Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6170) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
ज्ञान घर, Author at Gyaan Ghar https://gyaanghar.com/author/gyantuz/ Welcome Sun, 28 Sep 2025 13:15:21 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png ज्ञान घर, Author at Gyaan Ghar https://gyaanghar.com/author/gyantuz/ 32 32 पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक  https://gyaanghar.com/2025/09/28/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%82%e0%a4%b0/ https://gyaanghar.com/2025/09/28/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%82%e0%a4%b0/#respond Sun, 28 Sep 2025 13:15:21 +0000 https://gyaanghar.com/?p=10959 १२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायत ५ जनाको राहदानी रोक्का राखिएको ब्यहोरा सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ। उनीहरूलाई उपत्यका बाहिर जान रोक लगाउनसमेत सिफारिस गरेको छ। पासपोर्ट रोक्काको सूचीमा पर्नेहरूमा पूर्व प्रधानमन्त्री ओली, पूर्व  गृहमन्त्री रमेश लेखक, […]

The post पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक  appeared first on Gyaan Ghar.

]]>

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायत ५ जनाको राहदानी रोक्का राखिएको ब्यहोरा सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ। उनीहरूलाई उपत्यका बाहिर जान रोक लगाउनसमेत सिफारिस गरेको छ।

पासपोर्ट रोक्काको सूचीमा पर्नेहरूमा पूर्व प्रधानमन्त्री ओली, पूर्व  गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व  राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौँका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।

The post पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/09/28/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%82%e0%a4%b0/feed/ 0
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता https://gyaanghar.com/2025/07/24/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2/ https://gyaanghar.com/2025/07/24/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2/#respond Thu, 24 Jul 2025 14:46:05 +0000 https://gyaanghar.com/?p=10953 काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग बिना ७ दिनसम्म लगातार काम गर्न सक्छ ।   साथै, यो डिस्चार्ज हुँदा आफ्नै ब्याट्री परिवर्तन गर्न पनि सक्षम छ, जसका कारण यसलाई विश्वको पहिलो स्वायत्त मानवीय रोबोट पनि भनिएको छ। युबि टेक रोबोटिक्स नामक चिनियाँ कम्पनीले […]

The post चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग बिना ७ दिनसम्म लगातार काम गर्न सक्छ ।

 

साथै, यो डिस्चार्ज हुँदा आफ्नै ब्याट्री परिवर्तन गर्न पनि सक्षम छ, जसका कारण यसलाई विश्वको पहिलो स्वायत्त मानवीय रोबोट पनि भनिएको छ। युबि टेक रोबोटिक्स नामक चिनियाँ कम्पनीले यो रोबोट विकास गरेको छ, जसको नाम ‘वाकर एसः २’ राखिएको छ ।

 

यो रोबोटको तौल ९५ पाउन्ड अर्थात् करिब ४३ किलो अर्थात् ५ फिट ३ इन्च अग्लो छ । युबि टेक ले ‘वाकर एसः २’ को भिडियो पनि यु ट्युबमा सेयर गरेको छ। २० जोइन्ट भएको यो रोबोटले एकै समयमा धेरै काम गर्न सक्छ । यसलाई वाई फाइ वा ब्लुटुथ मार्फत पनि नियन्त्रण गर्न सकिन्छ।

 

यो रोबोटमा दुई वटा ४८ भोल्ट लिथियम ब्याट्री प्रणाली छ, जसका कारण यसले २ घण्टा काम गर्न सक्छ र ४ घण्टासम्म स्थिर रहन सक्छ । यो ब्याट्री चार्ज गर्न ९० मिनेट लाग्छ। युट्युब भिडियोमा यो रोबोट मानिसजस्तै हिँडिरहेको र ग्राहकसँग कुरा गरिरहेको पनि देख्न सकिन्छ ।

 

तपाईँलाई बताउन दिनुहोस् कि युबी टेक कम्पनीको जग २०१२ मार्चमा राखिएको थियो। मात्र १५ वर्षमा यस कम्पनीले धेरै कोसे ढुङ्गाहरू हासिल गरेको छ। यो संसारको सबैभन्दा ठुलो मानवीय रोबोट र स्मार्ट सेवा रोबोट निर्माण कम्पनीहरूमा गनिन्छ।

 

The post चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/24/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2/feed/ 0
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल https://gyaanghar.com/2025/07/24/%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%9c%e0%a5%8b%e0%a4%96%e0%a4%bf%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%b0/ https://gyaanghar.com/2025/07/24/%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%9c%e0%a5%8b%e0%a4%96%e0%a4%bf%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%b0/#respond Thu, 24 Jul 2025 14:33:42 +0000 https://gyaanghar.com/?p=10948 छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्। – प्रकाश रेग्मी बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरूपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष […]

The post विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल appeared first on Gyaan Ghar.

]]>

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्।

– प्रकाश रेग्मी

बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरूपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासशील देशहरूलाई बढ्दो वित्तीय सहयोगको आवश्यकता पूरा गर्ने प्रयास स्वरूप कोषको स्थापना भएको थियो।

सन् २००० देखि २०१९ सम्म गरिएको जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कनले नेपाललाई दसौँ अत्यधिक जोखिमको स्थानमा राखेको छ। नेपाल भन्दा बढी जोखिममा रहेका एसियाका अन्य देशहरूमा म्यानमार (दोस्रो), फिलिपिन्स (चौथो), बङ्गलादेश (सातौँ) पाकिस्तान (आठौँ) र थाइल्यान्ड (नवौँ) स्थानमा छन्।

नेपालको हिमाली भागमा रहेका हिमतालको विस्फोटका घटनाहरू सामान्यजस्तै हुने गरेका छन्। सन् १९७७ देखि नेपालले हालसम्म जम्मा २६ वटा हिमताल विस्फोटका घटना व्यहोरिसकेको छ। पछिल्लो हिमताल विस्फोटको घटना सन् २०२४ को अगस्ट १६ मा चामे क्षेत्रको थानबो हिमताल फुटेर भएको बाढीबाट ठुलो क्षति भएको थियो। त्यस्तै, हालै (२०२५ जुलाई ८ का) तिब्बतमा रहेको एक हिमताल विस्फोट हुँदा भोटेकोसी नदीमा ठुलो बाढी आउँदा झन्डै १०० वटा सवारी साधन बगाएको थियो भने अन्य धनजनको समेत क्षति पुगेको थियो।

हिमताल विस्फोटबाट हुनसक्ने क्षति कम गर्ने कार्यका लागि नेपालले हरित जलवायु कोषबाट पाँच अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ। हिमताल संरक्षणको क्षेत्रमा नेपालले प्राप्त गरेको यो रकम हरित जलवायु कोषले उपलब्ध गराएको पहिलो र सबैभन्दा ठुलो सहयोग हो।

यो सात वर्षे परियोजनामा जोखिम अनुगमन र पूर्व चेतावनी प्रणालीको विस्तार र स्तरोन्नति गर्न निम्नानुसारका चार उच्च जोखिम भएका हिमतालहरू (थुलागी, तल्लो वरुण, लुम्दिङ होङ्गु-२) छनोट गरिएका छन्। यी तालहरूमा पानीको स्तर घटाउने, ताल वरपर र तल्लो तटीय क्षेत्रहरूमा १५० हेक्टरभन्दा बढी भूमिमा रूखहरू रोप्ने, चेक बाँध बनाउने र वनस्पतिमा आधारित ग्याबियन पर्खाल बनाउनेजस्ता सुरक्षात्मक पूर्वाधारहरू तयार गर्ने कामका साथै नदी किनार र बाढीग्रस्त क्षेत्रहरूलाई संरक्षण गर्ने काम समावेश छन्।

चयन गरिएका हिमनदी तालहरूको छोटो विश्लेषण

छनोट गरिएका चार हिमतालहरूको नक्सा डाटा विश्लेषण गर्नको लागि मैक्सार, इस्री र अर्थस्टारले सम्पादन गरेको सन् २००३ मार्च १८ तारिख र सन् २०२१ को नोभेम्बर २८ तारिखमा खिचिएका भिन्न भिन्न सेटेलाइट नक्साहरूलाई जिआइएस प्रो प्रविधि प्रयोग गरेर गरिएको हो।

१. थुलागी हिम ताल :

मर्स्याङ्दी रिभर बेसिनअन्तर्गतको यो हिमताल पुरानै हो। इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) को एक अध्ययनले यो हिमताल सन् २००१ र २०११ मा पनि देखिएको थियो। यसमा पहिरो जाने वा हिम पहिरो खस्न सक्ने उच्च सम्भावना रहेको मानिएको छ। ठुलो तालमा जमेको पानीले बाढीको रूप लिँदा मर्स्याङ्दीको तटीय क्षेत्रको बस्ती खतरामा पर्ने देखिएको हो। थुलागी हिमताल, जसलाई स्थानीय रूपमा दोना ताल भनेर पनि चिनिन्छ। भौगोलिक अवस्थितिको हिसाबले ८४.५४२१ पूर्वी देशान्तर र २८.५२९५ उत्तरी अक्षांशमा रहेको छ। यो ताल समुन्द्री सतहबाट ४०५० मिटरको उचाइमा रहेको छ।  यो मर्स्याङ्दी नदीको सहायक नदी डोना खोलाको मुहान हो। यो ताल मनासलु पर्वतको दक्षिण पश्चिममा लगभग ४.५ किलोमिटर लामो भग्नावशेषले ढाकिएको थुलागी हिमनदीको फेदमा अवस्थित छ। तालको निकासबाट लगभग १.५ किलोमिटर दायाँपट्टि मोरेनमा ठाडो पहाडी ढलानबाट चट्टानी हिम पहिरोको सम्भावना रहेको छ। माथि उल्लेख गरिएको अध्ययन अनुसार सन् १९८८ मा ०.७२ वर्ग किलोमिटर सतहको क्षेत्रफल रहेको उक्त ताल सन् २०१८ मा आइपुग्दा यसको क्षेत्रफल बढेर ०.९४ वर्ग किलोमिटर पुगेको छ।

थुलागी ताल मनासलु पर्वतको दक्षिण पश्चिममा ४,०४४ मिटरको उचाइमा अवस्थित काठमाडौँबाट १२० किलोमिटर दुरीमा छ। यो ताल मनाङ जिल्लाको नासो गाउँपालिका र गोरखा जिल्लाको चुम गाउँपालिकाको सिमानामा पर्ने मर्स्याङ्दी नदी बेसिनको जल ग्रहण क्षेत्रमा अवस्थित छ। जर्मनीको फेडरल इन्स्टिच्युट फर जियोसाइन्सेस एन्ड नेचुरल रिसोर्सेस र नेपालको जल विज्ञान तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा गरेको एक अध्ययनले थुलागी तालको आयतन २००९ मा लगभग ३५.३ मिलियन घन मिटर हुन आएको थियो। जबकि, यसको आयतन सन् १९९५ मा ३१.७५ मिलियन घन मिटर थियो।

यद्यपि, मौसम अनुसार हिमतालको क्षेत्रफल घटबढ हुने गर्दछ। यस लेख तयार पर्ने क्रममा माथि उल्लेख गरिएको स्रोत सामग्री र अनुसन्धान उपकरणको सहायताले गरिएको एक सानो अध्ययनले उक्त तालले सन् २००३ को मार्च १८ मा खिचिएको स्याटलाइट नक्सा अनुसार १८६४.९४ हेक्टर सतह ढाकेको देखिन्छ भने सन् २०२४ को नोभेम्बर २८ तारिखमा खिचिएको नक्साले त्यसको क्षेत्रफल बढेर २०११.७३ हेक्टर सतह ढाकेको देखिन्छ।

२. हिङ्कु हिमताल

हिङ्कु हिमताल नेपालको पूर्व उत्तरमा पर्ने सोलुखुम्बु र सङ्खुवासभा जिल्लामा फैलिएको मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र र यसको बफर क्षेत्रभित्र पर्ने एक ताल हो। यो ताल सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्दछ। भौगोलिक अवस्थिति अनुसार यो ताल २७.८५४८०७ उत्तरी अक्षांश र ८६.९६४२९७ पूर्वी देशान्तरमा रहेको छ। यो हिम ताल काठमाडौँबाट १६४ किलोमिटर उत्तर पूर्व दिशामा अवस्थित छ। यस तालको पानी हिन्कु दरंगा हुँदै दुधकोशीमा झर्छ। यो तालको ढलानको कोण दक्षिणपट्टि फर्केको छ। नदी प्रणाली अनुसार यो नदी कोसी नदीको प्रशाखाको रूपमा रहेको छ। यो तालको आकार हेर्दा गोरुको सिङजस्तो देखिन्छ।

सञ्जवलरत्न बज्राचार्य र प्रदीप मूलले सन् २०१७ मा दुधकोशी जलाधार क्षेत्रमा पार्ने हिन्कु दरंगा क्षेत्रमा गरेको एक अध्ययन अनुसार उक्त क्षेत्रमा पर्ने हिमनदीहरू प्रतिवर्ष १०-५९ मिटर प्रतिवर्षका दरले सगरमाथा क्षेत्रका हिमनदीहरू पछाडि हट्छन्। यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।

३. लुम्दिङ हिम ताल

दुधकोशी रिभर बेसिनअन्तर्गत पर्ने लुम्दिङ हिमताल पनि छिटो छिटो बढिरहेका कारण उच्च जोखिममा देखिएको छ । यो हिमताल सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाम गाउँपालिकामा पर्दछ। काठमाडौँबाट १३४ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको ड्याम कमजोर देखिएकाले लुम्दिङ उच्च जोखिमको मानिएको हो ।

लुम्दिङ हिमनदी पछाडि हट्दै गएको कारणले यो तालको विस्तार हुँदै गएको छ। यो तालबारे सन् २०१७ मा एक अध्ययन भएको थियो। उक्त अध्ययन सन् १९६२ देखि सन् २०१३ सम्म गरिएको थियो। उक्त अध्ययनमा सन् १९६२ मा  उक्त तालको क्षेत्रफल ०.२ वर्ग किलोमिटर थियो भने त्यो बढेर सन् २०१३ मा ०.७७  वर्ग किलोमिटर पुगेको थियो। साथै सन् १९६२ देखि सन् २००७ सम्म उक्त क्षेत्रका हिमनदीहरू प्रतिवर्ष ३५ मिटरका दरले पछाडि सर्दै गरेको पाइएको थियो।

यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।

यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त ताल पूर्व-पश्चिम लम्बिएको र बिचको भाग माथि उठेको देखिन्छ। यो तालको पूर्वपट्टिको भाग २.५८ किलोमिटर लम्बिएको देखिन्छ। सन् २००३ को नक्सामा यो तालको लम्बाई ३.६२ किलोमिटर थियो भने सन् २०२४ मा यसको लम्बाई ६.२० किलोमिटर देखिन्छ। त्यस्तै, सन् २००३ मा यसको क्षेत्रफल २२० हेक्टर मापन गरियो भने सन् २०२४ को नक्सामा यसको क्षेत्रफल ३१९ हेक्टर मापन गरियो।

४. तल्लो वरुण हिमताल

विभिन्न अनुसन्धानहरूले तल्लो वरुण हिमताल धेरै दृष्टिकोणबाट नेपाली बस्तीलाई क्षति पुर्‍याउने उच्च जोखिममा देखाएका छन्। यो हिमतालमा पानीको मात्रा निकै छिटो बढिरहेको पाइएको छ । अनुसन्धानले तालको दायाँतर्फ पहिरो जान सक्ने र हिम पहिरो पनि आउन सक्ने सम्भावना देखाएका छन्। यो ताल सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा पर्दछ। काठमाडौँबाट १६७ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको भौगोलिक अवस्थिति ८७.०२०५८ डिग्री पूर्व र २७.८२८५ डिग्री उत्तरमा छ।

तल्लो वरुण हिमताल नेपाल हिमालयमा रहेको मकालु पर्वत नजिकै वरुण उपत्यकामा अवस्थित एक ठुलो, गहिरो र द्रुत गतिमा फैलिरहेको हिमताल हो। तल्लो वरुण हिमनदीबाट निस्कने हिमनदी पग्लने पानीको कारणले गर्दा यो द्रुत वृद्धिको लागि परिचित छ र हिमताल फुट्ने र बाढी आउनका लागि उच्च जोखिम क्षेत्र मानिन्छ। विभिन्न अध्ययनहरूले सन् १९८९ मा यसको क्षेत्रफल ०.६४ वर्ग किलोमिटर मापन गरेका छन् भने सन् २०१८ मा २ वर्ग किलोमिटर मापन गरिएको छ।

उक्त ताल दक्षिण पूर्वतिर पुच्छरजस्तो भएर लम्बिएको देखिन्छ।  यो पुच्छरजस्तो देखिने भाग अध्ययन अवधिको (२००३ देखि २०२४ ) अन्तरालमा ३.६३ किलोमिटर लम्बिएको देखिन्छ।  अर्थात् प्रतिवर्ष १७२ मिटर हिउँ पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि १९१८ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा २२७६ हेक्टर देखिन्छ।

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्। थुलागी हिमतालले नेपालको मर्स्याङ्दी नदीमा पानीको आपूर्ति गर्दछ। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आबादी हुनाको साथै तीन वटा ठुला जलविद्युत परियोजना (उपल्लो मर्स्याङ्दी, तल्लो मर्स्याङ्दी र मर्स्याङ्दी) छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ।  बाँकी तीन वटा तालले दुधकोशी नदीमा पानीको आपूर्ति गर्दछन्। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आबादी हुनाको साथै चार वटा ठुला जलविद्युत परियोजना छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ।

The post विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/24/%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%9c%e0%a5%8b%e0%a4%96%e0%a4%bf%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%b0/feed/ 0
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई  https://gyaanghar.com/2025/07/24/%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%a8/ https://gyaanghar.com/2025/07/24/%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%a8/#respond Thu, 24 Jul 2025 14:22:59 +0000 https://gyaanghar.com/?p=10945  काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते “हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा” विषयक विचार गोष्ठीको आयोजना भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्य भनेको मानव विकास सूचकाङ्कको महत्त्वपूर्ण कुरा हो ।स्वास्थ्यलाई हेर्ने मानव दृष्टिकोण र मानिसको स्वास्थ्यमा खेलबाड धेरै भएको छ ।यसबारे नियमनकारी निकायले सचेतना […]

The post जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई  appeared first on Gyaan Ghar.

]]>
 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते “हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा” विषयक विचार गोष्ठीको आयोजना भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्य भनेको मानव विकास सूचकाङ्कको महत्त्वपूर्ण कुरा हो ।स्वास्थ्यलाई हेर्ने मानव दृष्टिकोण र मानिसको स्वास्थ्यमा खेलबाड धेरै भएको छ ।यसबारे नियमनकारी निकायले सचेतना फैल्याउँदै नियन्त्रण गर्नु जरुरी छ।अहिले अनियन्त्रित सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले ‘जेन-जी’ पुस्ता मानसिक रूपले अस्वस्थ हुँद‌ै गयो भन्ने चिन्ता र चासो बढिरहेको छ ।यस्तो अस्वस्थ जीवनशैलीलाई स्वस्थ राख्न सचेतना अभियान जरुरी रहेको बताउनुभएको थियो।
कार्यक्रममा डा.चिन्तामणि गौतमले ”Empower Your Health: Through Yoga and Mindful Living”, डा.कल्पना तिवारीले ” Healthy food for healthy life”र इन्जिनियर करुणा अमात्यले “Stress Management for Transforming Our Lifestyle”का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमका सहभागीहरूबिच उक्त विषयमा विमर्श समेत भएको थियो नेपाल विद्यावारिधि सङ्घका अध्यक्ष डा. सुनिलबाबु श्रेष्ठले कार्यक्रमको ओैचित्यसहित स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा डा.माला कुँवर खरेलले धन्यवाद ज्ञापन र उद्घोषण सङ्घका महासचिव डा.सुन्दरी पोखरेलले गर्नुभएको थियो।
सम्प्रेषण : प्राज्ञ चेतनाथ धमला

The post जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/24/%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%a8/feed/ 0
सिद्धान्त छाडेर दुनो सोझाउने र विरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: ओली https://gyaanghar.com/2025/07/23/%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a5%8b%e0%a4%9d/ https://gyaanghar.com/2025/07/23/%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a5%8b%e0%a4%9d/#respond Wed, 23 Jul 2025 14:22:06 +0000 https://gyaanghar.com/?p=10942 काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज बदल्ने सपना बोकेकाहरूले नेकपा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बिचारलाई अनुसरण गर्न जरुरी रहेको बताएका छन् । पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।   केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित ४७ […]

The post सिद्धान्त छाडेर दुनो सोझाउने र विरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: ओली appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज बदल्ने सपना बोकेकाहरूले नेकपा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बिचारलाई अनुसरण गर्न जरुरी रहेको बताएका छन् ।

पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

 

केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे ।

‘पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुन्थ्यो,’ अध्यक्ष ओलीले भने । उनले पुष्पलाल सबै खाले आशक्तिबाट माथि रहनु भएको तथ्य पनि राखे ।

 

‘पुष्पलाल जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरुको सङ्गठनलाई गतिशील रूपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन,’ ओलीको भनाई थियो ।’

विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए ।

 

उनकै नेतृत्वमा नेपालमा पहिलो पटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

The post सिद्धान्त छाडेर दुनो सोझाउने र विरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: ओली appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/23/%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a5%8b%e0%a4%9d/feed/ 0
हरेक वर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य https://gyaanghar.com/2025/07/23/%e0%a4%b9%e0%a4%b0%e0%a5%87%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%b9%e0%a4%b0%e0%a4%be/ https://gyaanghar.com/2025/07/23/%e0%a4%b9%e0%a4%b0%e0%a5%87%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%b9%e0%a4%b0%e0%a4%be/#respond Wed, 23 Jul 2025 14:15:54 +0000 https://gyaanghar.com/?p=10939 बेइजिङ, ७ साउन । हरेक जुलाई वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन्, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिँदैनन् ।   यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौँ ।   यो अगस्टमा पनि राष्ट्रपति सी हराउँदछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुँदा […]

The post हरेक वर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य appeared first on Gyaan Ghar.

]]>


बेइजिङ, ७ साउन । हरेक जुलाई वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन्, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिँदैनन् ।

 

यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौँ ।

 

यो अगस्टमा पनि राष्ट्रपति सी हराउँदछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुँदा हरेक वर्ष झैँ उनी रिसोर्ट बेदइहेमा हुनेछन् । जहाँ उनले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग पार्टी, राष्ट्र र अन्तर्राष्ट्रिय सबन्धसहित अर्थतन्त्रका बारेमा छलफल गर्नेछन् ।

 

तर, अन्तर्राष्ट्रिय सर्कलमा भने उनको यो बेपत्ताको बारेमा हरेक वर्ष धेरै अनुमानहरू बाहिर आउँछन्, खासमा यो चिनियाँ कम्युनिस्टको विशेष परम्परा हो । धेरैले यसलाई खास गरी पश्चिमी मिडियाले भने उनको शक्ति माथि खतरा छ भनेर अनुमानको आधारमा धारणा बाहिर ल्याउँछन् ।

खासमा बेइजिङबाट करिब तीन घण्टाको दूरीमा रहेको बेइडाइहे बिदा मनाउने ठाउँ मात्र होइन, चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका नीतिहरू यहाँ तय हुन्छन्। माओत्सेतुङको पालादेखि नै हरेक गर्मीमा पार्टीका शीर्ष नेताहरू यहाँ भेला हुन्छन्, जसलाई राष्ट्रपति सिले पनि निरन्तरता दिइरहेका छन्  तर यस पटकको माहौल भने अलि फरक रहेको छ ।

 

खासमा सन् २०२५ मा चीनले घरेलु आर्थिक सङ्कट, युवा बेरोजगारी, सम्पत्ति बजारमा गिरावट र विश्वव्यापी दबाबको सामना गरिरहेको छ। यससँगै सी जिनपिङका नजिकका सहयोगीहरूलाई हटाउने वा बेपत्ता पारिएको सनसनी पूर्ण खबरले पनि हलचल मच्चाइरहेको छ।

 

गत वर्ष पनि विदेश मन्त्री किन गाङ र रक्षामन्त्री ली साङ्फुलाई अचानक पदबाट हटाउनु अघि यस्तै गोप्य बास भएको थियो तर लामो मौनताले पार्टीभित्र केही उथलपुथल भइरहेको छ भन्ने प्रश्न उठेको थियो। नभन्दै, उनीहरू पदमुक्त हुनु परेको थियो ।

 

द इकोनोमिस्टको रिपोर्टका अनुसार २०२२ मा तेस्रो कार्यकालका लागि आफूलाई सबैभन्दा लोकप्रिय नेताको रूपमा स्थापित गरेका सी अब भने समस्यामा परेको देखिन्छ। उनी आफ्नो छविलाई लिएर निकै संवेदनशील छन् र त सार्वजनिक रूपमा उनको पछिल्लो अनुपस्थितिले अहिले धेरै प्रश्नहरू खडा गरिरहेको छ।

 

शक्तिमा सीको बलियो पकड चीनको लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि महत्त्वपूर्ण रहेको छ। चाहे त्यो अमेरिका–चीन सम्बन्ध होस् वा रुससँगको मित्रता वा दक्षिण चीन सागरमा सैन्य नाकाबन्दीको सवालमा नै किन नहोस् । यस्तो अवस्थामा उनको शक्ति कमजोर मात्रै भयो भने यसको असर चीनमा मात्रै सीमित रहने छैन, विश्वव्यापी प्रभाव रहनेछ ।

 

जस कारण हरेक वर्ष अगस्टमा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू गोप्य ग्रीष्म कालीन बैठकको लागि बेइडाइहे रिट्रिटमा जान्छन् तर यस पटक भने केही फरक रहेको जनाइएको छ। यो गर्मीको मौसममा यस पटक हुने गोप्य वासले केही नयाँ कुरा ल्याउने अनुमान धेरैले गरिरहेका छन् ।

 

The post हरेक वर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/23/%e0%a4%b9%e0%a4%b0%e0%a5%87%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%b9%e0%a4%b0%e0%a4%be/feed/ 0
किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन्, बल्ल अनुभूति भयो: उषाकिरण https://gyaanghar.com/2025/07/23/%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%aa%e0%a5%81%e0%a4%b7%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87/ https://gyaanghar.com/2025/07/23/%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%aa%e0%a5%81%e0%a4%b7%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87/#respond Wed, 23 Jul 2025 13:51:21 +0000 https://gyaanghar.com/?p=10936 काठमाडौँ, ७ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले केन्द्रीय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् ।   हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले यसअघि नै नवीकरण भइसकेको पूर्व राष्ट्रपति भण्डारीको सदस्यता ‘रोक्ने’ निर्णय गरे पछि उनले सामाजिक सञ्जालबाट यस्तो टिप्पणी गरेकी हुन् । ‘तपाइहरू मध्य कति जना […]

The post किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन्, बल्ल अनुभूति भयो: उषाकिरण appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ, ७ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले केन्द्रीय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् ।

 

हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले यसअघि नै नवीकरण भइसकेको पूर्व राष्ट्रपति भण्डारीको सदस्यता ‘रोक्ने’ निर्णय गरे पछि उनले सामाजिक सञ्जालबाट यस्तो टिप्पणी गरेकी हुन् ।
‘तपाइहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ, तपाइहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

‘अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन ?’ उनले प्रश्न गर्दै भनेकी छिन, ‘हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरूप कोसिस गरियो।’

 

उनी अगाडी लेख्छिन्, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्‍याउने रहेछन्। र, नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो, त्यस कारण यो प्रकरणलाई धन्यवाद !’

The post किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन्, बल्ल अनुभूति भयो: उषाकिरण appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/23/%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%aa%e0%a5%81%e0%a4%b7%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87/feed/ 0
लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण https://gyaanghar.com/2025/07/23/%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%9d%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be/ https://gyaanghar.com/2025/07/23/%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%9d%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be/#respond Wed, 23 Jul 2025 13:43:57 +0000 https://gyaanghar.com/?p=10933   आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोज अनुसन्धान अघि बढेको छ।यसै क्रममा प्रा डा. दुविनन्द ढकाल,शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रीय अध्यक्ष, भाषाविद् कमल सिंह रानाको संयुक्त सङ्कलन,लेखन तथा सम्पादनमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश’ प्रकाशित भएको थियो । उक्त शब्दकोशको लोकार्पण यही साउन ३ गते कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि […]

The post लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण appeared first on Gyaan Ghar.

]]>

  आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोज अनुसन्धान अघि बढेको छ।यसै क्रममा प्रा डा. दुविनन्द ढकाल,शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रीय अध्यक्ष, भाषाविद् कमल सिंह रानाको संयुक्त सङ्कलन,लेखन तथा सम्पादनमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश’ प्रकाशित भएको थियो । उक्त शब्दकोशको लोकार्पण यही साउन ३ गते कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका डिन तथा प्रा. डा. दुविनन्द ढकालले गर्नुभएको थियो ।उहाँले ‘रानाथारु भाषाको व्याकरण र शब्दकोश’ले रानाथारु समुदायको भाषा र विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने , लेखनमा शुद्धता र लिपिबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो।
 विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य मातृभाषा,कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपालीले आदिवासी जनजातिले भाषा,साहित्य र संस्कृति बचाउन सके मात्रै आआफ्नो अस्तित्व र पहिचान जोगिने बताउँदै ‘रानाथारु भाषाको व्याकरण र शब्दकोश’ले रानाथारुको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनु भएको थियो ।उहाँले यस्ता महत्त्वपूर्ण कार्यमा प्रज्ञा-प्रतिष्ठान सदैव सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभएको थियो।
 कार्यक्रममा विशिष्ट अतिथि लालझाडी गाउँपालिकाका प्रमुख निर्मल राना, रानाथारु भाषाविद् ,भूमि आयोग कैलालीका विज्ञ सदस्य , नेपाल रानाथारु समाज केन्द्रीय अध्यक्ष तथा लेखक कमल सिंह राना, रानाथारु समुदायका साहित्यकार पदम राना, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक मोहन चौधरी रहनुभएको थियो ।
 नेपाल रानाथारु समाज केन्द्रीय महासचिव तीर्थराज राना, नेपाल रानाथारु समाज पूर्व महासचिव तथा लेखक राजकुमार राना , रानाथारु उत्थान मञ्चका सल्लाहकार धोके राना, वार्ड अध्यक्ष आशाराम राना, प्रकाश राना, गोमती राना, अमर राना, घुम्मन राना, भोजराज राना, भक्त राना लगायतका व्यक्तिहरू अतिथि रहनुभएको थियो । सभाध्यक्ष नेपाल रानाथारु महिला सङ्घका अध्यक्ष प्रेमवती रानाले उक्त पुस्तकले रानाथारु समुदायको भाषा , साहित्य र संस्कृतिको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने आशा व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।
 सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला

The post लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/23/%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%9d%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be/feed/ 0
कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत  https://gyaanghar.com/2025/07/16/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2-%e0%a4%b0/ https://gyaanghar.com/2025/07/16/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2-%e0%a4%b0/#respond Wed, 16 Jul 2025 15:43:04 +0000 https://gyaanghar.com/?p=10928  काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो। कुलपति भूपाल राईले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ […]

The post कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत  appeared first on Gyaan Ghar.

]]>

 काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो।
कुलपति भूपाल राईले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ डोट्याली भाषाको साहित्यिक पत्रिका ‘गुगुल्डी’ मासिकका सम्पादक वीरबहादुर चन्दलाई अर्पण गर्नुभयो। उक्त पुरस्कारको राशि जनही ५०,०००/ (पचास हजार )रुपैयाँ र ताम्रपत्र रहेको छ।
  यस क्रममा कुलपति राईले लोकतान्त्रिक गणतन्त्रको मूल मर्म समावेशीकरण भएकाले साहित्यिक पत्रकारितालाई पनि बहुभाषिक बनाउन जोड दिँदै प्रज्ञा-प्रतिष्ठानले यस क्षेत्रलाई प्रोत्साहित गर्ने गरी पुरस्कार र सहयोगको व्यवस्था गरेको बताउनुभयो। प्राज्ञ पनि साहित्यिक पत्रकारिताकै उपज भएको उल्लेख गर्दै बदलिँदो समयानुकूल प्रविधि मैत्री हुँदै अघि बढ्नुपर्ने चुनौती साहित्यिक पत्रकारितामा रहेको ओैल्याउनुभयो।यसले सम्पूर्ण भाषा सेवी र सर्जकलाई बौद्धिक खुराक प्रदान गर्दछ। प्राज्ञिक र सांस्कृतिक सत्ता निर्माण गर्न साहित्यिक पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको कुरा कुलपति राईले बताउनुभएको हो।
पुरस्कृत व्यक्तित्व मोहन दुवालले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट आफू पुरस्कृत हुन पाउँदा साहित्यिक पत्रकारितामा थप जिम्मेवारी बनाएको महसुस भएको बताउनुभयो ।उहाँले आफ्नो जीवन नै साहित्यिक पत्रकारिता भएकाले यसमै आफ्नो इगो रहेको उल्लेख गर्नुभयो । साहित्यिक पत्रकारिताका क्षेत्रमा राज्यका निकायबाट हुने गरेका विभेदका बारेमा चर्चा गर्दै प्रज्ञा-प्रतिष्ठानले ढिलै भए पनि सम्झिएकोमा विशेष आभार व्यक्त गर्नुभयो। अर्का पुरस्कृत व्यक्तित्व ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत वीरबहादुर चन्दले डोट्याली भाषा नेपाली भाषाको पनि आमा मानिएकाले ‘गुगुल्डी’ प्रकाशित गरेर भाषा साहित्यमा सेवा गरेको चर्चा गर्दै मातृभाषाको जगेर्नामा आफू लागिरहने बताउनुभयो ।
विशेष अतिथि ,वरिष्ठ साहित्यकार तथा पत्रकार पुरुषोत्तम दाहालले नेपालका सम्पूर्ण भाषाहरूको संरक्षण गरे मात्रै साहित्य र संस्कृति समृद्ध बन्ने बताउनुभयो। उहाँले लेखक, साहित्यकार र पत्रकार लोकतान्त्रिक र अग्रगामी हुने कुरामा आफू आश्वस्त रहेको बताउँदै प्रज्ञा-प्रतिष्ठानले नयाँ नयाँ खोज अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले विशेष योगदान पुर्‍याएका साहित्यिक पत्रकारलाई मात्रै प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दिने कार्यविधिअनुरूप प्रतिभाको छनौट गरेको बताउनुभयो। उहाँले मोहन दुवाल र वीरबहादुर चन्द दीर्घ सेवी साहित्यिक पत्रकार मात्रै होइनन्,यस क्षेत्रका इतिहास भएको उल्लेख गर्नुभयो ।साथै साहित्यिक पत्रिका सहयोग कोषको मूल धन बढाउने प्रतिबद्धता धन्यवाद मन्तव्यमा बताउनुभयो।
 प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य गद्य विभाग प्रमुख अमर न्यौपानेले संस्कृत भाषामा गुरुकुल भए जस्तै प्रत्येक मातृभाषामा पनि गुरुकुल आवश्यक रहेको बताउनुभयो।उहाँले प्रत्येक भाषाबाट साहित्यिक पत्रकारिता भएमा त्यो बाँच्ने र समृद्ध हुने बताउँदै प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गर्दा प्रतिष्ठानले विशिष्ट प्रतिभाको चयन गरेको कुरा आफ्नो स्वागत मन्तव्यमा बताउनुभयो ।
कार्यक्रमको उद्घोषण प्रज्ञासभा सदस्य चेतनाथ धमलाले गर्नुभयो।
 सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला

The post कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/16/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2-%e0%a4%b0/feed/ 0
ताइवानको आकाशमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्वारा चिन्ता व्यक्त https://gyaanghar.com/2025/07/16/%e0%a4%a4%e0%a4%be%e0%a4%87%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a5%af-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be/ https://gyaanghar.com/2025/07/16/%e0%a4%a4%e0%a4%be%e0%a4%87%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a5%af-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be/#respond Wed, 16 Jul 2025 02:46:30 +0000 https://gyaanghar.com/?p=10925 ताइपेइ, ३० असार । ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेसम्म ताइवान नजिकै ११ चिनियाँ सैन्य विमान, ७ नौसैनिक जहाज र १ सरकारी जहाजको गतिविधि रिपोर्ट गरेको छ।   तीमध्ये ९ वटा विमान ताइवान एयरस्पेसमा घुसपैठ गरेका थिए। जवाफमा, ताइवानको सेनाले आफ्ना लडाकु विमान, युद्धपोत र तटीय मिसाइल प्रणालीहरू तैनाथ गरेको थियो ।   ताइवानका […]

The post ताइवानको आकाशमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्वारा चिन्ता व्यक्त appeared first on Gyaan Ghar.

]]>

ताइपेइ, ३० असार । ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेसम्म ताइवान नजिकै ११ चिनियाँ सैन्य विमान, ७ नौसैनिक जहाज र १ सरकारी जहाजको गतिविधि रिपोर्ट गरेको छ।

 

तीमध्ये ९ वटा विमान ताइवान एयरस्पेसमा घुसपैठ गरेका थिए। जवाफमा, ताइवानको सेनाले आफ्ना लडाकु विमान, युद्धपोत र तटीय मिसाइल प्रणालीहरू तैनाथ गरेको थियो ।

 

ताइवानका राष्ट्रपति लाई चिङ–तेले चीनले सैन्य धम्कीमार्फत ताइवानमाथि कब्जा गर्न खोजेको आरोप लगाएका छन् । सत्ता परिवर्तनले यो धम्की रोकिने उनको भनाइ छ ।

 

ताइवानको विदेश मन्त्रालयले पनि चीनले क्षेत्रीय र विश्वव्यापी सुरक्षालाई खतरामा पार्ने क्षेत्रलाई अस्थिर बनाउन बारम्बार सैन्य दबाब र बहानाहरू प्रयोग गरिरहेको चेतावनी दिएको छ।

 

यसैबिच, जापानका विदेशमन्त्री ताकेशी इवायाले चीनको सैन्य गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै भने, ‘ताइवानमा शान्ति र स्थिरता सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको लागि आवश्यक छ।’

 

आसियान बैठकको छेउमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा उनले भने, ‘जापान बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गर्दछ।


The post ताइवानको आकाशमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्वारा चिन्ता व्यक्त appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/16/%e0%a4%a4%e0%a4%be%e0%a4%87%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a5%af-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be/feed/ 0