Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6170) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
स्थानीय तह विशेष Archives - Gyaan Ghar https://gyaanghar.com/category/स्थानीय-तह-विशेष/ Welcome Sat, 28 Sep 2024 02:41:06 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png स्थानीय तह विशेष Archives - Gyaan Ghar https://gyaanghar.com/category/स्थानीय-तह-विशेष/ 32 32 ३१ बर्सपछि कुलेखानी ड्याम भरियो,  हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो https://gyaanghar.com/2024/09/28/%e0%a5%a9%e0%a5%a7-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a1%e0%a5%8d%e0%a4%af%e0%a4%be/ https://gyaanghar.com/2024/09/28/%e0%a5%a9%e0%a5%a7-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a1%e0%a5%8d%e0%a4%af%e0%a4%be/#respond Sat, 28 Sep 2024 02:41:06 +0000 https://gyaanghar.com/?p=10353 काठमाडौँ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिवार बिहान ५: ४० बजे ड्यामको ढोका खोलिएको छ । कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रूपमा रहेको जलाशय शनिवार बिहान भरिएको थियो । जलाशयको भण्डारण गर्ने क्षमता एक हजार ५ सय ३० […]

The post ३१ बर्सपछि कुलेखानी ड्याम भरियो,  हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिवार बिहान ५: ४० बजे ड्यामको ढोका खोलिएको छ ।

कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रूपमा रहेको जलाशय शनिवार बिहान भरिएको थियो । जलाशयको भण्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी सङ्कलन गरिएको थियो ।
गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५२६ मिटर मात्र पानी सङ्कलन भएको थियो ।

कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रवार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।

कुलेखानी जलाशयमा एक हजार ४८३ मिटर पानीको सतह अन्तिम विन्दु हो । एक हजार ४८३ मिटरसम्म पानीको सतह झरेपछि विद्युत् उत्पादन गर्न सकिँदैन ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।

ग्याँस बुलेट बगायो

भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ ।

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरू त्रसित बनेका छन् । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् ।  बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् ।

प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

The post ३१ बर्सपछि कुलेखानी ड्याम भरियो,  हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/09/28/%e0%a5%a9%e0%a5%a7-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a1%e0%a5%8d%e0%a4%af%e0%a4%be/feed/ 0
काठमाडौँ महानगरले अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई १०-१० लाख अनुदान दिने https://gyaanghar.com/2024/05/04/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a4%bf/ https://gyaanghar.com/2024/05/04/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a4%bf/#respond Sat, 04 May 2024 03:16:33 +0000 https://gyaanghar.com/?p=9147 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको ‘राजपुर गाउँपालिका’ र दाङ् जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति […]

The post काठमाडौँ महानगरले अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई १०-१० लाख अनुदान दिने appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको ‘राजपुर गाउँपालिका’ र दाङ् जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको सङ्कटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो । यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइनेछ ।  पालिकाहरूले महानगरपालिकासँग सहयोग माग गरेका थिए । 

गुल्मी जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ को हाटबास क्षेत्रमा वैशाख १६ गते आगलागी भएको थियो । आगलागीमा परेर २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका छन् । 

यस्तै, वैशाख ८ र ९ गते इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको थियो । यसबाट २८ वटा घर, ५१ वटा गोठ, १३ वटा भैँसी, ७८ वटा बाख्रासहित धन सम्पत्ति, पशु चौपायाको क्षति भएको छ ।  सहयोग रकम गाउँपालिकाहरूको प्रकोप व्यवस्थापन कोषमा पठाइनेछ ।  

महानगरपालिकाले यस अघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । 

जरलहवा टोलमा वैशाख १२ गते बुधवार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर १ सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए । सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भए । 
 

The post काठमाडौँ महानगरले अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई १०-१० लाख अनुदान दिने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/05/04/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a4%bf/feed/ 0
१५ हजारमै पाइन्छ सिराहामा ड्राइभिङ लाइसेन्स ! https://gyaanghar.com/2024/04/24/%e0%a5%a7%e0%a5%ab-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a5%88-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9b-%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%ae/ https://gyaanghar.com/2024/04/24/%e0%a5%a7%e0%a5%ab-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a5%88-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9b-%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%ae/#respond Wed, 24 Apr 2024 11:30:31 +0000 https://gyaanghar.com/?p=9004 मुकेश कुमार यादव/सिराहा, १२ वैशाख। जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ लाइसेन्स)खरिद बिक्री हुने गरेको पाइएको छ। कर्मचारीहरूले बिचौलिया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो। […]

The post १५ हजारमै पाइन्छ सिराहामा ड्राइभिङ लाइसेन्स ! appeared first on Gyaan Ghar.

]]>

Screenshot

मुकेश कुमार यादव/सिराहा, १२ वैशाख। जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ लाइसेन्स)खरिद बिक्री हुने गरेको पाइएको छ।

कर्मचारीहरूले बिचौलिया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो।

ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जति पटक परीक्षा र ट्रायलमा सहभागी भए पनि पास नहुने तर घुस बापत रकम बुझाएपछि सजिलै लाइसेन्स हात लाग्ने सेवाग्राहीहरू बत्ताउँछन्। 

सिराहा गोल बजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटर साइकलको लाइसेन्सका लगी ट्रायल दिए। तर, उनी एक पटक पनि पास हुन सकेन। तर, उनीसँगै गएकाहरूले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे। 

यहाँ जुन सुकै गाडीको लाइसेन्स लिन घुस रकम बिचौलियामार्फत बुझाए सजिलै लाइसेन्स पाइने ती युवकले बताए। उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाई रहेको छु, लिखित पहिलो पटकमै पास गरेँ। तर, तीन पटक ट्रायल दिँदा पनि पास हुन सकिएन। घुस नदिई लाइसेन्स लिऊँ भनेको मुस्किल रहेछ।’

‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ। पासै हुन सकिएन। अव त्यसै एक वर्ष पछाडि परियो।’ उनले थपे, ‘अर्को पटक घुस दिएरै भए पनि पास गर्नुपर्ने अवस्था आयो।’

सिराहा धनगढीमाईका रमेश यादव (परिवर्तित नाम) पाँच वर्ष देखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन्। तर, उनीसँग ड्राइभिङ लाइसेन्स थिएन। उनी लेखपढ समेत जान्दैन तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाइसेन्स लिए। 

उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जान्दिन। पैसा नदिई लाइसेन्स पाइँदैन भन्ने सबै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय बाहिरै बिचौलिया सँग अवैध रकम बुझाएर लाइसेन्स लिएँ।’

ट्याक्टर, म्याजिक र विङ्गर चालक मात्र हैन यहाँबाट लाइसेन्स लिने धेरैले रकम तिरेर र भनसुनको भरमामात्र लाइसेन्स पाउने गरेको एक बिचौलियाले बताए। ती बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाइसेन्स नै पाइँदैन, हामीहरूलाई पनि थौरै कोटा दिएको हुन्छ। त्यही अनुसार सेटिङ्गमा काम हुने हो।’

यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुशेश्वर साहसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।

रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माग्ने गरेको भन्ने मलाई जानकारी छैन। भएको भए मलाई जानकारी गराउनुस् तुरुन्त कारबाही गछु।’ 

उनले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिने मात्र हो, बाँकी काम यातायात कार्यालयले गर्नुभएकोले हाम्रो खासै भूमिका पनि हुँदैन । सिराहामा विना बिचौलियाको लाइसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरीक्षक पुरीले केही सुनिएन भनी फोन काटे।

यातायात र ट्राफिक प्रहरीले लाइसेन्स बापत अवैध रूपमा उठाइएको रकम जिल्ला , प्रदेश र विभाग सम्म समेत बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जनाएको छ। उनले भने, ‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरूको मिलेमतोमय बिचौलिया खडा गरेको हुन्छ, लाइसेन्सको लिखित सकिएर ट्रायल सकिने दिन नै अवैध असुली गरेको रकम वाडफाड गर्ने गरेको बताए।’

ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले बिचौलिया खडा गरी खुलेआम रूपमा ड्राइभिङ लाइसेन्स बिक्री वितरण गरिरहेको सेवाग्राहीहरू बत्ताउँछन्। ड्राइभिङ लाइसेन्स लिन बिचौलियासँग सेटिङ नमिले लाइसेन्स नपाइने सेवाग्राहीहरूको भनाई छ। 

The post १५ हजारमै पाइन्छ सिराहामा ड्राइभिङ लाइसेन्स ! appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/04/24/%e0%a5%a7%e0%a5%ab-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a5%88-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9b-%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%ae/feed/ 0
कर्णाली प्रदेशसभामा सांसदले भने, ‘मन्त्रीहरू जागिरका लागि मात्रै केन्द्रित भए’ https://gyaanghar.com/2023/10/06/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8/ https://gyaanghar.com/2023/10/06/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8/#respond Fri, 06 Oct 2023 02:37:28 +0000 https://gyaanghar.com/?p=3825 हेमन्त केसी सुर्खेत , १९ असोज । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्रीहरू जनताका लागि नभई जागिरका लागि मात्रै केन्द्रित भएको आरोप लगाएका छन्। कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले कर्णाली सरकारका मन्त्रीहरूलाई केही गर्न हो कि जागिर खान हो ? भन्दै प्रश्न गरे। उनले भने, ‘जनताका लागि केही गर्न साथीहरू […]

The post कर्णाली प्रदेशसभामा सांसदले भने, ‘मन्त्रीहरू जागिरका लागि मात्रै केन्द्रित भए’ appeared first on Gyaan Ghar.

]]>

हेमन्त केसी
सुर्खेत , १९ असोज । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्रीहरू जनताका लागि नभई जागिरका लागि मात्रै केन्द्रित भएको आरोप लगाएका छन्। कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले कर्णाली सरकारका मन्त्रीहरूलाई केही गर्न हो कि जागिर खान हो ? भन्दै प्रश्न गरे। उनले भने, ‘जनताका लागि केही गर्न साथीहरू त्यो ठाउँमा हुनुहुन्छ भन्ने मैले बुझेको थिएँ, तपाईँहरू त जागिर खानका लागि मात्रै हो भन्नुपर्ने परिस्थिति आयो।’

उनले मन्त्रीहरूले कर्मचारीलाई बिचराको ठाउँमा राखेको समेत बताए। नेता कँडेलले माओवादीले चलाएका मन्त्रालयको ठाउँमा गठबन्धन र प्रतिपक्षी दलका कर्मचारीलाई निषेध गर्ने गरिएको बताए।

प्रदेशसभा सदस्य सुरेश अधिकारीले सल्यानको बालुवा संग्रहीदेखि सल्यान खलङ्गासम्म लागेको सडकको ठेक्काको काम ६ वर्षसम्म पूरा नहुनुको कारण सोधे। म्याद थपिरहने तर काम नहुने भन्दै उनले मन्त्रालय, कार्यालय र ठेकेदार मिलेर ठग्ने गरेको बताए। ५६ हजार अपाङ्गता भएका व्यक्तिका लागि कर्णाली सरकारले केही नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले मन्त्रालय समेत अपाङ्गतामैत्री नभएको भन्दै आक्रोश पोखे।

हुम्लाका प्रदेशसभा सदस्य रणसिंह परियारले हुम्लामा बाढी पहिरोबाट १५ लाख क्षति भएकाले तत्काल समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए। दसैँ तिहार नजिकै आएकाले स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले बाटो खुलाउनु पर्ने प्रदेशसभा सदस्य विन्धमान विष्टले बताए।

प्रदेशसभा सदस्य जानकी सिंहले भेरी कोरिडोर, कर्णाली कोरिडोरभित्र ठाउँमा महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे। उनले प्रदेशसभा सदस्यलाई घरभाडा नपुगेकाले त्यो बढाउन माग गरिन्।

रुकुम पश्चिमबाट निर्वाचित महेन्द्र केसीले रुकुम पश्चिममा मकै बालीमा हावाहुरीले क्षति पुगेको बताउँदै राहत दिनुपर्ने बताए। तर प्रदेशसभा सदस्यले जति कुरा उठाए पनि सरकारले पनि कुनै ध्यान नदिएको पाइएको छ । मुख्यमन्त्रीले केही दिन अघि दिएको दिएको निर्देशन समेत पालना भएको छैन ।


The post कर्णाली प्रदेशसभामा सांसदले भने, ‘मन्त्रीहरू जागिरका लागि मात्रै केन्द्रित भए’ appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/10/06/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8/feed/ 0