health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170The post अन्तर्राष्ट्रिय थिएटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ, ७ चैत । नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सवको उद्घाटन सम्पन्न भएको छ।
उद्घाटन समारोहमा अभिनेता दयाहाङ राई, नेपाल पर्यटन बोर्डका दीपकराज जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नारदमणि हार्तङछाली, सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानकी निशा शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साथै चलचित्रकर्मीहरू हरिहर शर्मा, दीपकराज गिरी, प्रकाश सपुत, अशेष मल्ल, नवीन सुब्बा, मिलन चाम्स, बुद्धिराम तामाङ, लगायत सयभन्दा बढी रङ्गकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।
चैत्र ६ देखि १२ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा १२ देशका १७ नाटक, २ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चीय कविता वाचन, ३ रैथाने सङ्गीत प्रस्तुति, ३ सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष चित्रकला तथा प्रदर्शन कला समेटिनेछ।
यस महोत्सवमा चलचित्र विकास बोर्डले पनि सहकार्य गरेको छ।
The post अन्तर्राष्ट्रिय थिएटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने appeared first on Gyaan Ghar.
]]>The post कीर्तिमानी चलचित्र पूर्णबहादुरको सारङ्गी ! appeared first on Gyaan Ghar.
]]>
The post कीर्तिमानी चलचित्र पूर्णबहादुरको सारङ्गी ! appeared first on Gyaan Ghar.
]]>The post अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ ।
भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो । दादा साहेब फाल्के चयन निर्णायक मण्डलले अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्त्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ ।
मिथुन चक्रवर्तीलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यो सम्मान प्रदान गरिने छ ।
मिथुन चक्रवर्ती हालैका वर्षहरूमा भाजपाबाट राजनीति गरिरहेका छन् । यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ । दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के थियो ।
मिथुनले बलिवुडमा ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने तीन नेशनल अवार्ड समेत जितेका छन् ।
The post अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड appeared first on Gyaan Ghar.
]]>The post सरकारका सर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाए पनि यसको नियमन कसरी गर्ने भन्ने विषय छलफलमा रहेको बताएको छ ।
टिकटकमा प्रतिबन्ध लगाउँदा तत्कालीन प्रधानमन्त्री प्रचण्डले काँग्रेस एमालेलाई विश्वासमा लिएर गरेका कारण अहिले फुकुवा गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस र माओवादी केन्द्रलाई समेत विश्वासमा लिनुपर्ने समेत बताइएको छ ।
टिकटक प्रतिबन्धपछि सर्वोच्च अदालतमा मुद्धाहरु समेत दायर भएका छन् र सुनुवाइको क्रममा रहेका छन् ।
The post सरकारका सर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी appeared first on Gyaan Ghar.
]]>The post नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिवंश आचार्य appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ ।
आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् ।
उनले ‘शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौँ,’ उनले लेखेका छन्, ‘अचानक नाकबाट रगत बगेर होटेल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटी डिपार्टमेन्टमा उपचार हुँदै छ र म सामान्य अवस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्यै थियो।’
उनले भनेका छन्- ‘धेरैलाई हाई ब्लड प्रेसरको कारण हो कि भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाई टाल्ने काम भइसकेको छ र अहिले सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको छु ।’
The post नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिवंश आचार्य appeared first on Gyaan Ghar.
]]>The post शिशिर योगीको नयाँ गीत ‘तिमी बन्नु मेरो सहारा’ सार्वजनिक appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । वरिष्ठ गायक शिशिर योगीको स्वरमा रहेको तिमी बन्नु मेरो सहारा बोलको गीत सार्वजनिक भएको छ।
‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका स्रष्टा शिशिर योगीको स्वरमा रहेको ‘तिमी बन्नु मेरो सहारा’ का शब्द सङ्कलक हरिहर तिमिल्सिना रहेका छन्। गीतमा सङ्गीत पनि योगीकै रहेको छ।
वरिष्ठ सेक्सोफोन वादक अमूल कार्की ढलीको सङ्गीत संयोजन रहेको गीतमा गितार वादक सञ्जीव बराइली छन्। लोकेश भाटले भिडियो मेकिङ गरेको गीतलाई वर्ल्ड कभर मिडिया प्रालिले प्रोडक्सन गरेको हो।
शिशिर योगी युट्युब च्यानलबाट गीत बजारमा ल्याइएको हो। नवीन खालको प्रेमाभाव मिश्रित गीत भएकाले राम्रो चर्चा बटुल्ने विश्वास लिइएको योगीले लिएका छन्।
The post शिशिर योगीको नयाँ गीत ‘तिमी बन्नु मेरो सहारा’ सार्वजनिक appeared first on Gyaan Ghar.
]]>The post १२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र चयन appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । यही ७ असारबाट ९ असारसम्म काठमाडौँमा आयोजना हुने ‘१२ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सव विगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा हुन लागेको १२ औँ संस्करणको यो महोत्सवमा यस पटक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका गरी नौ देशबाट ८ वटा अफ्रिकन चलचित्र चयन भएका छन् । जसमा फुल्स र द चेस्लर गरी २ वटा चलचित्र, वी ह्याभ नेभर बिन किड्स र ह्वाईट पोसन गरी २ वटा वृत्तचित्र छन् । यस्तै डाईनिज, अफस्प्रिङ, सर्भाईभर र इग्नोरेन्स इज अ लाईफस्टाईल गरी ४ वटा लघु चलचित्र छन् ।
यस पटक १५ भन्दा बढी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्राप्त भएकोमा महोत्सवको लागि ८ वटा अफ्रिकन चलचित्र चयन गरिएको आयोजक पक्षले जनाएको छ ।
यस्तै महोत्सवमा नेपालबाट ७ वटा नेपाली र आदिवासी चलचित्र, ३ वटा वृत्तचित्र र १० वटा लघु चलचित्र गरी २ वटा चयन भएको हो । नेपालबाट ७३ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र प्राप्त भएकोमा निर्णायक टिमले फेस्टिभलको लागि २० वटा चयन गरिएको हो ।
चयन भएको नेपाली तथा आदिवासी चलचित्रमा सरी मम, काँडे तार, गोर्खा बारिएर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित रहेका छन् । यस्तै वृत्तचित्र तर्फ जर्नी टु गोक्यो, काँचो बायु र चेसिङ द ड्रिम रहेका छन् । महोत्सवमा छानिएका नेपाली लघु चलचित्रहरूमा सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, म्यारिज डे, मातृत्व र रोटेन ब्लड रहेका छन् ।
यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन्,‘महोत्सवको तयारी तीव्र गतिमा भइरहेको छ । हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्विपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौँ र महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ ।’ महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले भनिन्,‘हामीले अफ्रिकालाई पश्चिमा देशको दृष्टिकोणबाट हेर्दै आएका छौँ । अफ्रिका विभिन्न मात्र हैन, त्यत्तिकै सुन्दर र सम्पन्न पनि छ भन्ने कुरा त्यहाँका चलचित्रबाट हामीले अफ्रिकालागि बिगतझै यस पटक पनि यो महोत्सवमा हेर्ने छौँ ।’
महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार विगत झैँ यस पटक पनि यो महोत्सवलाई तीन दिनसम्म आयोजना गरिँदै छ,‘यस पटक दर्शकलाई सुविधा सम्पन्न रूपमा चलत्रिच देखाउन हामीले यो महोत्सव काठमाडौँको सिटिसी मलमा रहेको सिडिसी सिनेमाजमा फेस्टिभल गर्दैछौं । महोत्सवमा चलचित्र प्रदर्शनसँगै अभिनय सम्बन्धी तीन दिनको विशेष कार्यशाला, र अन्तरक्रिया कार्यक्रमहरू पनि रहेको छ ।’
नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादिपको संस्कृति चलचित्र मार्फत आदन प्रदान गर्नको लागि यो महोत्सव आयोजना गर्दै आएको पनि महोत्सव निर्देशक क्षत्रीले जानकारी गराएका छन् ।
The post १२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र चयन appeared first on Gyaan Ghar.
]]>The post निर्देशक सुदर्शन थापा पक्राउ appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौँको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ ।
गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनी ‘प्रसाद-२’का निर्देशक हुन् ।
निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ ।
The post निर्देशक सुदर्शन थापा पक्राउ appeared first on Gyaan Ghar.
]]>The post मनीषा कोइरालाले भनिन, ‘हो, एउटा असल जीवनसाथीको चाहाना छ’ appeared first on Gyaan Ghar.
]]>
मुम्बई, १९ वैशाख । बलिउड अभिनेत्री मनीषा कोइराला लामो समयपछि पर्दामा कम ब्याक गर्दै छिन् ।
सञ्जय लीला भन्सालीद्वारा निर्देशित उनको बहुप्रतिक्षित शृङ्खला ‘हिरामाण्डीः द डायमन्ड बजार’ आज ओटिटी प्लेटफर्ममा रिलिज भएको छ।
यसअघि एक अन्तर्वार्तामा नायिकाले नेपाली व्यवसायी सम्राट् दाहालसँग सम्बन्ध विच्छेद र क्यान्सर रोग लागेको लगायतका धेरै उतारचढावका बारेमा खुलेर कुरा गरेकी छिन् ।
जूम टिभीसँगको अन्तर्वार्तामा मनीषा कोइरालाले भनिन्, ‘केही मानिस भाग्यमानी हुन्छन्, जसले यति धेरै उचाइ र यति धेरै तल झरेको अनुभव गर्न पाउँदैनन् र उनीहरूको जीवन निकै शान्त हुन्छ । म पनि भाग्यशाली छु कि मसँग यी सबै अनुभव रहेको छ। म केवल आशा गर्न सक्छु कि कम्तीमा मेरो जीवनप्रतिको दृष्टिकोण तीतो नहोस्। मेरो काम त्यसैमा छ ।’
मेरो काम मैले के परिवर्तन गर्न सक्छु र जीवनलाई कसरी हेर्छु, हेर्नु हो, जस्तै म गिलास आधा खाली वा आधा भरिएको हेर्छु। के मलाई लाग्छ जीवन पीडादायी छ ? होइन। जहिले पनि पीडादायी अनुभवहरू हुन्छन्, के म जीवनको बारेमा थप जान्न सक्दिन ? के म अनुभवको हिसाबले धनी भएको छैन, यति ठुलो आघातको पहिलो हातको अनुभवको हिसाबले ?
के मनीषा फेरि जीवनमा साथी चाहन्छिन् ?
फेरि प्रेम पाउन तयार हुनुहुन्छ वा जीवनसाथी चाहनुहुन्छ भनेर सोध्दा मनीषाले भनिन्, ‘म चाहन्छु । म झूट बोल्दिन । मलाई पक्कै पनि लाग्छ कि मेरो जीवनमा एक पुरुष व्यक्तित्व भएको भए, यदि मेरो जीवनमा मेरो साथी भएको भए, मलाई सायद उहाँसँग राम्रो महसुस हुने थियो। तर, म धेरै इमानदार हुनु पर्दछ, म उसलाई पर्खन मेरो समय बरबाद गर्दिन। मेरो भाग्यमा लेखेको भए पाउँछु । होइन भने त्यो पनि ठिक छ । जीवनलाई पूर्ण रूपमा जिउँदै छु जस्तो लाग्छ ।’
मनीषालाई एन्जाइटी अट्याक
मनीषाले थप भनिन्, ‘मलाई एन्जाइटी अट्याक आउँछ र म असुरक्षित हुन्छु । मसँग सबै चीजहरू छन्, जुन सबैसँग छन्। म कहिलेकाहीँ निराश र दुःखी पनि महसुस गर्छु। तर म भन्छु, हैन मनीषा, उठ, हिँड्ने बेला भयो । मलाई लाग्छ कि एक पटक तपाईँले यति धेरै पार गरिसक्नु भयो, तपाईँले महसुस गर्नुहुन्छ कि यसको अर्को पक्ष छ।’
मनीषा कोइराला सञ्जय लीला भन्सालीको पहिलो ओटीटी शृङ्खला ‘हिरामाण्डीः द डायमन्ड बजार’ मा मल्लिकाजनको भूमिकामा देखिने छिन् । यो शृङ्खला मे १ बाट नेटफ्लिक्समा स्ट्रिम हुदैँछ।
The post मनीषा कोइरालाले भनिन, ‘हो, एउटा असल जीवनसाथीको चाहाना छ’ appeared first on Gyaan Ghar.
]]>The post मनीषा कोइरालाको हिरामण्डी आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियम सो appeared first on Gyaan Ghar.
]]>
मुम्बई, १९ वैशाख । सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यति बेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात् मे १ मा नेटफ्लिक्समा रिलिज हुदैँछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् ।
यसैबिच लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ बलिउड स्टारहरूको जमघट आयोजना गरिएको थियो ।
लस एन्जलसको इजिप्शियन थिएटरमा प्रिमियर भएको ‘हिरामान्डी’ पहिलो भारतीय शृङ्खला बनेको छ। यस क्रममा फिल्ममेकर सञ्जय लीला भन्साली शर्मीन सहगलसँग पोज दिँदै गरेको देखिएको थियो ।
स्क्रिनिङमा अभिनेत्री तथा प्रभावकार लिली सिंह पनि पुगेकी थिइन् । यस क्रममा उनी देशी ट्विस्ट भएको ब्लेजर बोकेकी थिइन् । यस अवधिमा क्यानडाली र्यापर, गायक तथा गीतकार तेशरको पनि उपस्थिति थियो । प्रिमियरमा उनी शाही शैलीमा देखा परेका थिए ।
हीरामण्डीमा गणिकाको भूमिका निभाएकी नायिका शर्मीन सहगल पनि लेहेंगा चोलीमा देखिएकी थिइन् । यो लुक्समा उनी निकै क्यूट देखिएकी छिन् ।
‘हिरामाण्डी’ निर्देशक सञ्जय लीला भन्साली पनि लस एन्जलसमा आफ्नो सिरिजको स्क्रिनिङमा देखिएका थिए । सो स्क्रिनिङको क्रममा सञ्जय लीला भन्सालीले पनि नेटफ्लिक्स टिमसँग पोज दिएका थिए ।
यस सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, मनीषा कोइराला, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल लगायतका कलाकारहरुको अभिनय देखिनेछ ।
The post मनीषा कोइरालाको हिरामण्डी आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियम सो appeared first on Gyaan Ghar.
]]>