Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा - Gyaan Ghar

Gyaan Ghar

Advertisement

काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा


काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमण्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ।

– प्रकाश रेग्मी

परिचय

हाव पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिका लागि नभई नहुने कुरा हो। यसको अभावमा जीव र वनस्पति संसारको अस्तित्वको कल्पना गर्न सकिँदैन। विकसित परिवर्तित परिप्रेक्ष्यमा मानवीय अधिक क्रियाकलापका कारण हावाको प्राकृतिक संरचनामा विचलन आई मानवीय स्वास्थ्यमा प्रतिकूल असर हुने सम्भावना बढ्दै गएको छ।

लेखनको क्रममा आफू प्रविधिले सम्पन्न मुलुकमा रहेकाले आफ्नो देशमा पनि त्यस्तै होला भन्ने कल्पना आउँदो रहेछ। अर्थात् बितेको र आफूले नै भोगेको कुरा पनि बिर्सने हुँदो रहेछ। यसै गत हप्ताको वायु प्रदूषण तथ्याङ्कको डेटा प्राप्त होला भन्ने आशाले लेखन कार्य सुरुआत गरेँ तर सोचेको डाटा प्राप्त हुन नसकेर पुरानो डाटाको आधारमा काठमाडौँ र आसपासको वायु प्रदूषण सूचकाङ्क नक्सा तयार भएको छ। यस लेखमा यसैलाई मात्र आफ्नो प्रेरणा सम्झेको छु।

यस लेखको लागि आफूले अध्ययनको क्रममा सिकेका केही ज्ञान, अनलाइन पोर्टलमा प्रकाशित लेखहरू, नेपाल सरकार वन तथा वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको सन् २०१९ र २०२० को वास्तविक समय डाटा र अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको बौद्धिक डार्क वेब (आइडीडब्लू) कम्प्युटर सफ्टवेयरको प्रयोग गरिएको छ। हावाको गुणस्तर मापनको लागि प्रतिघन मिटर हावामा रहेका कुल निलम्बित कणहरूको सङ्ख्यालाई आधार बनाइएको छ। जुन वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएका विभिन्न किसिमका वायु प्रदूषणको प्रकारमध्ये एक हो।

वायु ग्यासहरूको एक अदृश्य मिश्रण हो, जसले पृथ्वीलाई घेरेर रहेको छ। जसमा नाइट्रोजन (७८%), अक्सिजन (२१%), आर्गन, कार्बन डाइअक्साइड र पानीको वाष्पजस्ता अन्य ग्यासहरूको थोरै मात्रा मिलेर बनेको हुन्छ। हावाको गुणस्तर एयर क्वालिटी इन्डेक्स विधिद्वारा मापन गरिन्छ। एयर क्वालिटी इन्डेक्स मापन गर्दा पाँच प्रमुख वायु अवयवहरूलाई लिएर गरिन्छ। तिनीहरू ओजन तह, कार्बन मोनो अक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड हुन्।

वायु प्रदूषण भन्नाले वायुमण्डलको प्राकृतिक विशेषताहरूलाई परिमार्जन गर्ने र मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने कुनै पनि रासायनिक, भौतिक वा जैविक तत्त्वद्वारा भित्री वा बाहिरी वातावरणको प्रदूषणलाई बुझिन्छ। यसले हावामा हुने हानिकारक पदार्थहरूको उपस्थितिलाई जनाउँछ, जुन सामान्य पृष्ठभूमि स्तरभन्दा बढी हुन्छ र जीवित जीवहरूमा नकारात्मक प्रभाव पार्छ।

गत हप्ता काठमाडौँबाट प्रकाशित सबैजसो पत्रपत्रिकामा काठमाडौँको वायु प्रदूषणबारे समाचार तथा लेखहरू प्रकाशित भए। कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा २०८१  चैत्र २१ गते बसेको बैठकले ९ बुँदे निर्णयमा वायु प्रदूषण बढ्न नदिन सम्बन्धित सरोकारका निकाय र सर्वसाधारणका नाममा एक निर्देशिका जारी समेत गरियो।

वायु प्रदूषणको कारणहरू

• नेपालमा हिउँदमा पश्चिमी वायु बहन्छ जुन चिसो र सुख्खा हुन्छ। त्यस समयमा जमिनमा रहेका धुलोका कणहरू सुक्खा हुँदै जान्छन्। यसका साथै रुखबाट झरेका पातहरू पनि सुख्खा भएर जमिनमा रहेका हुन्छन्। चैत महिना लागेसँगै पश्चिमी वायुको प्रभाव घट्दै जाने र मनसुनी वायु बिस्तारै बढ्दै जाने क्रम सुरु हुन्छ। अर्थात् यो समय दुई फरक प्रकृतिका वायुको बिचको सङ्क्रमणकालीन अवधि पनि भन्न सकिन्छ। यो समयमा जमिनमा रहेका सुख्खा धुलकण र सुक्खा पात पतिङ्गरहरू हावाको गति बढेसँगै वायुमण्डलमा मिसिन्छन् र यस समयमा वायु प्रदूषण बढ्ने उच्च सम्भावना रहन्छ। यसका अलावा ज्वालामुखी विस्फोट र समुद्रबाट निस्कने नुनको कणजस्ता कारणले वायु प्रदूषण बढ्न जान्छ। यस्ता कारणहरू प्राकृतिक कारणहरू हुन्, जसमा मानव जातिले स्थानीय तहमा केही गर्न सक्दैन।

• नेपालमा गर्मी बढेसँगै आगलागीका प्रशस्त घटनाहरू हुने गर्छन्, तिनमा अधिकांश घटनाहरू मानव निर्मित हुन्छन्। काठमाडौँमा चल्ने अधिकांश सवारी साधनहरूबाट निस्कने धुवाँका कारण त्यहाँको वायुमण्डलमा अतिरिक्त धूल कण मिसिनाले वायुमण्डल थप प्रदूषित हुन जान्छ।

• काठमाडौँ वरपरका जिल्लाहरूमा अझै पनि घरेलु इन्धनको रूपमा दाउराको प्रयोग हुन्छ र यसै समयमा घर वरपरका झारपातहरू सुक्ने हुनाले तिनलाई विसर्जन गर्न आगो लगाउने प्रचलन छ।

• काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमण्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ। फेरि चैत महिनाको वरपर पश्चिमी वायुको प्रभाव घट्दै जाने र बङ्गालको खाडीबाट उत्तर-पश्चिम दिशा भएर बहने हावाले नेपालको तराईको वायुमण्डलमा रहेका निलम्बित कणहरूसहितको हावा उडाएर काठमाडौँ उपत्यकाको आकाशमा पुर्‍याउँछ र उक्त निलम्बित कणहरूसहितको हावा रातिको समयमा चिसो हुन गई त्यो हावाको घनत्व बढ्छ, उक्त हावाको तौल पनि बढ्न जानाले वायुमण्डलको तल्लो तहमा आएर चिसो हावाले भरिएको कुवाजस्तो भएर रहन्छ।

काठमाडौँ र यसको वरपरको वायुमण्डलको प्रदूषण अवस्था  

माथि उल्लेखित सूचना स्रोत अनुसार नेपालमा भएका २७ वटा वायु प्रदूषण मापन केन्द्रहरूबाट उपलब्ध वायुमण्डलमा रहेका निलम्बित कणहरूको सङ्ख्याको आधारमा तयार गरिएको रास्टर नक्साले काठमाडौँ र वरपरका ठाउँहरूको वायु प्रदूषणको अवस्थालाई देखाउँछ।

वास्तवमा वायुमण्डलमा रहेको हावा अत्यन्त गतिशील हुने हुनाले प्रत्येक ठाउँ र हरेक समयमा यसको दर फरक हुन्छ। तर पनि यस नक्सा तयार पार्दा सन् २०२० को जनवरी महिनाको १ गते प्रत्येक सूचना केन्द्रबाट सङ्कलन गरिएका प्रतिघनमिटरमा वायुमण्डलमा रहेका निलम्बित कणहरूको सङ्ख्या सयौँको सङ्ख्यामा रहेका वास्तविक समय डेटालाई औसत मान निकालेर तयार पारिएको हो।

प्रतिघनमिटर हावामा ५० भन्दा कम निलम्बित कणहरूको सङ्ख्या भएमा त्यस्तो हावालाई सुरक्षित हावा मानिन्छ। त्यस दिन काठमाडौँमा रहेको भैंसेपाटी केन्द्रमा सबैभन्दा बढी निलम्बित कणहरूको सङ्ख्या पाइएको थियो। त्यहाँ त्यस दिन प्रतिघनमिटरमा हावामा ६८७  निलम्बित कणहरूको सङ्ख्या रहेको पाइयो। यो सङ्ख्या वायु गुणस्तर श्रेणीमध्ये सबैभन्दा खतरनाक श्रेणीमा प्रदर्छ। त्यस दिन काठमाडौँको नजिकै रहेको धुलिखेलमा सबैभन्दा कम निलम्बित कणहरूको सङ्ख्या रहेको पाइयो (११)। त्यसपछि क्रमशः पोखरा (३०), लुम्बिनी (३१), धनकुटा (३१), दमक (४३) र सुर्खेतमा (५०) देखिएका थिए। यसको मात्रा ५१ देखि १०० सम्म भएका स्थानलाई मध्यम वर्गमा राखिएको छ, जसमा दाङ (५३), शङ्कर पार्क (७०) र नेपालगन्जमा (८१) मापन गरिएको छ। मापनको मात्रा १०१-१५० :  संवेदनशील मानव समूहहरूको लागि अस्वस्थ मानिन्छ, जसमा चितवन (१२७), पुलचोक (१३२), रत्नपार्क (१३७) र सिमरामा १५० रहेको छ। त्यसै गरी, तराईको जिल्ला सुनसरीमा १८५ मापन गरिएको छ, यो मात्रालाई अस्वस्थ वर्गमा राखिएको छ।

यी फरक केन्द्रका औसत मानहरूलाई नियमित वितरणको हिसाबले नक्सामा उतार्दा माथिको नक्सा तयार भएको छ। त्यस दिन झन्डै विराटनगरदेखि बुटवलसम्म प्रदूषित हावा रहेको देखिन्छ। काठमाडौँको पश्चिमी भागमा झन्डै ४५ किलोमिटरको परिधिभित्र झन्डै चितवन र सिमरासम्म त्यस दिन अति सघन वायु प्रदूषण रहेको देखिन्छ।

वायु प्रदूषण न्यूनीकरण प्रविधिहरू

वायु प्रदूषणको प्रभावलाई कम गर्न नेपाल सरकारको मिति २०८१/१२/२१ गतेको बैठकबाटै ९ बुँदे निर्णय पत्र सम्बन्धित निकाय र सर्वसाधारणका लागि प्रसारण गरिसकिएको छ। जसमा सचेतनामूलक कार्यक्रमसहित केही नीतिगत निर्णय भएका छन्। ती बुँदाहरू दोहोर्‍याइरहन आवश्यक परेन। तिनका अलावा केही आफ्नो मनमा आएका भावनाहरू यस लेखमा राख्न चाहेँ।

हेरचाहभन्दा रोकथाम राम्रो हो तर पनि रोग लागिसकेपछि हेरचाह पनि आवश्यक कुरा भयो। हावामा आइसकेको वायु प्रदूषण घटाउन सबैभन्दा उत्तम उपाय हावामा पानीको मात्रा बढाइ वर्षा गराउनु हुन्छ। वर्षापछि वायुमण्डलमा रहेका निलम्बित कणहरू वर्षाको पानीसँगै जमिनमा झर्छन् र वायुमण्डल स्वच्छ हुन जान्छ।  यसका अलावा स-सानो कोठामा हावा सफा गर्न विधि र उपकरणहरू पनि बजारमा आएका छन्।

• कृत्रिम वर्षा, जसलाई क्लाउड सिलिङ पनि भनिन्छ, यो एक मौसम परिमार्जन प्रविधि हो जसमा वर्षा गराउनको लागि सिल्भर आयोडाइड, पोटासियम आयोडाइड, वा सुख्खा बरफजस्ता पदार्थहरू बादलहरूमा घुसाएर हावामा रहेका कणहरूलाई थप सघन गराई बादलमा रहेका स-साना पानीका कणहरूलाई ठुला पानीका थोपाहरूमा परिमार्जित गराई तौल भार बढाएर वर्षा गराइन्छ।

• स्थानीय ज्ञान,  म सानो छँदा तराईमा लामो समयसम्म पानी नपर्दा जलधारो खेल्ने प्रचलन थियो। यो एक फागु पूर्णिमामा फागु खेलिने प्रक्रियाजस्तै रङको सट्टा पानीको प्रयोग गरेर खेलिन्छ। र यो खेलपछि वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ। यो विश्वासमा कति सत्यता छ, त्यो भने म भन्न सक्दिन्नँ तर यो खेलपछि जमिन भिजेको हुन्छ र जमिनबाट थप धुलोका कणहरू हावामा जान पाउँदैन। अर्को, जमिननजिकको हावामा पानीको मात्रा बढ्न गई हावामा रहेका स-साना पानीका कणलाई सघन र तौल भार बढाउने काम भने पक्का गर्दछ। फेरि यो काम गर्न ठुलो धनराशि खर्च गर्न पर्दैन र स्थानीयहरूलाई अत्यधिक परिचालन गर्न पनि सकिन्छ।

• हावा शुद्ध गर्ने,  आजकल हावा शुद्ध गर्ने मेसिन बजारमा पाइन्छन्। यसले खुल्ला हावामा काम गर्दैन तर बन्द कोठामा राम्रोसँग काम गर्दछ। वायु गुणस्तर सूचकाङ्क ५० भन्दा कमलाई राम्रो मानिन्छ। यसले यदि कोठाबाहिरको वायु गुणस्तर सूचकाङ्क १५० देखि २०० सम्मको छ भने बन्द कोठाभित्र ५० सम्म ल्याउन मद्दत गर्छ। त्यसैले, निश्चित वर्गका मानिसले यसको प्रयोग गरेर सम्भाव्य वायु प्रदूषणको जोखिमबाट बच्न सक्छन्।

(भरतपुर, चितवन, हाल : अमेरिका)

प्रतिक्रिया दिनुहोस

राजनीति

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

काठमाडौँ, २  वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनला...
काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग ...
सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

काठमाडौँ, २२ चैत । सजिवन अर्थात् ड्रमस्टिकलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ किनभने यसमा प्राकृतिक पोषक तत्त्व ...
हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

यमन, २० चैत । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकाको सबैभन्दा ठुलो कारबाही जारी राखेको छ ।   यसैबिच ...