health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । नेकपा(मसाल) का काठमाडौँ जिल्ला प्रवक्ता जगत् प्रसार रेग्मी डेंगुबाट पीडित भई टिचिङ अस्पताल भर्ना हुनु भएको छ । १०४ ज्वरो आएर अस्पताल भर्ना हुनु भएको नेता रेग्मीको प्लेटलेस घट्दो क्रममा छ ।
अस्पताल भर्ना गर्दा नेता रेग्मीको प्लेटलेस एक लाख पैँतीस हजार रहे पनि आश्विन ५ गतेका दिन अठार हजारमा झरेको छ । प्लेटलेस कम भएको त्यसका साथै निमोनियाले समेत आक्रमण गरेका कारण वहाँलाई चक्कर आउने तथा कमजोरीको अनुभूति गरिरहनु भएको छ । ज्वरो कम भए पनि प्लेटलेट घट्ने सम्भावना भएको हुँदा डाक्टरले चिन्ताको विषय नभएको बताएका छन् । नेता रेग्मीको ए प्लस रगत समूह भएको हुँदा आवश्यक पर्यो भने प्लाज्मा चढाइने डाक्टरहरूको सुझाव छ ।