Gyaan Ghar

Advertisement

जेलन्सकीसँग ट्रम्पले भने, ‘युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ’


काठमाडौँ, ७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग युक्रेन युद्धबारे बुधवार एक घण्टा कुराकानी गरेका छन् । जसको विवरण बाहिर आएको छ ।

 

यसअघि ट्रम्पले भनेका थिए, ‘हामी सही बाटोमा छौँ। हाम्रो अधिकांश कुराकानी हिजो पुटिनसँग भएको कुराको वरिपरि घुमेको थियो, विदेश सचिव मार्को रुबियो र एनएसए माइकल वाल्ट्जले यस कुराकानीको विवरण दिनेछन्।’

 

यसपछि अमेरिकी विदेश मन्त्री र एनएसएले एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले युक्रेनको पावर प्लान्टको सुरक्षाका लागि अमेरिकालाई नियन्त्रण दिन सुझाव दिएको बताए ।

उही समयमा, जेलेन्स्कीले एक्समा मा लेखेका छन्, ‘मैले युद्ध समाप्त गर्ने पहिलो कदमको रूपमा ऊर्जा र अन्य पूर्वाधारमा आक्रमण नगर्ने प्रस्तावको समर्थन गरें। त्यसलाई कार्यान्वयन गर्न हामी तयार छौँ ।’

 

आफ्नो टोलीलाई आंशिक युद्धविराम कार्यान्वयन गर्न र अन्य प्राविधिक समस्या समाधान गर्न निर्देशन दिएको उनले जनाए ।  युक्रेन र अमेरिका समन्वय कायम गर्न साउदी अरेबियामा भेट्न तयारसमेत भएका छन् ।

 

सो अघि जेलेन्स्कीले रुस र युक्रेनबीच १७५ कैदीको आदानप्रदान भएको बताएका थिए । यसबाहेक रुसले गम्भीर घाइते २२ युक्रेनी सैनिकलाई पनि रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...