Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6170) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
अन्तर्राष्ट्रिय Archives - Gyaan Ghar https://gyaanghar.com/category/अन्तर्राष्ट्रिय/ Welcome Wed, 23 Jul 2025 14:15:54 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png अन्तर्राष्ट्रिय Archives - Gyaan Ghar https://gyaanghar.com/category/अन्तर्राष्ट्रिय/ 32 32 हरेक वर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य https://gyaanghar.com/2025/07/23/%e0%a4%b9%e0%a4%b0%e0%a5%87%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%b9%e0%a4%b0%e0%a4%be/ https://gyaanghar.com/2025/07/23/%e0%a4%b9%e0%a4%b0%e0%a5%87%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%b9%e0%a4%b0%e0%a4%be/#respond Wed, 23 Jul 2025 14:15:54 +0000 https://gyaanghar.com/?p=10939 बेइजिङ, ७ साउन । हरेक जुलाई वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन्, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिँदैनन् ।   यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौँ ।   यो अगस्टमा पनि राष्ट्रपति सी हराउँदछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुँदा […]

The post हरेक वर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य appeared first on Gyaan Ghar.

]]>


बेइजिङ, ७ साउन । हरेक जुलाई वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन्, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिँदैनन् ।

 

यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौँ ।

 

यो अगस्टमा पनि राष्ट्रपति सी हराउँदछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुँदा हरेक वर्ष झैँ उनी रिसोर्ट बेदइहेमा हुनेछन् । जहाँ उनले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग पार्टी, राष्ट्र र अन्तर्राष्ट्रिय सबन्धसहित अर्थतन्त्रका बारेमा छलफल गर्नेछन् ।

 

तर, अन्तर्राष्ट्रिय सर्कलमा भने उनको यो बेपत्ताको बारेमा हरेक वर्ष धेरै अनुमानहरू बाहिर आउँछन्, खासमा यो चिनियाँ कम्युनिस्टको विशेष परम्परा हो । धेरैले यसलाई खास गरी पश्चिमी मिडियाले भने उनको शक्ति माथि खतरा छ भनेर अनुमानको आधारमा धारणा बाहिर ल्याउँछन् ।

खासमा बेइजिङबाट करिब तीन घण्टाको दूरीमा रहेको बेइडाइहे बिदा मनाउने ठाउँ मात्र होइन, चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका नीतिहरू यहाँ तय हुन्छन्। माओत्सेतुङको पालादेखि नै हरेक गर्मीमा पार्टीका शीर्ष नेताहरू यहाँ भेला हुन्छन्, जसलाई राष्ट्रपति सिले पनि निरन्तरता दिइरहेका छन्  तर यस पटकको माहौल भने अलि फरक रहेको छ ।

 

खासमा सन् २०२५ मा चीनले घरेलु आर्थिक सङ्कट, युवा बेरोजगारी, सम्पत्ति बजारमा गिरावट र विश्वव्यापी दबाबको सामना गरिरहेको छ। यससँगै सी जिनपिङका नजिकका सहयोगीहरूलाई हटाउने वा बेपत्ता पारिएको सनसनी पूर्ण खबरले पनि हलचल मच्चाइरहेको छ।

 

गत वर्ष पनि विदेश मन्त्री किन गाङ र रक्षामन्त्री ली साङ्फुलाई अचानक पदबाट हटाउनु अघि यस्तै गोप्य बास भएको थियो तर लामो मौनताले पार्टीभित्र केही उथलपुथल भइरहेको छ भन्ने प्रश्न उठेको थियो। नभन्दै, उनीहरू पदमुक्त हुनु परेको थियो ।

 

द इकोनोमिस्टको रिपोर्टका अनुसार २०२२ मा तेस्रो कार्यकालका लागि आफूलाई सबैभन्दा लोकप्रिय नेताको रूपमा स्थापित गरेका सी अब भने समस्यामा परेको देखिन्छ। उनी आफ्नो छविलाई लिएर निकै संवेदनशील छन् र त सार्वजनिक रूपमा उनको पछिल्लो अनुपस्थितिले अहिले धेरै प्रश्नहरू खडा गरिरहेको छ।

 

शक्तिमा सीको बलियो पकड चीनको लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि महत्त्वपूर्ण रहेको छ। चाहे त्यो अमेरिका–चीन सम्बन्ध होस् वा रुससँगको मित्रता वा दक्षिण चीन सागरमा सैन्य नाकाबन्दीको सवालमा नै किन नहोस् । यस्तो अवस्थामा उनको शक्ति कमजोर मात्रै भयो भने यसको असर चीनमा मात्रै सीमित रहने छैन, विश्वव्यापी प्रभाव रहनेछ ।

 

जस कारण हरेक वर्ष अगस्टमा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू गोप्य ग्रीष्म कालीन बैठकको लागि बेइडाइहे रिट्रिटमा जान्छन् तर यस पटक भने केही फरक रहेको जनाइएको छ। यो गर्मीको मौसममा यस पटक हुने गोप्य वासले केही नयाँ कुरा ल्याउने अनुमान धेरैले गरिरहेका छन् ।

 

The post हरेक वर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/23/%e0%a4%b9%e0%a4%b0%e0%a5%87%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%b9%e0%a4%b0%e0%a4%be/feed/ 0
ताइवानको आकाशमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्वारा चिन्ता व्यक्त https://gyaanghar.com/2025/07/16/%e0%a4%a4%e0%a4%be%e0%a4%87%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a5%af-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be/ https://gyaanghar.com/2025/07/16/%e0%a4%a4%e0%a4%be%e0%a4%87%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a5%af-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be/#respond Wed, 16 Jul 2025 02:46:30 +0000 https://gyaanghar.com/?p=10925 ताइपेइ, ३० असार । ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेसम्म ताइवान नजिकै ११ चिनियाँ सैन्य विमान, ७ नौसैनिक जहाज र १ सरकारी जहाजको गतिविधि रिपोर्ट गरेको छ।   तीमध्ये ९ वटा विमान ताइवान एयरस्पेसमा घुसपैठ गरेका थिए। जवाफमा, ताइवानको सेनाले आफ्ना लडाकु विमान, युद्धपोत र तटीय मिसाइल प्रणालीहरू तैनाथ गरेको थियो ।   ताइवानका […]

The post ताइवानको आकाशमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्वारा चिन्ता व्यक्त appeared first on Gyaan Ghar.

]]>

ताइपेइ, ३० असार । ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेसम्म ताइवान नजिकै ११ चिनियाँ सैन्य विमान, ७ नौसैनिक जहाज र १ सरकारी जहाजको गतिविधि रिपोर्ट गरेको छ।

 

तीमध्ये ९ वटा विमान ताइवान एयरस्पेसमा घुसपैठ गरेका थिए। जवाफमा, ताइवानको सेनाले आफ्ना लडाकु विमान, युद्धपोत र तटीय मिसाइल प्रणालीहरू तैनाथ गरेको थियो ।

 

ताइवानका राष्ट्रपति लाई चिङ–तेले चीनले सैन्य धम्कीमार्फत ताइवानमाथि कब्जा गर्न खोजेको आरोप लगाएका छन् । सत्ता परिवर्तनले यो धम्की रोकिने उनको भनाइ छ ।

 

ताइवानको विदेश मन्त्रालयले पनि चीनले क्षेत्रीय र विश्वव्यापी सुरक्षालाई खतरामा पार्ने क्षेत्रलाई अस्थिर बनाउन बारम्बार सैन्य दबाब र बहानाहरू प्रयोग गरिरहेको चेतावनी दिएको छ।

 

यसैबिच, जापानका विदेशमन्त्री ताकेशी इवायाले चीनको सैन्य गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै भने, ‘ताइवानमा शान्ति र स्थिरता सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको लागि आवश्यक छ।’

 

आसियान बैठकको छेउमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा उनले भने, ‘जापान बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गर्दछ।


The post ताइवानको आकाशमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्वारा चिन्ता व्यक्त appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/16/%e0%a4%a4%e0%a4%be%e0%a4%87%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a5%af-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be/feed/ 0
रुसले फेला पारयाे अन्टरटिका मुनी विशाल तेलको भण्डार, साउदीको भन्दा दोब्बर https://gyaanghar.com/2025/07/13/%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%af%e0%a4%be%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%9f/ https://gyaanghar.com/2025/07/13/%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%af%e0%a4%be%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%9f/#respond Sun, 13 Jul 2025 02:51:31 +0000 https://gyaanghar.com/?p=10910 मस्को, २९ असार । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठुलो भण्डार फेला पारेको दाबी गरेका छन् । रुसी वैज्ञानिकहरूले वेडेल सागरको मुनि लुकेको ५११ अर्ब ब्यारेल तेलको विशाल भण्डार रहेको अनुमान गरेका हुन् ।   यस ‘कालो सुनको खजाना’ को खोजले अन्टार्कटिक सन्धि र ऊर्जाको लागि भविष्यको प्रतिस्पर्धामा नयाँ प्रश्न र शङ्काहरू खडा गरेको […]

The post रुसले फेला पारयाे अन्टरटिका मुनी विशाल तेलको भण्डार, साउदीको भन्दा दोब्बर appeared first on Gyaan Ghar.

]]>

मस्को, २९ असार । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठुलो भण्डार फेला पारेको दाबी गरेका छन् ।

रुसी वैज्ञानिकहरूले वेडेल सागरको मुनि लुकेको ५११ अर्ब ब्यारेल तेलको विशाल भण्डार रहेको अनुमान गरेका हुन् ।

 

यस ‘कालो सुनको खजाना’ को खोजले अन्टार्कटिक सन्धि र ऊर्जाको लागि भविष्यको प्रतिस्पर्धामा नयाँ प्रश्न र शङ्काहरू खडा गरेको छ। रुसको यो खोजले यस क्षेत्रको भूराजनीतिमा नयाँ हलचल ल्याउन सक्ने विज्ञहरू बताउँछन् ।

 

विश्वका ठुला शक्तिहरूबिचको शक्तिको परीक्षा यहाँ देख्न सकिन्छ। न्यूजवीकका अनुसार रुसी अनुसन्धानकर्ताहरूले अन्टार्कटिकाको जमेको सतह मुनि करिब ५११ अर्ब ब्यारेल तेल रहेको रिपोर्ट गरेका छन्। यो विश्वको सबैभन्दा ठुलो ज्ञात विद्यमान भण्डार भन्दा बढी हो ।

 

यो विगत ५० वर्षमा उत्तरी सागरको उत्पादनभन्दा दश गुणा बढी र साउदी अरबको ज्ञात तेल भण्डार भन्दा दोब्बर हो। यो खोज हालैका वर्षहरूमा रुसी वैज्ञानिक अभियानहरूको क्रममा प्रकाशमा आएको हो।

 

तेलको यो विशाल भण्डार वेडेल सागरमा अवस्थित छ। यो एक क्षेत्र हो, जुन बेलायतले अन्टार्कटिकामा आफ्नो क्षेत्रीय चासोको भागको रूपमा दाबी गर्दछ। यो क्षेत्र अन्टार्कटिकाको ‘ब्रिटिस भाग’ भित्र पर्छ, जसमा अर्जेन्टिना र चिलीले पनि क्षेत्रीय दाबी गरेका छन् । यस्तो अवस्थामा लामो समयदेखि यस क्षेत्रमा भूराजनीतिक अन्योल छ । अहिले रुसको बढ्दो उपस्थिति र तेलको विशाल भण्डारको खोजले यसलाई झन् बढाएको छ ।

 

यो सन् १९५९ को अन्टार्कटिक सन्धि यस बहसको केन्द्र बनिरहेको छ । यी सन्धिहरूले महाद्वीपलाई शान्तिपूर्ण वैज्ञानिक अनुसन्धानका लागि तोकेका छन् र सैन्य गतिविधि वा स्रोतहरूको शोषण रोक्ने भनिएको छ ।

 

अन्टार्कटिकालाई  ‘आर्थिक लुट’बाट जोगाउन अमेरिका र बेलायतलगायत धेरै देशले यो सन्धिको मस्यौदा तयार गरेका थिए । धेरै विज्ञहरूले रुसको पछिल्लो हस्तक्षेपलाई सन्धिको उल्लङ्घन र अनुसन्धानको नाममा यस क्षेत्रको शोषणको रूपमा हेरिरहेका छन्।

 

अन्टार्कटिकामा तेल खोजेको रुसको दाबी युक्रेन युद्धका कारण पश्चिमी देशहरूसँगको मस्कोको सम्बन्ध खराब अवस्थामा रहेको बेला आएको हो । द्वन्द्वले मस्कोले आफ्नो प्रभाव विस्तार गर्न र भविष्यको ऊर्जा आपूर्तिहरू सुरक्षित गर्न अन्टार्कटिका प्रयोग गर्न सक्छ भन्ने पश्चिमी डरलाई उत्तेजित गरेको छ।

चीनले यो सम्पूर्ण भ्रमलाई थप बढाएको छ । चीनले पाँचौँ अन्टारर्टिका अनुसन्धान आधार स्थापना गरेको छ। बेइजिङ र मस्कोबिचको बढ्दो साझेदारीले पश्चिमलाई पहिले नै समस्यामा पारेको छ। यस्तो अवस्थामा धेरै विश्लेषकहरूले अनुमान गरिरहेका छन् कि रुस र चीनले आफ्नो महत्त्वाकाङ्क्षाका लागि दशकौँ देखि अन्टार्कटिकालाई सीमित गर्ने शक्तिहरूलाई चुनौती दिन सक्छन्।


The post रुसले फेला पारयाे अन्टरटिका मुनी विशाल तेलको भण्डार, साउदीको भन्दा दोब्बर appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/13/%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%af%e0%a4%be%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%9f/feed/ 0
ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठुलो विजय,  ‘बिग ब्यूटीफुल बिल’  पारित https://gyaanghar.com/2025/07/08/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%8b-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%95/ https://gyaanghar.com/2025/07/08/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%8b-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%95/#respond Tue, 08 Jul 2025 02:51:20 +0000 https://gyaanghar.com/?p=10898 वासिंगटन डिसी, २४ असार । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा यतिखेर ठुलो जित हासिल गरेका छन् । उनको सपनाको विधेयक अमेरिकी संसद्को दुवै सदनबाट पारित भइसकेको छ र जुलाई ४ मा ट्रम्पको हस्ताक्षरले कानुन बन्नेछ । वास्तवमा, अमेरिकी कङ्ग्रेस (हाउस अफ रिप्रिजेन्टेटिभजस्तै) ले एउटा प्रमुख बिल प्याकेज पारित गरेको छ, जसलाई ‘बिग ब्यूटीफुल बिल’भनिएको छ। यसले […]

The post ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठुलो विजय,  ‘बिग ब्यूटीफुल बिल’  पारित appeared first on Gyaan Ghar.

]]>

वासिंगटन डिसी, २४ असार । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा यतिखेर ठुलो जित हासिल गरेका छन् । उनको सपनाको विधेयक अमेरिकी संसद्को दुवै सदनबाट पारित भइसकेको छ र जुलाई ४ मा ट्रम्पको हस्ताक्षरले कानुन बन्नेछ ।

वास्तवमा, अमेरिकी कङ्ग्रेस (हाउस अफ रिप्रिजेन्टेटिभजस्तै) ले एउटा प्रमुख बिल प्याकेज पारित गरेको छ, जसलाई ‘बिग ब्यूटीफुल बिल’भनिएको छ। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठुलो विजय दिएको छ।

 

प्रश्न यो छ कि यस कानुनमा यस्तो के छ कि यसको यति धेरै चर्चा भइरहेको छ र ट्रम्पले यसलाई कुनै पनि हालतमा पास गराउन चाहेका छन्, यद्यपि उनका पूर्व साथी र विश्वका धनी व्यक्ति एलोन मस्क यसको विरुद्धमा खुलेर आएका छन्।

 

दश बुँदामा बुझ्नुहोस्:

कर: ट्रम्पले आफ्नो पहिलो कार्यकालमा गरेको आयकर कटौती अब स्थायी भएको छ। अब अमेरिकामा टिप्स र ओभरटाइमका लागि प्राप्त हुने रकममा कर लाग्ने छैन । ट्रम्पले आफ्नो चुनावी अभियानमा यो ठुलो चुनावी वाचा गरेका थिए तर यो कर कटौती सन् २०२८ सम्म मात्र रहनेछ। यो कानुन लागू भएमा अमेरिकी कम्पनीहरूले अनुसन्धान र विकासमा लाग्ने खर्चमा तुरुन्तै कटौती गर्न पाउने छन्।

 

आप्रवासीहरूमाथि कारबाही: अमेरिकी सीमामा पर्खाल निर्माणलगायत सीमा पूर्वाधार निर्माण गर्न ४६.५ बिलियन डलर खर्च गरिने भएको छ। अवैध आप्रवासीहरूलाई हिरासतमा राख्न १ लाख बेडको सुविधा (जेल जस्तै) निर्माण गर्न ४५ बिलियन खर्च हुनेछ। अवैध आप्रवासीहरूलाई पक्राउ गर्न १० हजार अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) अधिकारीहरू भर्ती गर्न नयाँ कोष उपलब्ध गराइने छ। अमेरिकामा गैर कानुनी रूपमा देश प्रवेश गर्न खोज्ने शरणार्थी र आप्रवासीलाई अमेरिकामा नयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

 

स्वच्छ ऊर्जामा सरकारी खर्चमा कटौती: पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको स्वच्छ ऊर्जा कर क्रेडिट रद्द गरिएको छ। यसको सट्टा ट्रम्पले आफ्नै मुद्रास्फीति न्यूनीकरण ऐन ल्याएका छन्। नयाँ वायु र सौर्य ऊर्जा परियोजनाहरूका लागि अमेरिकी सङ्घीय (केन्द्रीय) सरकारबाट प्राप्त अनुदानहरू चरणबद्ध रूपमा रोकिनेछन् । जस्तो कि, ३० सेप्टेम्बर २०२५ पछि विद्युतीय सवारीको खरिदमा ७५०० अमेरिकन डलरको कर क्रेडिट हट्नेछ । मुख्यतया: यस कारण ट्रम्पले टेस्लाका सीईओ एलन मस्कलाई निशाना बनाएको बताइएको छ।

सरकारको ऋण लिने सीमा बढ्यो: अमेरिकाको ऋण लिने सीमा बढाएर ५ ट्रिलियन डलर पु¥याएको छ । यसबाट इलन मस्क र ट्रम्पको रिपब्लिकन पार्टीका धेरै समर्थकहरू पनि आक्रोशित भएका छन् ।

 

कल्याण: गरिब र अपाङ्गता भएकाहरूका लागि विशेष गरी मेडिकेड स्वास्थ्य बिमा कार्यक्रम र खाद्य सहायता कार्यक्रममा खर्च गरिएको रकममा नयाँ प्रतिबन्धहरू लगाइएको छ। अब ६५ वर्ष मुनिका र नाबालिग सन्तान नभएका मानिसहरू तिनीहरूले स्वास्थ्य बिमा वा खाद्य सहायता प्राप्त गर्न प्रति महिना कम्तीमा ८० घण्टा काम गर्नुपर्ने भएको छ । अमेरिकाका गाउँहरूमा अस्पतालहरूलाई सहयोग गर्न ५० बिलियन पाँच वर्षीय कोष सिर्जना गरिएको छ।

 

महिला स्वास्थ्य: अमेरिकाको सङ्घीय सरकारबाट ‘प्लान्ड पेरेंटहुडझ् नामक संस्थालाई एक वर्षको लागि आर्थिक सहयोग रोकिएको छ । ‘प्लान्ड पेरेंटहुड’  संयुक्त राज्य अमेरिकामा एक राष्ट्रव्यापी महिला स्वास्थ्य सङ्गठन हो, जुन प्रायः गर्भपतनको काम गराउँछ । यो नीतिले रिपब्लिकन पार्टीमाथि प्रहार लक्षित रहेको छ।

 

नवजात शिशु कोष: अमेरिकामा नवजात शिशुको जन्म भएपछि उनीहरूको नाममा अब १ हजार डलर जम्मा गरी बचत खाता खोलिनेछ । यी खाताहरूको नाम ‘ट्रम्प खाता’ हुनेछ।

 

गोल्डेन डोम: ट्रम्पले अमेरिकाले पनि इजरायलको वायु रक्षा प्रणाली ‘आइरन डोम’ जस्तै अत्याधुनिक ‘गोल्डेन डोम’ बनाउने घोषणा गरेका थिए । अब ट्रम्पको यो पहललाई २५ अर्ब डलरको कोष दिइएको छ ।

 

अन्तरिक्ष कार्यक्रम: अमेरिकाको अन्तरिक्ष कार्यक्रम प्रवर्द्धन गरिएको छ। मङ्गल ग्रहको मिसनका लागि १० अर्ब डलर दिइएको छ र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनले अवकाशपछि डिकमिशन गर्नका लागि ३२ करोड ५० लाख डलर पाउने छन्।

धनी विश्वविद्यालयमा नयाँ कर: अमेरिकाका धनी विश्वविद्यालयमा नयाँ कर लगाइएको छ ।

The post ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठुलो विजय,  ‘बिग ब्यूटीफुल बिल’  पारित appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/08/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%8b-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%95/feed/ 0
सर्बिया, अब ‘गृहयुद्ध’को सङ्घारमा https://gyaanghar.com/2025/07/02/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%85%e0%a4%ac-%e0%a4%97%e0%a5%83%e0%a4%b9%e0%a4%af%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%95%e0%a5%8b/ https://gyaanghar.com/2025/07/02/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%85%e0%a4%ac-%e0%a4%97%e0%a5%83%e0%a4%b9%e0%a4%af%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%95%e0%a5%8b/#respond Wed, 02 Jul 2025 02:42:56 +0000 https://gyaanghar.com/?p=10887 काठमाडौँ, १७ असार । अहिले एउटा युरोपेली देशमा क्रान्तिको खबर आएको छ ।   सर्बियाको विद्यार्थी क्रान्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ८ महिनाअघि सर्बियाको रेलवे स्टेसनमा भएको दुर्घटनाबाट निस्केको विरोध अहिले विद्रोहको आगोमा परिणत भएको छ ।   सर्बियाका राष्ट्रपतिलाई अपदस्त गर्न हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् र सर्बियाका सडक गृहयुद्धको मैदान बनेका छन् […]

The post सर्बिया, अब ‘गृहयुद्ध’को सङ्घारमा appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ, १७ असार । अहिले एउटा युरोपेली देशमा क्रान्तिको खबर आएको छ ।

 

सर्बियाको विद्यार्थी क्रान्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ८ महिनाअघि सर्बियाको रेलवे स्टेसनमा भएको दुर्घटनाबाट निस्केको विरोध अहिले विद्रोहको आगोमा परिणत भएको छ ।

 

सर्बियाका राष्ट्रपतिलाई अपदस्त गर्न हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् र सर्बियाका सडक गृहयुद्धको मैदान बनेका छन् । युरोपको शान्तिप्रिय देश अहिले रगतले रातो भएको छ ।

सर्बियाको राजधानी बेलग्रेडमा हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् । ठ्याक्कै त्यस्तै घटना सर्बियामा भइरहेको छ, जुन एक वर्ष पहिले बङ्गलादेशमा भएको थियो। प्रहरी र आन्दोलनरत विद्यार्थीबिच झडप भइरहेको छ । सर्बियामा ‘कु’को नारा गुन्जिरहेको छ ।

 

एकातिर सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुकिकसँग आक्रोशित विद्यार्थीहरूको भीड, अर्कोतर्फ प्रहरीले लाठी, हथकडी र अश्रुग्याँस प्रहार गरेको छ । सर्बियाका सडकहरू गृहयुद्धको रणभूमि बनेका छन्। के पुटिनको नजिक सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकको १२ वर्ष पुरानो साम्राज्य ध्वस्त हुन लागेको हो ? के अलेक्जेन्डरको शासन पनि शेख हसिना जस्तै समाप्त हुन गइरहेको छ ? प्रश्न उठिरहेको छ । आन्दोलनकारीले यसलाई स्वतन्त्रताको लडाइँ भन्दै नाराबाजी गरिरहेका छन् ।

भुकिकले जान्नु पर्छ कि सर्बियामा ८ महिनादेखि विद्यार्थी आन्दोलन चलिरहेको थियो तर अहिले यो आन्दोलन नियन्त्रण बाहिर गएको छ । सर्बियामा गृहयुद्धको यो हुङ्कार ८ महिनाअघि भएको दुर्घटनापछि निस्किएको थियो । खासमा १ नोभेम्बर २०२४ मा नोभि साद सहरको एक रेलवे स्टेसनको छत भत्किँदा १६ जनाको मृत्यु भएको थियो।

 

यो घटनाले सर्बियाली सरकारको लापरबाही र भ्रष्टाचार विरुद्ध आक्रोश जगायो। यी आन्दोलनको नेतृत्व देशका विश्वविद्यालयका विद्यार्थीहरूले गरिरहेका छन् । अब विद्यार्थीहरूको नेतृत्वमा भएको यो आक्रोश राष्ट्रपति अलेक्जेन्डरको तानासाही विरुद्ध राष्ट्रिय विद्रोहमा परिणत भएको छ। अब यो आन्दोलन यति ठुलो भएको छ कि सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले दबाबमा राजीनामा दिइसकेका छन् तर राष्ट्रपति भुकिक भने अझै पनि सत्तामा छन्। बिर्धाथीहरूले उनीहरूको राजीनामा माग गरिरहेका छन् ।


The post सर्बिया, अब ‘गृहयुद्ध’को सङ्घारमा appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/02/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%85%e0%a4%ac-%e0%a4%97%e0%a5%83%e0%a4%b9%e0%a4%af%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%95%e0%a5%8b/feed/ 0
इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली ! https://gyaanghar.com/2025/07/02/%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%b6-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%97%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ae/ https://gyaanghar.com/2025/07/02/%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%b6-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%97%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ae/#respond Wed, 02 Jul 2025 02:28:08 +0000 https://gyaanghar.com/?p=10881 वासिंगटन डिसी, १७ असार । ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बङ्करहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ?   यो दाबी हो, अमेरिकाले बनाएको १३ हजार केजीको […]

The post इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली ! appeared first on Gyaan Ghar.

]]>

वासिंगटन डिसी, १७ असार । ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बङ्करहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ?

 

यो दाबी हो, अमेरिकाले बनाएको १३ हजार केजीको बमको । पृथ्वीभन्दा सय फिट मुनि गएर कङ्क्रिट र स्टिलले बनेका शत्रुका बङ्कर ध्वस्त पार्ने यो बमको दुनियाँमा विशालको हैसियत पाएको  थियो । तर, इरानमा भएको आक्रमण पछि भने यो बमको विषयलाई लिएर यतिखेर धेरै प्रश्न उठिरहेको छ ? पुरा कथा सुनेर तपाई पनि छक्क पर्नु हुनेछ ।

अमेरिकाले इरानका भूमिगत बङ्करहरू माथि आक्रमण गर्‍यो, मिसन इरानका सबै बङ्करहरू नष्ट गर्ने उद्देश्य थियो। आक्रमणको मिसन त पनि पूरा भयो तर संसारभर प्रश्न उठिरहेको छ कि अमेरिका फोर्ड र नातान्जमा भएका आक्रमण सफल भएका हुन त ? इरानले सामान्य क्षति बाहेक केही नभएको दाबी गरे पछि यो प्रश्न उल्टै अमेरिकातिर तेर्सिएको छ ।

 

अमेरिकी प्रशासनले इरानको सबैभन्दा सुरक्षित र दुई प्रमुख आणविक केन्द्र फोर्डो र नातान्जमा ठुलो हमला गरेको दाबी गरे पछि अनेक कोणबाट बहस भइरहेको छ । तिनीहरूलाई ध्वस्त पार्न अमेरिकाले १४ वटा जेबियु–५७ बम र ३० वटा थोमाक मिसाइलहरू भूमिगत परमाणु अध्ययन स्थलमा हानेको थियो । जसलाई ह्वाइट हाउसले ‘क्लिन हिट’ भनिरहेको छ।

 

तर, यो त्यति सहजै तरिकाले क्षति नभएको बम र हतियार विज्ञहरू बताएका छन् । अमेरिकाको जेबियु–५७ ले इरानका भूमिगत सेल्टरमा केही क्षति पुराएको भए पनि विज्ञहरूले यसले पूर्ण रूपमा विनाश गर्न नसकेको जनाएका छन् ।

 

उनीहरूका अनुसार अब अमेरिकासँग ६ वटा मात्रै त्यो बम बाँकी रहेको छ किनभने अमेरिकाले २० वटा मात्रै जीबीयू–५७ बम मात्र बनाएको थियो। त्यसमध्ये उसले इरानमा १४ वटा जीबीयू–५७ बम विस्फोट गराए पछि २० मा ६ मात्रै बाँकी रहन पुगेको हो । यस्तो अवस्थामा अर्को आक्रमणको आवश्यकता परेमा अमेरिकाले यति छिट्टै थप बम बनाउन सक्छ त ? यो अहिले गम्भीर प्रश्न बनिरहेको छ ।

 

नेशनल इन्ट्रेस्ट ओआरजीको रिपोर्ट अनुसार अमेरिकी वायुसेना अब त्यसलाई छाडेर सुपर हेभी बङ्कर बस्टर बम चाहन्छ। अब त्यसको ठाउँमा अर्को पुस्ताको पेनिट्रेटर ल्याउन खोजिरहेको छ । यो २२ हजार पाउन्ड अर्थात् लगभग १० हजार किलोग्रामको हुने जनाइएको छ । यो रकेट बूस्टसँग आउनेछ।

यसले ‘स्ट्यान्ड अफ’ दूरीबाट मात्रै लक्ष्यमा प्रहार गर्न सक्नेछ, जसले गर्दा पाइलट खतरामा पर्न नपरोस् भन्नेमा सचेत छ। यसको मतलब यो पुरानो बम भन्दा हल्का, स्मार्ट र सुरक्षित हुनेछ।

 

अब प्रश्न उठ्छ कि यदि जेबियु–५७ यति खेल परिवर्तन भएको थियो भने यसलाई तुरुन्तै प्रतिस्थापन गर्न किन आवश्यक थियो ? के ट्रम्पको टोलीले दाबी गरिरहेको कुरा नक्कली प्रचारप्रसारको माध्यम मात्रै थियो ? यो कथा बमको बारेमा मात्र होइन, यो सम्पूर्ण अमेरिकी रणनीतिको बारेमा हो।

 

वास्तविकता यो हो कि इरानका बङ्करहरू पूर्ण रूपमा ध्वस्त भएका थिएनन्। र, अब अमेरिकासँग फेरि तिनीहरूलाई ध्वस्त पार्न सक्ने थप हतियार पनि छैनन्। यसको मतलब, जे बनाइएको थियो त्यो समाप्त भइसकेको छ । र, अब नयाँ रणनीतिमा काम गर्ने समय आएको छ, किनभने यसमा धेरै त्रुटिहरू रहेको पुष्टि भइसकेको छ ।

 

किनकि, जुन सोचका साथ इरान माथि अमेरिकाले हमला गरयो, त्यसले इरानको आंशिक पनि क्षति गराउन सकेन, यो अब पुष्टि भई नै सकेको छ ।


The post इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली ! appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/02/%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%b6-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%97%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ae/feed/ 0
गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ? https://gyaanghar.com/2025/06/21/%e0%a4%97%e0%a5%8b%e0%a4%aa%e0%a5%8d%e0%a4%af-%e0%a4%b0%e0%a5%82%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%97%e0%a4%87%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%9b/ https://gyaanghar.com/2025/06/21/%e0%a4%97%e0%a5%8b%e0%a4%aa%e0%a5%8d%e0%a4%af-%e0%a4%b0%e0%a5%82%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%97%e0%a4%87%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%9b/#respond Sat, 21 Jun 2025 14:50:25 +0000 https://gyaanghar.com/?p=10837 तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस र चीन इरानलाई समर्थन गर्न तयारी अवस्थामा छन् किनभने युद्ध सुरु भए देखि नै धेरै गोप्य चिनियाँ विमानहरू लगातार इरान पुगिरहेका छन् । पछिल्लो एक सातादेखि अन्तर्राष्ट्रिय रडारमा देखिएको कुराले विश्वभरका रक्षा विश्लेषक र […]

The post गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ? appeared first on Gyaan Ghar.

]]>

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।

 

यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस र चीन इरानलाई समर्थन गर्न तयारी अवस्थामा छन् किनभने युद्ध सुरु भए देखि नै धेरै गोप्य चिनियाँ विमानहरू लगातार इरान पुगिरहेका छन् ।

पछिल्लो एक सातादेखि अन्तर्राष्ट्रिय रडारमा देखिएको कुराले विश्वभरका रक्षा विश्लेषक र कूटनीतिक सर्कलको चिन्ता बढाएको छ । चीनबाट उडेका धेरै बोइङ ७४७ विमानहरू एकपछि अर्को गर्दै इरानतर्फ गइरहेको देखिएको छ ।

 

यो सबै यस्तो समयमा भइरहेको छ, जब इरानले आफ्ना आणविक साइटहरूमा इजरायली आक्रमणको सामना गरिरहेको छ। अब प्रश्न उठिरहेको छ कि इरानलाई सहयोग गर्न चीन अगाडि आएको हो त ?

 

सोही सन्दर्भमा रुसी राष्ट्रपति पुटिनले इरान र इजरायल बीच मध्यस्थता गर्न प्रस्ताव गरेका छन् । साथै, इरानले पनि अहिलेसम्म कसैसँग सैन्य सहयोग पनि मागेको छैन । ट्रम्पले हाल पुटिनको मध्यस्थताको प्रस्ताव अस्वीकार गरेका छन्।

 

यसपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिनले आपसमा कुराकानी गरेका छन् । यी सबै समीकरणले मध्यपूर्वमा केही ठुला हुनसक्ने चिन्ता बढाइरहेको छ ।

फाइटर राइडर २४ को तथ्याङ्क अनुसार गत जुन १४ देखि चीनबाट इरानका लागि कम्तीमा पाँच वटा बोइङ ७४७ विमान उडेका छन्। यी विमानहरू चीनको उत्तरी भागबाट पश्चिमतर्फ उडेर कजाकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तान पार गरी इरानको सिमानामा पुगेपछि राडारबाट अचानक हराएका थिए ।

 

रिपोर्टहरूका अनुसार यी विमानहरूको अन्तिम गन्तव्य लक्जमबर्ग देखाइएको छ तर कुनै पनि विमान युरोपेली वायु क्षेत्रमा प्रवेश गरेका छैनन् । जसका कारण यी उडानको नियत थप शङ्कास्पद बनेको छ ।

 

हेरिटेज फाउन्डेसनको सेन्टर फर नेशनल डिफेन्सका निर्देशक रोबर्ट ग्रीनवे भन्छन्, ‘चीनले आफ्नो आर्थिक र सैन्य महत्त्वाकाङ्क्षालाई समर्थन गर्न मध्यपूर्वबाट सस्तो र पश्चिमाहरूको प्रतिबन्धित तेल खरिद गर्छ र इरान यसको लागि महत्त्वपूर्ण साझेदार हो।’

 

तिनीहरू विश्वास गर्छन् कि यी उडानहरू सम्भवतः इरानले आफ्नो महत्त्वपूर्ण स्रोत, मानिसहरू वा रणनीतिक सामग्रीलाई चीनको सहयोगमा अन्यत्र सार्नको प्रयास भइरहेको हुन सक्छ ।

स्मरण रहोस्, २०२१ मा तेहराइन र बेइजिङले २५ वर्षे रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए। फक्स न्युजको रिपोर्टका अनुसार तेहराइन विश्वविद्यालयका प्रोफेसर मोहम्मद मरान्डी भन्छन्, ‘यो साझेदारीले अमेरिकालाई प्रत्यक्ष सन्देश पनि दिने हो– अमेरिकाले जति धेरै इरान र चीनलाई अलग गर्न खोज्छ, त्यति नै यी दुई देश एक अर्काको नजिक आउने छन्।’

 

The post गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ? appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/21/%e0%a4%97%e0%a5%8b%e0%a4%aa%e0%a5%8d%e0%a4%af-%e0%a4%b0%e0%a5%82%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%97%e0%a4%87%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%9b/feed/ 0
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो https://gyaanghar.com/2025/06/16/%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%a8-%e0%a4%b9%e0%a4%ae%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b9%e0%a5%81/ https://gyaanghar.com/2025/06/16/%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%a8-%e0%a4%b9%e0%a4%ae%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b9%e0%a5%81/#respond Mon, 16 Jun 2025 02:14:46 +0000 https://gyaanghar.com/?p=10826 तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।   यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको […]

The post इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो appeared first on Gyaan Ghar.

]]>


तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।

 

यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बिचमा आफ्नो छोराको तय भएको विवाह अन्तिम समयमा आएर स्थगित गरेका छन् ।

 

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार नेतान्याहुका छोरा अव्नेर नेतान्याहुले सोमबार आफ्ना पार्टनर अमित यार्डेनीसँग विवाह गर्ने कार्यक्रम तय भएको थियो तर अहिले त्यो वैवाहिक कार्यक्रम रोकिएको छ ।

 

र, केही दिनअघि पनि इजरायली प्रधानमन्त्री र उनको परिवारको निकै आलोचना भएको थियो । वास्तवमा, नेतान्याहु र उनको परिवारका केही तस्बिरहरू  सामाजिक सञ्जालमा भाइरल भएका थिए, जसमा उनीहरू सबै छुट्टीको मुडमा देखिएका थिए जबकि देश युद्धको चपेटामा परिरहेको छ ।

गाजामा एकातिर इजरायली नागरिक अझै पनि बन्धकमा छन् भन्ने धेरैले उनीहरूले छुट्टी मनाएको भन्दै तीव्र आलोचना गरेका थिए तर अर्कोतर्फ इजरायली प्रधानमन्त्रीले आफ्नो परिवारसँग छुट्टी मनाउँदै छन्।

उही समयमा जब नेतान्याहु परिवारले छोराका विवाह समारोहको तयारी गरिरहेको थियो, इजरायलले गत शुक्रवार इरानमा आक्रमण गर्‍यो। जवाफमा, इरानले पनि सयौँ ड्रोन र मिसाइलले राजधानी तेल अभिव, जेरूसलम र हाफिजालगायतमा विनाशकारी हमला गरेको थियो ।

 

The post इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/16/%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%a8-%e0%a4%b9%e0%a4%ae%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b9%e0%a5%81/feed/ 0
अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते https://gyaanghar.com/2025/06/15/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%a8-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%97%e0%a5%8b/ https://gyaanghar.com/2025/06/15/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%a8-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%97%e0%a5%8b/#respond Sun, 15 Jun 2025 02:52:23 +0000 https://gyaanghar.com/?p=10813 वासिंगटन डिसी, १ असार । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ ।   पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू गम्भीर रूपमा दुवै घाइते छन् । […]

The post अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते appeared first on Gyaan Ghar.

]]>


वासिंगटन डिसी, १ असार । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ ।

 

पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू गम्भीर रूपमा दुवै घाइते छन् । दुवैको शल्यक्रिया भइसकेको छ र उनीहरू बाँच्ने आशामा डाक्टरहरू छन् ।

 

मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाका सम्बन्धमा भने, ‘दुवै सांसदमाथिको आक्रमण राजनीतिक रूपमा प्रेरित भएको देखिन्छ। मेलिसा एक अद्भुत सार्वजनिक सेवक थिइन्, अब उनको ठाउँ कसैले लिन सक्दैन।’

 

आक्रमणकारी अझै फरार रहेको प्रहरीले जनाएको छ । उनका अनुसार बन्दुकधारी प्रहरी अफिसरको भेष धारण गरेर गोली हानेका थिए उसले यस्तो वर्दी लगाएको छ कि जो कोहीले पनि उसलाई वास्तविक पुलिस मान्न सक्छन् भन्दै नझुक्किन आग्रह गरेका छन् ।

प्रहरीका अनुसार दुवै सांसदको घर एक अर्काबाट करिब १२ किलोमिटर टाढा च्याम्पलिन र ब्रुकलिन पार्कमा रहेको छ । सिनेटर होफम्यान र उनकी श्रीमती, इभेट, च्याम्पलिनमा बस्छन्। होफम्यानलाई कम्तीमा दुई वटा गोली लागेको थियो र यभेटलाई तीन पटक गोली लागेको थियो। उनकी छोरी आशा पनि दम्पतीसँगै बस्छिन् । यद्यपि घटनाका बेला उनी घरमा थिइन् वा थिएनन् भन्नेबारेमा केही खुलाइएको छैन ।

 

यसैबिच, मेलिसा होर्टम्यान र उनका पति मार्कलाई ब्रुकलिन पार्क क्षेत्रमा आक्रमण गरिएको थियो। प्रहरीले पूरै क्षेत्रमा आक्रमणकारीको खोजी सुरु गरिरहेको छ ।

 

कुनै अपरिचित व्यक्तिले ढोका ढकढकाएमा गेट नखोलेर सबैभन्दा पहिले ९११ मा फोन गरेर जानकारी दिन प्रहरीले सूचना जारी गरेको छ । एक जना प्रहरी उपस्थित भएको देखिएमा गेट नखोल्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

 

समाचार अनुसार मानिसहरूलाई दुई प्रहरी अधिकारीहरू नआएसम्म ढोका नखोल्न भनिएको छ। यो आक्रमण राजनीतिक कारणले भएको हो वा अन्य कारणले भएको हो भन्ने खुलेको छैन तर प्रहरीले यसतर्फ अनुसन्धान गरिरहेको छ ।

The post अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/15/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%a8-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%97%e0%a5%8b/feed/ 0
युद्धमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त https://gyaanghar.com/2025/06/15/%e0%a4%af%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a9%e0%a5%ae-%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d/ https://gyaanghar.com/2025/06/15/%e0%a4%af%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a9%e0%a5%ae-%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d/#respond Sun, 15 Jun 2025 02:34:41 +0000 https://gyaanghar.com/?p=10807 काठमाडौँ, १ असार । इजरायल र इरानबिच दोस्रो दिनसम्म पनि भिडन्त जारी रहयो ।   इरानमा पछिल्लो दुई दिनमा १३८ जनाको मृत्यु भएको जनाइएको छ ।   इजरायलले शुक्रवार राति १०ः३० बजे इरानको आणविक स्थलमा दोस्रो पटक लडाकु विमानबाट आक्रमण गरेको थियो । यस आक्रमणमा ६० जनाको मृत्यु भएको थियो जबकि सो घटनामा परी ३५० […]

The post युद्धमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, १ असार । इजरायल र इरानबिच दोस्रो दिनसम्म पनि भिडन्त जारी रहयो ।

 

इरानमा पछिल्लो दुई दिनमा १३८ जनाको मृत्यु भएको जनाइएको छ ।

 

इजरायलले शुक्रवार राति १०ः३० बजे इरानको आणविक स्थलमा दोस्रो पटक लडाकु विमानबाट आक्रमण गरेको थियो । यस आक्रमणमा ६० जनाको मृत्यु भएको थियो जबकि सो घटनामा परी ३५० भन्दा बढी घाइते भएको जनाइएको छ ।

यसअघि इरानमा शुक्रवार बिहान ५ः३० बजे भएको आक्रमणमा ७८ जनाको मृत्यु भएको थियो । जसमा ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी सैन्य कमान्डरहरू पनि सामेल थिए।

 

जवाफमा इरानले पनि इजरायलमा १५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर बदला लिएको छ, जसमध्ये ६ वटा रकेट राजधानी तेल अवीभमा खसेको जनाइएको छ । सो घटनामा परी इजरायलमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ७ सैनिकसहित ९० भन्दा बढी घाइते भएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सुरक्षित स्थानमा सारिएको छ।

इरानले इजरायली रक्षा मन्त्रालयमा पनि मिसाइल खसाएको दाबी गरेको छ तर इजरायलले यसको पुष्टि गरेको छैन। इजरायलका रक्षामन्त्री इजरायल काट्जले शनिवार इरानलाई चेतावनी दिएका छन् कि यदि इरानी सर्वोच्च नेता आयोतुल्लाह खामेनीले थप मिसाइलहरू प्रहार गरे भने इरानको राजधानी तेहराइन जल्नेछ।

 

यसैबिच, इरानले तीनवटा  इजरायलको एफ–३५ लडाकु विमान खसालेको दाबी गरेको छ । इरानको सेनाले अर्को एफ–३५ लडाकु विमान खसालेको दाबी गरेको छ । तेहराइन टाइम्सको रिपोर्टका अनुसार इरानी सेनाले तेस्रो इजरायली एफ–३५ लाई खसाल्न सफल भएको बताएको छ ।

 

साथै, इरानले एफ–३५ पाइलटलाई पनि नियन्त्रणमा लिएको दाबी गरेको छ । इरानले अहिलेसम्म दुई जना एफ–३५ पाइलटलाई जिउँदै नियन्त्रणमा लिएको दाबी गरेको छ भने एक जना आक्रमणमा मारिएका छन् । इरानी सेनाले पनि १५० भन्दा बढी इजरायली सैन्य र गुप्तचर लक्ष्यहरूलाई नष्ट गरेको वा नराम्ररी क्षति पुराएको दाबी गरेको छ।

The post युद्धमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/15/%e0%a4%af%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a9%e0%a5%ae-%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d/feed/ 0