16
Jun
तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ । यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बिचमा आफ्नो छोराको तय भएको विवाह अन्तिम समयमा आएर स्थगित गरेका छन् । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार नेतान्याहुका छोरा अव्नेर नेतान्याहुले सोमबार आफ्ना पार्टनर अमित यार्डेनीसँग विवाह गर्ने कार्यक्रम तय भएको थियो तर अहिले त्यो वैवाहिक कार्यक्रम रोकिएको छ । …