Gyaan Ghar

Advertisement

अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते


वासिंगटन डिसी, १ असार । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ ।

 

पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू गम्भीर रूपमा दुवै घाइते छन् । दुवैको शल्यक्रिया भइसकेको छ र उनीहरू बाँच्ने आशामा डाक्टरहरू छन् ।

 

मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाका सम्बन्धमा भने, ‘दुवै सांसदमाथिको आक्रमण राजनीतिक रूपमा प्रेरित भएको देखिन्छ। मेलिसा एक अद्भुत सार्वजनिक सेवक थिइन्, अब उनको ठाउँ कसैले लिन सक्दैन।’

 

आक्रमणकारी अझै फरार रहेको प्रहरीले जनाएको छ । उनका अनुसार बन्दुकधारी प्रहरी अफिसरको भेष धारण गरेर गोली हानेका थिए उसले यस्तो वर्दी लगाएको छ कि जो कोहीले पनि उसलाई वास्तविक पुलिस मान्न सक्छन् भन्दै नझुक्किन आग्रह गरेका छन् ।

प्रहरीका अनुसार दुवै सांसदको घर एक अर्काबाट करिब १२ किलोमिटर टाढा च्याम्पलिन र ब्रुकलिन पार्कमा रहेको छ । सिनेटर होफम्यान र उनकी श्रीमती, इभेट, च्याम्पलिनमा बस्छन्। होफम्यानलाई कम्तीमा दुई वटा गोली लागेको थियो र यभेटलाई तीन पटक गोली लागेको थियो। उनकी छोरी आशा पनि दम्पतीसँगै बस्छिन् । यद्यपि घटनाका बेला उनी घरमा थिइन् वा थिएनन् भन्नेबारेमा केही खुलाइएको छैन ।

 

यसैबिच, मेलिसा होर्टम्यान र उनका पति मार्कलाई ब्रुकलिन पार्क क्षेत्रमा आक्रमण गरिएको थियो। प्रहरीले पूरै क्षेत्रमा आक्रमणकारीको खोजी सुरु गरिरहेको छ ।

 

कुनै अपरिचित व्यक्तिले ढोका ढकढकाएमा गेट नखोलेर सबैभन्दा पहिले ९११ मा फोन गरेर जानकारी दिन प्रहरीले सूचना जारी गरेको छ । एक जना प्रहरी उपस्थित भएको देखिएमा गेट नखोल्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

 

समाचार अनुसार मानिसहरूलाई दुई प्रहरी अधिकारीहरू नआएसम्म ढोका नखोल्न भनिएको छ। यो आक्रमण राजनीतिक कारणले भएको हो वा अन्य कारणले भएको हो भन्ने खुलेको छैन तर प्रहरीले यसतर्फ अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...