health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

वासिंगटन डिसी, १७ असार । ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बङ्करहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ?
यो दाबी हो, अमेरिकाले बनाएको १३ हजार केजीको बमको । पृथ्वीभन्दा सय फिट मुनि गएर कङ्क्रिट र स्टिलले बनेका शत्रुका बङ्कर ध्वस्त पार्ने यो बमको दुनियाँमा विशालको हैसियत पाएको थियो । तर, इरानमा भएको आक्रमण पछि भने यो बमको विषयलाई लिएर यतिखेर धेरै प्रश्न उठिरहेको छ ? पुरा कथा सुनेर तपाई पनि छक्क पर्नु हुनेछ ।
अमेरिकाले इरानका भूमिगत बङ्करहरू माथि आक्रमण गर्यो, मिसन इरानका सबै बङ्करहरू नष्ट गर्ने उद्देश्य थियो। आक्रमणको मिसन त पनि पूरा भयो तर संसारभर प्रश्न उठिरहेको छ कि अमेरिका फोर्ड र नातान्जमा भएका आक्रमण सफल भएका हुन त ? इरानले सामान्य क्षति बाहेक केही नभएको दाबी गरे पछि यो प्रश्न उल्टै अमेरिकातिर तेर्सिएको छ ।
अमेरिकी प्रशासनले इरानको सबैभन्दा सुरक्षित र दुई प्रमुख आणविक केन्द्र फोर्डो र नातान्जमा ठुलो हमला गरेको दाबी गरे पछि अनेक कोणबाट बहस भइरहेको छ । तिनीहरूलाई ध्वस्त पार्न अमेरिकाले १४ वटा जेबियु–५७ बम र ३० वटा थोमाक मिसाइलहरू भूमिगत परमाणु अध्ययन स्थलमा हानेको थियो । जसलाई ह्वाइट हाउसले ‘क्लिन हिट’ भनिरहेको छ।
तर, यो त्यति सहजै तरिकाले क्षति नभएको बम र हतियार विज्ञहरू बताएका छन् । अमेरिकाको जेबियु–५७ ले इरानका भूमिगत सेल्टरमा केही क्षति पुराएको भए पनि विज्ञहरूले यसले पूर्ण रूपमा विनाश गर्न नसकेको जनाएका छन् ।
उनीहरूका अनुसार अब अमेरिकासँग ६ वटा मात्रै त्यो बम बाँकी रहेको छ किनभने अमेरिकाले २० वटा मात्रै जीबीयू–५७ बम मात्र बनाएको थियो। त्यसमध्ये उसले इरानमा १४ वटा जीबीयू–५७ बम विस्फोट गराए पछि २० मा ६ मात्रै बाँकी रहन पुगेको हो । यस्तो अवस्थामा अर्को आक्रमणको आवश्यकता परेमा अमेरिकाले यति छिट्टै थप बम बनाउन सक्छ त ? यो अहिले गम्भीर प्रश्न बनिरहेको छ ।
नेशनल इन्ट्रेस्ट ओआरजीको रिपोर्ट अनुसार अमेरिकी वायुसेना अब त्यसलाई छाडेर सुपर हेभी बङ्कर बस्टर बम चाहन्छ। अब त्यसको ठाउँमा अर्को पुस्ताको पेनिट्रेटर ल्याउन खोजिरहेको छ । यो २२ हजार पाउन्ड अर्थात् लगभग १० हजार किलोग्रामको हुने जनाइएको छ । यो रकेट बूस्टसँग आउनेछ।
यसले ‘स्ट्यान्ड अफ’ दूरीबाट मात्रै लक्ष्यमा प्रहार गर्न सक्नेछ, जसले गर्दा पाइलट खतरामा पर्न नपरोस् भन्नेमा सचेत छ। यसको मतलब यो पुरानो बम भन्दा हल्का, स्मार्ट र सुरक्षित हुनेछ।
अब प्रश्न उठ्छ कि यदि जेबियु–५७ यति खेल परिवर्तन भएको थियो भने यसलाई तुरुन्तै प्रतिस्थापन गर्न किन आवश्यक थियो ? के ट्रम्पको टोलीले दाबी गरिरहेको कुरा नक्कली प्रचारप्रसारको माध्यम मात्रै थियो ? यो कथा बमको बारेमा मात्र होइन, यो सम्पूर्ण अमेरिकी रणनीतिको बारेमा हो।
वास्तविकता यो हो कि इरानका बङ्करहरू पूर्ण रूपमा ध्वस्त भएका थिएनन्। र, अब अमेरिकासँग फेरि तिनीहरूलाई ध्वस्त पार्न सक्ने थप हतियार पनि छैनन्। यसको मतलब, जे बनाइएको थियो त्यो समाप्त भइसकेको छ । र, अब नयाँ रणनीतिमा काम गर्ने समय आएको छ, किनभने यसमा धेरै त्रुटिहरू रहेको पुष्टि भइसकेको छ ।
किनकि, जुन सोचका साथ इरान माथि अमेरिकाले हमला गरयो, त्यसले इरानको आंशिक पनि क्षति गराउन सकेन, यो अब पुष्टि भई नै सकेको छ ।