Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6170) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
खेलकुद Archives - Gyaan Ghar https://gyaanghar.com/category/खेलकुद/ Welcome Sun, 29 Jun 2025 15:14:15 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png खेलकुद Archives - Gyaan Ghar https://gyaanghar.com/category/खेलकुद/ 32 32 लाओसबिरूद्द नेपालको ९-० शानदार जीत, साम्भा एक्लैले हालिन ५ गोल https://gyaanghar.com/2025/06/29/%e0%a4%b2%e0%a4%be%e0%a4%93%e0%a4%b8%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%82%e0%a4%a6%e0%a5%8d%e0%a4%a6-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a5%af-%e0%a5%a6-%e0%a4%b6/ https://gyaanghar.com/2025/06/29/%e0%a4%b2%e0%a4%be%e0%a4%93%e0%a4%b8%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%82%e0%a4%a6%e0%a5%8d%e0%a4%a6-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a5%af-%e0%a5%a6-%e0%a4%b6/#respond Sun, 29 Jun 2025 15:14:15 +0000 https://gyaanghar.com/?p=10875 काठमाडौँ । नेपालले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको छ ।   आइतबार प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा एएफसी महिला एसियन कप छनोटको खेलमा नेपालका लागि पहिलो पटक कप्तानको भूमिकामा देखिएकी सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।   यसबाहेक उज्वेकिस्तानको तास्केन्दमा आइतबार साँझ सम्पन्न खेलमा अनिता बस्नेत, सरु लिम्बु, […]

The post लाओसबिरूद्द नेपालको ९-० शानदार जीत, साम्भा एक्लैले हालिन ५ गोल appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । नेपालले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको छ ।

 

आइतबार प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा एएफसी महिला एसियन कप छनोटको खेलमा नेपालका लागि पहिलो पटक कप्तानको भूमिकामा देखिएकी सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।

 

यसबाहेक उज्वेकिस्तानको तास्केन्दमा आइतबार साँझ सम्पन्न खेलमा अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरेका थिए भने पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा सात गोल गर्‍यो ।

 

नेपालले लाओसविरुद्ध नियमित कप्तान अञ्जिला तुम्बापो सुब्बालाई आराम दिएको थियो । अञ्जिला अनुपस्थित हुँदा आर्मब्याण्ड सावित्राले पाइन भने गोलपोष्ट सुरक्षाको जिम्मेवारी अञ्जना राना मगरलाई दिइएको थियो ।

३–२–३–२ को शैलीमा मैदान उत्रिएको नेपाली टिमको पहिलो रोजाइमा नवनियुक्त प्रशिक्षक प्याट्रिकले रक्षापंक्तिमा गीता राना मगरसँगै निशा थोकर र समीक्षा घिमिरेलाई मौका दिएका थिए ।

 

यसै गरी डिफेन्सिभ मिडफिल्डमा सरु लिम्बु र सरस्वती हमाल तथा मिडफिल्डको माथिल्लो भागको बिचमा पूर्व कप्तान रेणुका नगरकोटे तथा बायाँ विंग्समा सविता र दायाँ विंग्समा अनितालाई मैदान उतारेका थिए ।

 

एएफसी महिला एसियन कप छनोटको समूह एफमा नेपालले बुधवार दोस्रो खेलमा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ भने शनिवार अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ ।

 

समूहको शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा सहभागिताको मौका पाउनेछ । नेपाल छनोट भएर पहिलो पटक एसियन कप खेल्दै इतिहास रच्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको हो ।

The post लाओसबिरूद्द नेपालको ९-० शानदार जीत, साम्भा एक्लैले हालिन ५ गोल appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/29/%e0%a4%b2%e0%a4%be%e0%a4%93%e0%a4%b8%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%82%e0%a4%a6%e0%a5%8d%e0%a4%a6-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a5%af-%e0%a5%a6-%e0%a4%b6/feed/ 0
साफ यू-१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपालको सामना भारतसँग https://gyaanghar.com/2024/09/28/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%82-%e0%a5%a7%e0%a5%ad-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%b8/ https://gyaanghar.com/2024/09/28/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%82-%e0%a5%a7%e0%a5%ad-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%b8/#respond Sat, 28 Sep 2024 02:51:31 +0000 https://gyaanghar.com/?p=10359 काठमाडौँ । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दै छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराह्न १: ४५ बजेदेखि हुनेछ । नेपाल समूह बी मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने भारत समूह ए मा समूह विजेता बनेर सेमिफाइनल खेल्दै छ । नेपाल समूह चरणमा पाकिस्तानसँग १-० गोल […]

The post साफ यू-१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपालको सामना भारतसँग appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दै छ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराह्न १: ४५ बजेदेखि हुनेछ ।

नेपाल समूह बी मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने भारत समूह ए मा समूह विजेता बनेर सेमिफाइनल खेल्दै छ ।

नेपाल समूह चरणमा पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलङ्कालाई ४-० र भुटानलाई २-१ ले पराजित गरेको थियो ।

त्यसै गरी समूह ए मा भारतले बङ्गलादेशलाई १-० र मालदिभ्सलाई ३-० ले पराजित गर्दै समूह विजेता बनेको थियो ।

आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि  पाकिस्तान र बङ्गलादेशबिच हुँदै छ ।

The post साफ यू-१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपालको सामना भारतसँग appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/09/28/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%82-%e0%a5%a7%e0%a5%ad-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%b8/feed/ 0
किन फ्लप भयो नेपालको ब्याटिङ ? https://gyaanghar.com/2024/09/24/%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a4%aa-%e0%a4%ad%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be/ https://gyaanghar.com/2024/09/24/%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a4%aa-%e0%a4%ad%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be/#respond Tue, 24 Sep 2024 11:41:47 +0000 https://gyaanghar.com/?p=10314   काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले यसका समर्थकलाई निराश बनाएको छ । आइसिसी विश्वकप लिग-२ मा नेपालले लगातार पाँच खेलमा हार बेहोरेपछि अब टिममाथि नै प्रश्न उठ्न थालेको छ । हाल क्यानडामा जारी सिरिजमा नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ भने आज चौथो खेल ओमानसँग खेल्दै छन् । यस सिरिजमा […]

The post किन फ्लप भयो नेपालको ब्याटिङ ? appeared first on Gyaan Ghar.

]]>

 

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले यसका समर्थकलाई निराश बनाएको छ । आइसिसी विश्वकप लिग-२ मा नेपालले लगातार पाँच खेलमा हार बेहोरेपछि अब टिममाथि नै प्रश्न उठ्न थालेको छ ।

हाल क्यानडामा जारी सिरिजमा नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ भने आज चौथो खेल ओमानसँग खेल्दै छन् ।

यस सिरिजमा नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ । नेपालका शिर्षक्रमका ब्याट्सम्यानहरूले आफ्नो जिम्मेवारी बुझ्न सकेको देखिँदैन । हरेक पटक उनीहरू गैर जिम्मेवारीपूर्वक आउट भएका छन् ।

पहिलो खेलमा कुशल भुर्तेल, कुशल मल्ल असफल भएपछि ल्याइएका अर्जुन साउद र अनिल शाहले निराश बनाएका छन् ।  अर्जुन साउद ओमानविरुद्ध ५ र क्यानडाविरुद्ध १२ रन बनाएर आउट भए ।

शीर्ष क्रमका ब्याट्सम्यान साउदले पछिल्ला ५ खेलमा गत अप्रिलमा आयरल्यान्ड ए विरुद्ध ३६ रन बनाएको नै सर्वाधिक रन हो । उनको क्लब र देशका लागि खेलेको खेलको विश्लेषण गर्ने हो भने पछिल्ला १० खेलमा उनले अर्ध शतक प्रहार गर्न सकेका छैनन् ।

त्यस्तै यस सिरिजमा दोस्रो खेलबाट अवसर पाएका अनिल शाहको प्रदर्शन पनि निराशाजनक रहेको छ । अनिलले यस सिरिजमा ओमानविरुद्ध ३ र क्यानडाविरुद्ध १ रन मात्र बनाए । नेपालका लागि टी-२० विश्वकप समेत खेलेका अनिलले तीन खेलमा ३८ रन बनाएका थिए । उनले खेलेका सबै फर्म्याटका पछिल्ला १० खेलमा उनले एक पटक वेस्ट इन्डिज ए विरुद्ध ५८ रन बनाएको बाहेक अन्य कुनै पनि इनिंग सम्झन लायक देखिन्न ।

यस सिरिजमा सबै भन्दा बढी निराश बनाएका खेलाडी हुन् भीम सार्की । नेपालका लागि एक दिवसीय खेलका स्पेस्लिष्ट खेलाडीको रूपमा हेरिएका सार्कीले पनि यस सिरिजमा निराशाजनक प्रदर्शन गरेका छन् । उनले पहिलो खेलमा क्यानडाविरुद्ध १८, ओमानविरुद्ध ११ र क्यानडाविरुद्धको दोस्रो खेलमा ४ रन मात्र बनाए ।

त्यस्तै कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक नै रहेको छ । ओमानविरुद्ध ६० रन बनाए पनि पहिलो खेलमा क्यानडाविरुद्ध ५ र दोस्रो खेलमा ४ रन बनाएर रोहितले आफ्नो क्षमताप्रति न्याय गरिरहेका छैनन् ।

त्यस्तै ओपनर कुशल भुर्तेलको ब्याट पनि लामो समय देखि मौन रहेको छ । उनी टी-२० विश्वकप देखि नै फ्लप रहेका छन् । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिए पनि ब्याटिङमा केवल १३ रन बनाएका थिए । यस सिरिजमा क्यानडाविरुद्ध पहिलो खेलमा केवल १ रन बनाएका भुर्तेलले त्यसपछि खेल्ने अवसर पाएका छैनन् । विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका भुर्तेलको पछिल्लो १० खेलको उच्च स्कोर नै केवल १६ रन रहेको छ भने पाँच पटक त सिङ्गल स्कोरमै आउट भएका छन् ।

त्यसै गरी विकेट किपर ब्याट्सम्यान आसिफ सेखको पछिल्लो प्रदर्शन पनि निराशाजनक रहेको छ । उनले यस सिरिजमा क्यानडाविरुद्ध २० र २ रन बनाए भने ओमानविरुद्ध ११ रन मात्र बनाए ।

यसरी हेर्दा नेपालको लगातार हार हुनुमा शीर्ष क्रममा खेलिरहेका ब्याट्सम्यान नै जिम्मेवार देखिन्छन् । लगातार पाएको अवसरलाई सदुपयोग नगरेर नेपाली खेलाडीले समर्थकलाई निराश मात्र बनाएका छैनन् । आफ्नो र टिमको आत्मविश्वास समेत तोडेका छन् ।

खराब प्रदर्शनपछि अब क्यान, टिमका प्रशिक्षक मोन्टी देसाई र छनौट समितिमाथि पनि प्रश्न उठेको छ । विश्वकपमा गरेको खराब प्रदर्शनको जिम्मेवार को ? जितको नजिक पुगेर पनि जित हासिल नगर्दा समर्थकले मन जितेको भन्दै चित्त बुझाउने बाहेक न त क्यानले न त प्रशिक्षक र कप्तानले नै जवाफ दिए । बरु नयाँ खेलाडीलाई अवसर दिनुको साटो उनै खेलाडीलाई बोकेर क्यानडा उडियो, जसले विश्वकपमा निराश बनाएका थिए । आँकडाले पनि यी खेलाडी टिममा रहन लायक छैनन् नै भन्छ ।

एउटा खेलाडीले १०-१० पटक पाएको अवसरलाई सदुपयोग गर्दैन भने अझै उसलाई बोकेर कहिलेसम्म क्यान हिँड्छ ? यो प्रश्न क्रिकेट समर्थक र नेपाली क्रिकेटलाई माया गर्नेहरूको हो । तर यहाँ खेलाडीको क्षमतामा प्रश्न उठाइएको होइन, उनीहरूले आफ्नो क्षमता अनुसार किन खेलेनन् भन्ने मात्र हो । के पनि बिर्सनु हुँदैन भने यिनै खेलाडीले नेपाललाई विश्वकप सम्म पुर्‍याएका हुन् तर त्यो अब विगत बनिसक्यो ।

अब अगाडी बढ्न नयाँ खेलाडीलाई अवसर दिने समय आइसकेको छ । अहिले टिममा भएका खेलाडीलाई बाहिर राखेर उनीहरूलाई रि-डिफाइन गर्ने अवसर दिनुपर्ने समय आएकोप्रति क्यान र सम्बन्धित पक्ष सचेत हुन जरुरी छ ।

The post किन फ्लप भयो नेपालको ब्याटिङ ? appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/09/24/%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a4%aa-%e0%a4%ad%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be/feed/ 0
 साफ यु –१७: श्रीलङ्कामाथि नेपालको फराकिलो जित https://gyaanghar.com/2024/09/23/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%81-%e0%a5%a7%e0%a5%ad-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf/ https://gyaanghar.com/2024/09/23/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%81-%e0%a5%a7%e0%a5%ad-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf/#respond Mon, 23 Sep 2024 14:23:14 +0000 https://gyaanghar.com/?p=10304 काठमाडौँ ।  साफ यु –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलङ्का विरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलङ्कालाई ४- ० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए । प्रतियोगितामा नेपालले यसअघि शनिवार सम्पन्न खेलमा […]

The post  साफ यु –१७: श्रीलङ्कामाथि नेपालको फराकिलो जित appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ ।  साफ यु –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलङ्का विरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलङ्कालाई ४- ० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए ।

प्रतियोगितामा नेपालले यसअघि शनिवार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो । अब नेपालले अर्को खेल भुटानसँग बुधवार खेल्ने तालिका रहेको छ ।

The post  साफ यु –१७: श्रीलङ्कामाथि नेपालको फराकिलो जित appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/09/23/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%81-%e0%a5%a7%e0%a5%ad-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf/feed/ 0
एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ? https://gyaanghar.com/2024/09/14/%e0%a4%8f%e0%a4%a8%e0%a4%aa%e0%a5%80%e0%a4%8f%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%86%e0%a4%a0-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%80-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%a1/ https://gyaanghar.com/2024/09/14/%e0%a4%8f%e0%a4%a8%e0%a4%aa%e0%a5%80%e0%a4%8f%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%86%e0%a4%a0-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%80-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%a1/#respond Sat, 14 Sep 2024 11:46:20 +0000 https://gyaanghar.com/?p=10228 काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ । जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसै गरी मार्की खेलाडी  कुशल मल्ल चितवनबाट खेल्ने […]

The post एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ? appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ ।

जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसै गरी मार्की खेलाडी  कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् ।  त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

क्यानले एक कार्यक्रमको आयोजना गरेर लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुङ्गो लगाएको हो ।

मार्की खेलाडी तीन वर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ ।

एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म‌ हुने तालिका छ ।

The post एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ? appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/09/14/%e0%a4%8f%e0%a4%a8%e0%a4%aa%e0%a5%80%e0%a4%8f%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%86%e0%a4%a0-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%80-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%a1/feed/ 0
ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा https://gyaanghar.com/2024/09/10/%e0%a4%93%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%a1%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%96%e0%a5%87/ https://gyaanghar.com/2024/09/10/%e0%a4%93%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%a1%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%96%e0%a5%87/#respond Tue, 10 Sep 2024 03:10:52 +0000 https://gyaanghar.com/?p=10216 काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ ।  क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन […]

The post ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ ।  क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा राखिएको छ ।

टी-२० टिमबाट बाहिर रहेका भीम, आरिफ र अर्जुन एक दिवसीय टिममा फर्किएका छन् । नेपालले भदौ ३१ गतेदेखि आइसिसी लिग २ को खेल खेल्दै छ । क्यानडामा हुने खेल असोज १० सम्म हुनेछ ।  नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडासँग खेल्नेछ । त्यस्तै ओमानसँग सेप्टेम्बर १८, क्यानडासँग सेप्टेम्बर २२ र ओमानसँग सेप्टेम्बर २४ मा खेल्ने तालिका रहेको छ ।

नेपालले लिग-२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

The post ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/09/10/%e0%a4%93%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%a1%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%96%e0%a5%87/feed/ 0
नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा तीन अभ्यास खेल खेल्ने https://gyaanghar.com/2024/08/30/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f/ https://gyaanghar.com/2024/08/30/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f/#respond Fri, 30 Aug 2024 14:18:10 +0000 https://gyaanghar.com/?p=10206 काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली टिमले श्रीलङ्कामा श्रीलङ्का डेभलपमेन्ट स्वक्वाडसँग तीन एक दिवसीय खेल खेल्ने भएको छ । नेपालले आइसिसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलङ्कामा अभ्यास खेल्ने भएको हो । नेपालले पहिलो खेल सेप्टेम्बर ३ मा. दोस्रो […]

The post नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा तीन अभ्यास खेल खेल्ने appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली टिमले श्रीलङ्कामा श्रीलङ्का डेभलपमेन्ट स्वक्वाडसँग तीन एक दिवसीय खेल खेल्ने भएको छ ।

नेपालले आइसिसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलङ्कामा अभ्यास खेल्ने भएको हो । नेपालले पहिलो खेल सेप्टेम्बर ३ मा. दोस्रो खेल सेप्टेम्बर ५ मा र तेस्रो खेल सेप्टेम्बर ७ मा खेल्ने भएको छ ।

श्रीलङ्कामा अभ्यास खेल खेल्न नेपालले १७ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

The post नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा तीन अभ्यास खेल खेल्ने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/08/30/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f/feed/ 0
खेलको क्रममा मैदानमा लडेका उरुग्वेका डिफेन्डरको निधन https://gyaanghar.com/2024/08/28/%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%88%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%a1%e0%a5%87/ https://gyaanghar.com/2024/08/28/%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%88%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%a1%e0%a5%87/#respond Wed, 28 Aug 2024 13:32:58 +0000 https://gyaanghar.com/?p=10178 काठमाडौँ । उरुग्वेका डिफेन्डर जुआन इज्क्विएर्डोको निधन भएको छ । २७ वर्षीय डिफेन्डर जुआन अगस्त २२ मा आफ्नो कोपा लिबेर्टाडोरेज अन्तर्गत क्लब नासिओनलको ब्राजिलियन क्लब साओ पाउलोविरुद्ध खेल्ने क्रममा मैदानमा लडेका थिए । खेलको ८४औँ मिनेटमा मैदानमा लडेका जुआनलाई तत्काल मैदान बाहिर लगेर एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको थियो । अस्पतालले जुआनको ब्रेन डेड भएका कारण मृत्यु […]

The post खेलको क्रममा मैदानमा लडेका उरुग्वेका डिफेन्डरको निधन appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । उरुग्वेका डिफेन्डर जुआन इज्क्विएर्डोको निधन भएको छ ।

२७ वर्षीय डिफेन्डर जुआन अगस्त २२ मा आफ्नो कोपा लिबेर्टाडोरेज अन्तर्गत क्लब नासिओनलको ब्राजिलियन क्लब साओ पाउलोविरुद्ध खेल्ने क्रममा मैदानमा लडेका थिए ।

खेलको ८४औँ मिनेटमा मैदानमा लडेका जुआनलाई तत्काल मैदान बाहिर लगेर एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको थियो । अस्पतालले जुआनको ब्रेन डेड भएका कारण मृत्यु भएको जानकारी दिएको छ ।

जुआनको निधन भएको खबरपछि उरुग्वेको फुटबल फेडेरेसनले यो खबर अत्यन्त दुखद भएको उल्लेख गरेको छ । एसोसिएसनले अहिले दक्षिण अमेरिकी फुटबल दुखमा रहेको उल्लेख गरेको छ ।

The post खेलको क्रममा मैदानमा लडेका उरुग्वेका डिफेन्डरको निधन appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/08/28/%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%88%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%a1%e0%a5%87/feed/ 0
साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै https://gyaanghar.com/2024/08/28/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%82-%e0%a5%a8%e0%a5%a6-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%b8%e0%a4%bf%e0%a4%aa%e0%a4%95/ https://gyaanghar.com/2024/08/28/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%82-%e0%a5%a8%e0%a5%a6-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%b8%e0%a4%bf%e0%a4%aa%e0%a4%95/#respond Wed, 28 Aug 2024 03:57:17 +0000 https://gyaanghar.com/?p=10172 काठमाडौँ । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुँदै छ ।  फाइनल खेलमा नेपाल र बङ्गलादेश आमने सामने हुँदै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको वर्षाका कारण दशरथ रङ्गशाला खेल्न योग्य नभएपछि फाइनल खेल पनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ […]

The post साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुँदै छ ।  फाइनल खेलमा नेपाल र बङ्गलादेश आमने सामने हुँदै छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको वर्षाका कारण दशरथ रङ्गशाला खेल्न योग्य नभएपछि फाइनल खेल पनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।

नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुट आउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बङ्गलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपाल र बंगालदेश यस प्रतियोगिताको एकै समूह ए मा रहेका थिए । समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले अहिले सम २०१५ र २०१७ मा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको भए पनि बङ्गलादेशले भने अहिलेसम्म यो उपाधि जितेको छैन । बङ्गलादेश अहिलेसम्म २०१७, २०१९ र २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

The post साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/08/28/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%82-%e0%a5%a8%e0%a5%a6-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%b8%e0%a4%bf%e0%a4%aa%e0%a4%95/feed/ 0
साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्दै https://gyaanghar.com/2024/08/18/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%82-%e0%a5%a8%e0%a5%a6-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%86/ https://gyaanghar.com/2024/08/18/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%82-%e0%a5%a8%e0%a5%a6-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%86/#respond Sun, 18 Aug 2024 02:16:56 +0000 https://gyaanghar.com/?p=10135 काठमाडौँ । आजदेखि साफ यू-२० च्याम्पियनसिप सुरु हुँदै छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले  साफ यू-२० च्याम्पियनसिपको समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ । यस अघि दशरथ रङ्गशाला र च्यासलस्थित स्टेडियममा हुने भनिए पनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा […]

The post साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्दै appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । आजदेखि साफ यू-२० च्याम्पियनसिप सुरु हुँदै छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले  साफ यू-२० च्याम्पियनसिपको समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ ।

यस अघि दशरथ रङ्गशाला र च्यासलस्थित स्टेडियममा हुने भनिए पनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलङ्का र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ ।

एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रङ्गशाला पनि वर्षाले हिलाम्मे रहेको छ ।

साफले दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्वीकृति दिएर खेल तालिका समेत जारी गरे पनि गत मङ्गलवार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बिचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रूपमा खराब भएपछि एन्फाले समूह चरणका खेलहरू एन्फा कम्प्लेक्समा र सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने भएको छ ।

साफ यू-२० मा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, मालदिभ्स र भुटान गरी ६ देशले भाग लिँदै छन् । जसमा समूह ए मा नेपाल, बङ्गलादेश र श्रीलङ्का रहेका छन् भने समूह बी मा भारत, मालदिभ्स र भुटान रहेका छन् ।

The post साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्दै appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/08/18/%e0%a4%b8%e0%a4%be%e0%a4%ab-%e0%a4%af%e0%a5%82-%e0%a5%a8%e0%a5%a6-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%86/feed/ 0