health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
वासिंगटन डिसी, १ असार । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ ।
पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू गम्भीर रूपमा दुवै घाइते छन् । दुवैको शल्यक्रिया भइसकेको छ र उनीहरू बाँच्ने आशामा डाक्टरहरू छन् ।
मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाका सम्बन्धमा भने, ‘दुवै सांसदमाथिको आक्रमण राजनीतिक रूपमा प्रेरित भएको देखिन्छ। मेलिसा एक अद्भुत सार्वजनिक सेवक थिइन्, अब उनको ठाउँ कसैले लिन सक्दैन।’
आक्रमणकारी अझै फरार रहेको प्रहरीले जनाएको छ । उनका अनुसार बन्दुकधारी प्रहरी अफिसरको भेष धारण गरेर गोली हानेका थिए उसले यस्तो वर्दी लगाएको छ कि जो कोहीले पनि उसलाई वास्तविक पुलिस मान्न सक्छन् भन्दै नझुक्किन आग्रह गरेका छन् ।
प्रहरीका अनुसार दुवै सांसदको घर एक अर्काबाट करिब १२ किलोमिटर टाढा च्याम्पलिन र ब्रुकलिन पार्कमा रहेको छ । सिनेटर होफम्यान र उनकी श्रीमती, इभेट, च्याम्पलिनमा बस्छन्। होफम्यानलाई कम्तीमा दुई वटा गोली लागेको थियो र यभेटलाई तीन पटक गोली लागेको थियो। उनकी छोरी आशा पनि दम्पतीसँगै बस्छिन् । यद्यपि घटनाका बेला उनी घरमा थिइन् वा थिएनन् भन्नेबारेमा केही खुलाइएको छैन ।
यसैबिच, मेलिसा होर्टम्यान र उनका पति मार्कलाई ब्रुकलिन पार्क क्षेत्रमा आक्रमण गरिएको थियो। प्रहरीले पूरै क्षेत्रमा आक्रमणकारीको खोजी सुरु गरिरहेको छ ।
कुनै अपरिचित व्यक्तिले ढोका ढकढकाएमा गेट नखोलेर सबैभन्दा पहिले ९११ मा फोन गरेर जानकारी दिन प्रहरीले सूचना जारी गरेको छ । एक जना प्रहरी उपस्थित भएको देखिएमा गेट नखोल्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
समाचार अनुसार मानिसहरूलाई दुई प्रहरी अधिकारीहरू नआएसम्म ढोका नखोल्न भनिएको छ। यो आक्रमण राजनीतिक कारणले भएको हो वा अन्य कारणले भएको हो भन्ने खुलेको छैन तर प्रहरीले यसतर्फ अनुसन्धान गरिरहेको छ ।