हुन्छन् । चञ्चलपन उसको स्वभाव हो । जात, भाषा, धर्म, संस्कृति क्षेत्र, दर्शन सम्प्रदायसँग उसको कुनै सरोकार हुँदैन । आफ्नै मानवीय मौलिक गुण मात्र ऊसँग हुन्छ । यस्तो मौलिक गुण लिएर जन्मेको बालक पछि गएर कसरी विविध धर्म, जात, जाति, भाषा भाषी, क्षेत्र सम्प्रदाय आदिमा विभक्त हुन्छन् ? यो महत्त्वपूर्ण कुरा छ । बालकले जन्मेपछि जस्तो वातावरण पायो ऊ त्यस्तै बन्छ । मान्छे भाषा, धर्म, संस्कृति, रीतिरिवाज, जातजाति, आदिमा विभाजित हुने गर्छ । जस्तो कि हिन्दु बाबुआमाबाट जन्मेको बालकलाई मुस्लिम सम्प्रदाय वा मुस्लिम बाबुआमालाई हुर्काउन दियौँ भने बालक पनि मुस्लिम नै बन्छ । भाषाका सवालमा पनि त्यस्तै हुन्छ ।
नेपाली बोल्ने आमाबाबुबाट जन्मेको बालकलाई अंग्रेजी बोल्ने समाज वा आमाबाबुलाई हुर्काउन दियौँ भने उसको मातृभाषा नै अङ्ग्रेजी हुन्छ । यसले के देखिन्छ भने जन्मँदा तटस्थ मानवीय भूमिका मात्र लिएर जन्मेको बालक फरक फरक परिवेशअनुसार हुर्कने क्रममा विविध, भाषा, धर्म, रीतिरिवाज, जातजाति सम्प्रदाय आदिमा विभक्त भएर हुर्कन्छ । यसरी बालक हुर्कँदा जुन वातावरण पाउँछ ऊ त्यसैअनुसार उसको जीवन बदलिँदै जान्छ ।
संसारमा भएका कतिपय मान्छेहरू नराम्रा पनि छन् । कतिपय मान्छेको जीवन सुखमय, सफल छ त कतिपयको दुःखमय वा असफल छ । कतिपय मान्छेलाई हामी राम्रा, असल, इमानदार मान्छौँ त कतिपयलाई नराम्रा, खराब र बेइमान मान्छौँ । त्यस्तै हामी हाम्रै वरिपरि भएका मान्छेलाई र उसकै वरिपरि बस्न मन पराउँछौँ । कतिपय मान्छेलाई देख्दै रिस उठ्छ । ऊसँग बोल्न मन पराउँदैनौँ । ऊ आफ्नो नजिक नआइदिए पनि हुन्थ्यो भन्छौँ । त्यस्तै हामीले देश विदेशका इतिहास पढ्दा पनि पनि कतिपय मान्छेलाई सम्मान गर्छौँ । भित्रैदेखि श्रद्धा गर्छौ। गुणगान गाउँछौँ । त्यस्तै कतिपयलाई घृणा गछौँ । यी सब थोक किन हुन्छ । वास्तवमा मानिस सामाजिक प्राणी भएकाले यी सबैको सम्बन्ध सामाजिक वातावरणसँग हुन्छ । सामाजिक प्राणी भएका कारण ऊ समाजमा बस्दछ र समाजमा रमाउँछ । समाजलाई आफ्नो घर ठान्दछ ।
समाजमा भएका गतिविधिमा आफ्नो पनि स्वामित्व ठान्दछ । जसले समाजमा राम्रो काम गर्दछ । त्यो राम्रो ठहरिन्छ । जसले समाजमा आफ्नो दायित्व सम्झँदैन उसले समाजका अन्य व्यक्तिप्रति सकारात्मक धारणा बनाउँदैन । यस्तो अवस्था कसरी सिर्जना भयो त ? के मानिसलाई राम्रो र इमानदार हुन मा लाग्दैन त ? फेरि उसलाई बेइमान बन्न कसले अभिप्रेरित गर्‍यो ? यहाँ सोचनीय विषय यही हो र चर्चा गर्न खोजिएको विषय पनि यही हो । यसो हुनुको मुख्य कारण हाम्रो वरिपरिको वातावरणलाई मान्न सकिन्छ ।
बालक जन्मिएको घर वरिपरिको वातावरणले पछि कस्तो मान्छे बन्दछ भन्ने कुरा भर पार्दछ । मुख्यतया बालकको आनीबानी  र जीवनशैलीमा मुख्य गरेर प्रभाव पर्दछ । कस्तो छ बालकको आनीबानी यसै अनुरूप हुने गर्दछ । परिवारको अलावा बालकको आनीबानीमा प्रभाव पार्ने तत्त्वहरूमा ऊ पढ्ने विद्यालय, वरिपरिको छिमेक, भाषा, धर्म, रीतिरिवाज, संस्कृति आर्थिक अवस्था आदि हुन् । योसँग अझ महत्त्वपूर्ण देश, कानुन, राजनीति, शिक्षा, स्वास्थ्य, प्राकृतिक अवस्था आदिले पनि बालबालिकाको  रुचि र बानीमा महत्त्वपूर्ण प्रभाव पार्दछन् । तसर्थ बालबालिकामा हुने विविधताको प्रमुख कारण वरिपरिको वातावरण हो ।
अहिले हामी जुन अवस्थामा छौँ, पहिले कहिल्यै थिएनौँ । समाज पनि अहिले जस्तो अवस्थामा छ । पहिले यस्तो अवस्थामा थिएन । जङ्गली युगबाट सुरु भएको मानव इतिहास अहिले विकसित औद्योगिक युगमा छ । मानिस आजको युगमा आइपुग्न कसरी सम्भव भयो त ? पुस्तान्तरण हो । जब नयाँ बालक धर्ती आउँछ तब उसले केही न केही नयाँ काम गर्दछ । उसले गर्ने काम केवल उसका लागि मात्र नभई सम्पूर्ण समाजका लागि हुन्छ । यस्तै हजारौँ हजार वर्ष पछि समाज जङ्गली युग, कृषि युग, पशुपालनको युग हुँदै औद्योगिक युगमा रूपान्तरण भएको छ । त्यो दास युगमा रहेमा बालबालिकाहरूको रूपान्तरणको खोजीमा सकारात्मक प्रयत्न र प्रयासहरूले गर्दा अहिलेको जस्तो रूपमा आइपुगेका छन् । हामीले अहिले त्यसको मिठो उपयोग गरिरहेको छौँ ।
मानिसमा भएको चेतनाको कारण मानव जीवनमा सकारात्मक परिवर्तन हुँदै गएको हो । मानवीय चेतनाकै कारण दास प्रथाको उन्मुलन भएको छ । सती प्रथा हटेको छ । जातजाति, भाषा भाषीप्रतिको विभेद क्रमशः कम हुँदै गएको छ । देशमा राणा शासन पञ्चायती व्यवस्था, राजतन्त्र आदिको अन्त भएर गणतन्त्र आएको छ । हामी त्यही गणतन्त्र भित्रको नागरिक भएर रहेका छौँ । धर्मको आधारमा कसैले कोहीमाथि विभेद गर्ने अवस्था छैन । यी सबै कुरा एकै चोटि भएको होइनन् । यसमा समयअनुसार विभिन्न व्यक्तिहरूका अमूल्य योगदान रहेको छ । देशमा एकतन्त्रीय राणा शासनको विरुद्ध धर्मभक्त, गङ्गालाल, दशरथचन्द्र र शुक्रराज शास्त्रीको अमूल्य योगदान रहेको छ । मुख्यतः सकारात्मक सोच, क्रान्तिकारी भावना भएका मानिसहरूबाट राणशासनको अन्त सम्भव भएको थियो । उनीहरूमा भएको अदम्य साहसको कारण हामीले उनीहरूलाई महान् मान्छौँ । उनीहरूको कामको सारा नेपालीले कदर गर्छन् । हो यसरी नै कतिपयले राजनीतिक क्षेत्रमा, कतिपयले साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका छन् भने कतिपयले धार्मिक, सांस्कृतिक क्षेत्रमा पनि योगदान पुर्‍याएका छन् । हामी सबैले लक्ष्मीप्रसाद देवकोटालाई महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छौँ । उनलाई श्रद्धा गछौँ । उनले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । हामी उनलाई सदैव स्मरण गर्दछौँ । उनी पनि कुनै समय बालक थिए । गौतम बुद्ध, पृथ्वी नारायण शाह, अब्राहम् लिङ्कन, महात्मा गान्धी आदि महान् व्यक्तिहरू पनि सबै कुनै समयका बालक थिएँ । तिनले आफ्नो बाल्यकालमा भिन्दाभिन्दै किसिमको वातावरण पाएका थिएँ । हो, यस्तै हजारौँ लाखौँ बालक कस्तो बन्ला भन्ने भन्दा पनि उसलाई हामीले कस्तो बनाउने भन्नेतिर ध्यान दिनु आजको आवश्यकता हो । यसर्थ बालक हुर्केको समय र वातावरण फरक हुन्छ तर असल संस्कार र राम्रो शिक्षा दिन सक्नुपर्दछ ।
माथिका उरदाहरणहरु बाट आज हामीले के थाहा पाएका छौ भने अहिलेको जस्तो अवस्था आउनुमा लाखाै मानिसहरूको योगदान छ । यस बिचमा विद्यमान अवस्थालाई कायम राख्नका लागि धेरै प्रयत्नहरू भएका थिए । जस्तो कि नेपालमा राजतन्त्रको अन्तको लागि कैयौँ  मानिसहरूले आफ्नो ज्यानको आहुति दिएका थिए भने त्यसलाई नै कायम राख्नपर्छ भन्नेहरू पनि थिए । ती दुईको बिचमा द्वन्द्व चलेको थियो । ती दुष्टबिचको लडाइमा एउटा राजतन्त्रको अन्त चाहनेहरूले आम मानिसहरूको भलाई सोचेका थिए भने राजतन्त्र कायम राख्नु पर्छ भन्नेले केही सीमित मान्छेहरूको जित भएको थियो । हो यस किसिमको जित पनि सजिलै आएको होइन । दुई सय पचास वर्षसम्म कायम रहेको राजतन्त्र अन्तका लागि कैयौँ पुस्ताले ज्यानको आहुति पनि दिएका थिए । त्यसबाट के देखिन्छ भने विषय वा वस्तु विज्ञान समस्त छ वा यो समाजको अनिवार्य नियम हो । अधिकतम मान्छेको हितमा छ बिस्तारै त्यसको जित हुँदै जान्छ ।
त्यसो भए के माथिको उदाहरणहरूबाट समाज विकासक्रम पूर्ण भयो त ? होइन, समाज विकासक्रम पूर्ण भएको छैन । समय क्रमसँगै समाजमा परिवर्तन हुँदै जाने हुन् । हामीले मानव समाजका लागि गर्नुपर्ने धेरै कामहरू छन् । मान्छेको चाहना र आवश्यकताले समाजमा परिवर्तनको अपेक्षा राखेको हुन्छ । अहिले समाजका भएका विभेदहरूमा गरिब र धनी देशहरूबिचको विभेद, धर्म धर्मबिचको विभेद, जातजातिबिचको विभेद, महिला र पुरुषबिचको विभेद, सांस्कृतिक विभेद, राजनैतिक विभेद, वर्गीय विभेद, रङ्गभेद वर्णभेद यी बाहेक धेरै विभेदहरू मानव समाज भित्र अझै विद्यमान छन् । यी सबै विभेदहरू हटाउनका लागि अब पनि कैयौँ वर्ष लाग्नेछ । अबका मानिसहरूले जति जति सङ्गठित भएर विभेद हटाउन प्रयत्न गर्नेछन् त्यति छिटो यस खाले विभेदहरूको अन्त्य हुँदै जानेछ ।
मानव समाजमा भएको विभेदमध्ये विकसित राष्ट्रले उत्पीडित राष्ट्रमाथि गर्ने विभेद पनि मुख्य चुनौती हो । यस किसिमको विभेद अन्तका लागि कमजोर राष्ट्रहरूले एकजुट भएर शक्ति राष्ट्रका बिच सङ्घर्ष गर्नुपर्दछ । उत्पीडित राष्ट्रका जनताको एकताले उत्पीडित राष्ट्रले शक्ति राष्ट्रबाट मुक्ति पाउने छ । त्यसै गरी हाम्रा देशमा जातजातिहरू बिचको विभेद कायमै छ । अहिलेसम्म पनि हाम्रो समाजमा साना जात र ठुला जात भन्ने परम्परा चलिरहेको छ । कानुनी रूपमा नभए पनि व्यावहारिक रूपमा जातजातिबिचको विभेदले उन्मुक्ति पाएको छैन । ठुला जात भनिनेले साना जात भनिने माथि गरेको अन्यायको बारेमा हामीले मन्दिर प्रवेशको नाममा त कहिले धारामा पानी थाप्ने क्रममा देखिँदै आएको छन् ।
त्यसै गरी धर्म मान्ने छुट सबैमा हुनुपर्छ । धर्म मानेको वा नमानेको आधारमा मानिसलाई विभेद गर्न पाइँदैन । धर्मप्रति आस्था राख्नु नराख्नु उसको व्यक्तिगत स्वतन्त्रता हो यसो हुँदाहुँदै पनि बहुसङ्ख्यकले अल्पसङ्ख्यक धर्म मान्नेमाथि शासन गरेको पाइन्छ । हामीले माथि उल्लेख गरेका विभेदहरू मध्ये धनी र गरिब बिचको विभेद संसारका मानिसहरू बिचको महत्त्वपूर्ण र केन्द्रीय प्रश्न हो । यो विभेदको कारण नै विश्वका अरबौँ मानिसहरू आफ्नो सहज जीवन यापन गर्नबाट वञ्चित छन् । कोही मानिसहरू खान लाउनबाट वञ्चित छन् । शोषण व्याप्त छ । श्रमिकहरूले श्रमका उचित मूल्य पाउन सकेका छैनन् । विश्वका थोरै मानिसको हातमा धेरै सम्पत्ति धेरै र मानिसको हातमा थोरै सम्पत्ति रहेको छ । यसले गर्दा असङ्ख्य मानिसको जीवनस्तर कष्टकर रहेको छ । यो हटाउनु आजका मानिसहरूको मुख्य कर्तव्य हुन गएको छ । यस्तो किसिमको अवस्था हटाउन अहिले पनि लाखौँ करोडौँ मानिसहरू लागि परेका छन् जसमा बालबालिकाको पनि महत्त्वपूर्ण हात हुन्छ । यस्तो विभेद राष्ट्र राष्ट्रबिच, क्षेत्रगत आधारमा निश्चित क्षेत्रहरूमा बसोबास गर्नेहरूबिच देख्न सकिन्छ । यस्तो कार्यको अन्त हुनु जरुरी छ । यस्ता अमानवीय कार्यलाई रोक्नमा लागि हामीले हाम्रा बालबालिकामा समय र युगअनुसार चेतनाको बोध गराउन जरुरी
छ ।
संसारका सबै मुलुकमा दुई थरी मानिस छन् एक थरी गरिब तथा मजदुर अर्का थरी धनी तथा मालिक । धनी तथा मालिक वर्गले श्रमिक तथा गरिब वर्ग माथि शोषण गरिरहेका छन् यसमा पनि मानिसहरू दुई वटा भागमा  विभाजित भएका हुन्छन् । एक थरीले धनी तथा मालिकहरूप्रति समर्थन थरेका हुन्छन्  भने अर्को थरीले गरिब तथा श्रमिक वर्ग माथि आफ्नो अभिमत प्रकट गरिरहेका हुन्छन् यी दुई वर्ग बिचको अन्तर सङ्घर्ष विगतमा पनि चलेको थियो । अहिले पनि चलिरहेको छ । भविष्यमा पनि चलिरहनेछ । जब सम्म धनी तथा मालिक वर्गले गरिब तथा श्रमिक वर्ग माथि शोषण गरिरहनेछ त्यो बेलासम्म चलिरहनेछ । यसमा मुख्य न्याय वा मानवीय कार्य भनेको संसारका सबै मानिसहरूले समान असर पाउनु पर्छ भन्ने हो । जसले गर्दा संसारका सबै मानिसहरूको जीवनस्तर समान तथा उच्च  हुन सक्दछ ।
पुनः एक पटक स्मरण गरौँ बालबालिका मानव सभ्यताको निरन्तरता हो । बालक जन्मँदा एउटा तटस्थ भूमिका लिएर जन्मेको हुन्छ । पछि हुर्कने वा बढ्ने क्रममा नै उसको आफ्नो सम्प्रदाय अनुसार जात, भाषा, धर्म, रीतिरिवाज परम्परा राजनीति र अनुसरण गर्दै जान्छ । बालक राम्रो वा नराम्रो असल वा खराब हुन खाली उसको गुण वा दोष मात्र जिम्मेवार हुँदैन । बरु उसको नजिकको वातावरण त्यसको मुख्य कारण हुन्छ र समाज विकासको क्रम बालबालिकाको पुस्तान्तरण सँगै सुरुवात हुन्छ । बालकले आफ्नो जीवनकाल भरी केही न केही राम्रो वा नराम्रो काम गरेको हुन्छ । सबै बालबालिकाले आफ्नो जीवन अवधि पुरा गर्न पाउँदैनन् । कतिपयको बिचमै ज्यान जान्छ र तिनले आफ्ना योजनाहरू पूरा गर्न पाउँदैनन् भने कतिपयले आफ्ना पूरा जीवन अवधि जिउन पाउँछन् आफ्ना योजनाहरू पूरा गर्न सक्छन् । यस्तै जीवन अवधि जिउने क्रममा कसैले लाखौँ करोडौँ मानिसहरूको हितका लागि काम गरेका हुन्छन् भने कसैले उनीहरूको अहित हुने काम पनि गरेका हुन्छन् । तुलनात्मक रूपमा मानव समुदायको हितमा काम गर्ने मानिसहरू धेरै छन् । राम्रो काम गर्नतिर अभिमुखीकरण गर्नु राष्ट्रको प्रत्येक जिम्मेवार नागरिक अनि प्रत्येक अभिभावकको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...