काठमाडौँ, ७ चैत । यस वर्षको एसइई परीक्षा आजबाट सुरु हुदैँछ ।
परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ः०० बाट सुरु भएर ११ः०० बजे सकिनेछ ।
यस वर्षको परीक्षामा पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने भएका छन् भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसइई दिदैँछन ।
एसइई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुदैँछ ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने सोही गैर नेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।