health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170The post काठमाडौँबाट पौने चार करोडको कोकिनसहित दुई जना पक्राउ appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ- काठमाडौँबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्।
प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटेलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय महिला के जुचोबेनी सोपोई रहेका छन्।
लागु औषध नियन्त्रण ब्युरोको कोटेश्वरको टोलीले सुरूमा तान्जानियन नागरिकलाई होटेलबाट पक्राउ गरेको थियो।
उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा कोकिन लिन आएकी महिला अर्को होटेलबाट पक्राउ परेकी थिइन्।
ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार जुमाले बोकेको झोलाभित्र एक किलो १०४ ग्राम कोकिन बरामद भएको थियो।
बरामद भएको कोकिनको अवैध बजार मूल्य तीन करोड ८७ लाख हुन आउँछ।
तान्जानियन नागरिकले कोकिन निलेर आएका थिए। होटेलबाट आएर दिसाबाट ‘अनलोड’ गरी भारतीय महिलालाई बुझाउने तयारी गरिरहेका थिए।
एसएसपी आचार्यका अनुसार तान्जानियन नागरिक इथियोपियाबाट दुबई हुँदै नेपाल आएका थिए। दुबईबाट कतार एयरको जहाजमा आइतबार मात्रै आएर उनी होटेलमा बसेका थिए।
आइतबार नै भारतीय महिला बागडोग्रा एयरपोर्टमा उत्रिएर बस चढेर काठमाडौँ आइपुगेकी थिइन्। उनी स्थल मार्गबाटै कोकिन लिएर भारत जान लागेकी थिइन्।
दुबैमाथि लागु औषध नियन्त्रण ऐन अनुसार जिल्ला अदालत काठमाडौँबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ। ती महिला भरियाले कसलाई लागु औषध बुझाउन लागेकी थिइन् भन्ने खुलेको छैन।
गत साउन २३ गते मात्रै लाटभिएन नागरिक ५१ वर्षीय इभार्स भाल्टर्स ६ किलो २४ ग्राम कोकिनसहित पक्राउ परेका थिए। उक्त कोकिनको अवैध बजार मूल्य २१ करोड ८ लाख रुपैयाँ हुन आउँछ।
लाट्भियाबाट फ्रान्स हुँदै दुबई ट्रान्जिट भएर ती नागरिक काठमाडौँ आइपुगेका थिए।
दक्षिण अमेरिकी मुलुकबाट भरियाहरू कोकिन बोकेर आउने गरेकोमा प्रहरीले पहिलो पटक युरोपियन नागरिकलाई पक्राउ गरेको थियो।
The post काठमाडौँबाट पौने चार करोडको कोकिनसहित दुई जना पक्राउ appeared first on Gyaan Ghar.
]]>The post न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएपछि अब यो सरकारवादी मुद्दा सर्वोच्चमा अपिल हुने क्रममा रहेको छ । यसैबीचमा मुद्दाकी पीडित गौशाला- २६ ले शुक्रवार सरकारी वकिलको कार्यालयलाई एक हस्तलिखित निवेदन दिएर यो मुद्दा अब आफू लड्न नसक्ने र अगाडी नबढाउन आग्रह गरेपछि यो विषय फेरी चर्चामा रहेको छ ।
गौशाला- २६ को निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्दा सर्वोच्चमा लैजान्छ वा लैजाँदैन भन्ने प्रश्न त्यतिकै छन् भने उनको निवेदनले नेपालको समग्र न्याय प्रणालीलाई ऐना देखाएको घटनाको रूपमा लिन सकिन्छ ।
आखिर गौशाला- २६ ले किन मुद्दा अगाडी नबढाउन निवेदन दिइन् त ? यो प्रश्नको उत्तर उनको निवेदनमा त उल्लेख नै छ, साथसाथै उनको निवेदन नेपालको न्याय प्रणालीको नेतृत्व गरिरहेकाहरूलाई गिज्याएको र सोधेको प्रश्न पनि हो । गौशालाले निवेदनमा भनेकी छन्- ‘सम्मानित अदालतले आफ्नो फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै आफ्नो त्रासरहित एवं शान्तिपूर्ण जीवन जिउनु नै मेरो प्राथमिकता रहेकाले प्रस्तुत मुद्दाको कारबाही अगाडि नबढाउनु हुन निवेदन गर्दछु ।’
यी लाइनहरूबाट यो मुद्दा लड्ने क्रममा गौशाला- २६ ले भोगेको पिडा झल्किन्छ । उनले निवेदनमा भनेकी छन्- ‘यस मुद्दा दर्ता भए लगत्तैदेखि मेरो मानसिक एवं सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्धको भ्रमपूर्ण खबर र ममाथि दबाब फैलाउँदै आएका थिए ।’
गौशाला-२६ ले निवेदनमा उल्लेख गरेका यी लाइनले नेपालमा ‘न्याय’ पाउन सहज छैन भन्ने स्पष्टसँग बोल्दछ । चाहे न्याय क्षेत्रको नेतृत्व गरेकाहरू हुन् चाहे नीति निर्माणदेखि सरकारमा बस्नेहरू हुन गौशाला-२६ ले निवेदनमा उल्लेख गरे झैँ नेपालमा न्यायका लागि लड्दा कसरी जीवन अस्तव्यस्त हुन्छ भन्ने सजिलै बुझ्न जरुरी छैन र ? न्यायका लागि लडिरहेकी एउटा युवती मानसिक रूपमा दर त्रासमा बाच्नु पर्ने अवस्था कसले सिर्जना गर्यो ? यसको उत्तर राज्यले दिनुपर्छ की पर्दैन ? भन्ने प्रश्न गौशाला- २६ को निवेदनले सोझै सिंहदरबार तर्फ सोधेको छ ।
गौशाला २६ ले आफ्नो निवेदनमा कसैको दबाबमा आफूले जाहेरी नदिएको स्पष्ट गर्दै भनेकी छन्- ‘मैले कसैको दबाबमा जाहेरी दिएको थिइनँ, ऊ गलत भएकैले मैले निवेदन दिएको थिएँ । मेरो नियत जम्माजम्मी अरू कोही किशोरीले मैले जस्तो भोग्नु नपरोस् भन्ने थियो ।’
यति मात्र होइन प्रोपोगान्डा, मिडिया ट्रायल र अदालतको ढिला सुस्तीले कसरी कसैलाई ‘न्याय’ चाहिँदैन भन्ने अवस्थामा पुर्याउछ भन्ने पनि यो घटनाले देखाएको छ । उनले भनेकी छन्- ‘हरेक हप्ताको मुद्दा पेशीले म यति थाकिसकेँ कि जिन्दगीले मलाई कहाँ लाँदै छ भन्ने पनि थाहा छैन । अब म बाँच्न चाहन्छु त्रासरहित जिन्दगी, जहाँ मैले मेरो परिचय लुकाउनु नपरोस् । मान्छे बाँच्नको लागि पो लड्छ, आफूलाई हरेक दिन मारेर लडेको लडाइँ के लडाइँ ?’
गौशाला- २६ ले अब यो मुद्दा नलड्ने निर्णय लिएसँगै नेपालको न्याय क्षेत्रलाई अनगिन्ती प्रश्न तेर्साएकी छन् । उनको निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्दालाई अगाडी बढाउँछ वा बढाउँदैन, त्यो स्पष्ट छैन तर सरकारवादी मुद्दा भएकाले उनको निवेदनकै आधारमा अगाडी नबढ्ने भन्ने हुँदैन । सरकारी वकिलको कार्यालयले फैसलाको अध्ययन गरेर पुनरावेदन गर्ने आधार देखेमा महान्यायाधिवक्ता कार्यालयमा आफ्नो रायसहितको प्रतिवेदन पठाउने र सो आधारमा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदनको निर्णय लिने प्रक्रिया हुन्छ ।
प्रक्रिया जे होस् गौशाला- २६ ले न्याय प्रणालीलाई ऐना देखाउँदै अब मलाई ‘न्याय’ चाहिँदैन भन्ने आशयको निवेदनले समग्र न्याय प्रणालीलाई मात्र होइन, समाज, मिडिया र सरकारलाई समेत तिमीहरूले ‘न्याय’ दिन सक्दैनौँ भन्ने दरिलो जवाफ दिएको छ ।
The post न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन appeared first on Gyaan Ghar.
]]>The post २० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौँको ठमेलस्थित होटेलमा खानतलासी गर्दा प्रतिबन्धित लागू औषध कोकिन जस्तो देखिने ५ केजी ८२० ग्रामसहित मलेसियाकी महिलालाई पक्राउ गरेको हो ।
सो लागू औषध करिब २० करोड ३७ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।
The post २० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ appeared first on Gyaan Ghar.
]]>The post दिल्लीको होटेलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ- दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै सङ्गठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जङ्गबहादुर विक रहेका छन्।
उनीहरूलाई सोमबार कञ्चनपुर गड्ढा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।
प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम सङ्कलन गरेको पाइएको छ। क्यानडाको लागि उनीहरूले २२ देखि ३० लाख रुपैयाँसम्म उठाउँथे।
अमेरिका र क्यानडा पठाइदिने भन्दै गिरोहले १० जना पीडितबाट ५ करोड ५० लाख रुपैयाँ रकम लिएको खुलेको छ।
यी तिनै जना नयाँ दिल्लीमा बसेर सङ्गठित रूपमा मानव तस्करी गर्ने गर्थे। उनीहरूले नेपालमा टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रूपमा राख्ने गरेका थिए।
शेर्पा त्रयलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।
अमेरिका लैजाँदा उनीहरूले दुबई ट्रान्जिट बनाउने गर्ने। त्यहाँबाट केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसेर ६ देखि ९ महिनासम्म पीडितलाई अलपत्र पारेर राखेको पाइएको भट्टराईले बताए।
‘केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको अनुसन्धानमा खुलेको छ,’ भट्टराईले भने।
अमेरिका पुर्याउन ब्राजिल, कोलम्बिया, मेक्सिकोमध्ये कुनै एउटा रुट प्रयोग गर्ने गरेको खुलेको छ।
तामाङ, बराल र विक दिल्लीको पहाडगञ्जस्थित होटेलमा बस्ने गर्थे।
‘उनीहरूले पीडितहरू अमेरिका प्रवेश गरे लगत्तै जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुनी व्यवसायी प्रयोग गरी जेलमुक्त गरेर रोजगारीमा लगाउने भन्दै पहिले नै विश्वासमा पार्ने गरेको थाहा भएको छ,’ भट्टराईले भने।
पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
The post दिल्लीको होटेलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी appeared first on Gyaan Ghar.
]]>The post बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ, २१ । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए।
दुर्घटनामा परेर अरू ३ जना घाइते भएकोमा उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ बर्सिया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन्।
The post बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन appeared first on Gyaan Ghar.
]]>The post कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एक जना बेपत्ता appeared first on Gyaan Ghar.
]]>
सुर्खेत । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्।
होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ ।
पुलबाट नदीमा हाम फालेका उनी बेपत्ता भएपछि अहिले उनको खोजी जारी रहेको छ ।
The post कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एक जना बेपत्ता appeared first on Gyaan Ghar.
]]>The post ललितपुरमा दुई समूहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । ललितपुरको ढोलाहिटीमा गए राति दुई समूहबिच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गए राती करिब नौ बजे दुई समूहबिच झडप हुँदा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पूजन राई रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा गए राति नै १८ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
The post ललितपुरमा दुई समूहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा appeared first on Gyaan Ghar.
]]>The post बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ, ५ चैत । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटना सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।
निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। गाडीमा ३२ जना यात्रु थिए।
उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए।
बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाइ भएको प्रहरीको भनाइ छ। पश्चिम रुकुमबाट काठमाडौँका लागि छुटेको बस दुर्घटनामा परेको हो।
मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
The post बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते appeared first on Gyaan Ghar.
]]>The post गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु appeared first on Gyaan Ghar.
]]>
रौतहट ४ चैत। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्।
चितवनको इच्छा कामना गाविस-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका बसका यात्रु भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण घर भएका ३७ वर्षीय गौरी दासलाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन्।
अन्य घाइतेहरूमा ट्रक चालक वीरगन्ज उप महानगरपालिका २३ का ३३ वर्षीय हाकिम मिया, बसका यात्रु सर्लाही बरहथवा नगरपालिका मिलन चोकका २५ बर्सिया पूजा गुप्ता, भारतको विहार मजफरपुर जिल्लाका ३९ बर्सिया रिता गुप्ता, सोही जिल्ला रामनगरका ३२ वर्षीय अम्बरनाथ कुमारको चितवन स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ।
बस चालक नवलपरासी कावासोती-१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङ सहित दुर्घटनामा परेको बस नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
The post गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु appeared first on Gyaan Ghar.
]]>The post त्रिशूलीमा बस खस्यो : ३३ जनाको जीवितै उद्धार, ६ जनाको मृत्यु appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसी स्थित पृथ्वी लोक मार्गमा कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रु बाहक बस त्रिशूली नदीमा खसेको छ। काठमाडौँ आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशी स्थित त्रिशूली खोलामा खसेको प्रहरीले जनाएको हो।
उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगिसकेको छ। उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ।
त्रिशूली नदीमा बस खस्दा ६ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार बसमा सवार ३३ जनाको जीवितै उद्धार गरिएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ।
विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन।
The post त्रिशूलीमा बस खस्यो : ३३ जनाको जीवितै उद्धार, ६ जनाको मृत्यु appeared first on Gyaan Ghar.
]]>