Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न  - Gyaan Ghar

Gyaan Ghar

Advertisement

लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न 

 
* जयराम बिडारी 
 फागुन २४, काठमाडौँ । लोमश वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको चौथो शनिवार नियमित रूपमा सञ्चालन गरिने रचना वाचनको कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान स्थापनाको अर्धवार्षिक समय अर्थात् छैटौँ शृङ्खला लघुकथा विशेष कार्यक्रमको सम्पन्न सो कार्यक्रममा रेणु अधिकारीको  ‘मौनता’ कृत कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’ परिचर्चा गरी सम्पन्न गरिएको थियो ।
 राजधानीस्थित प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि हुनहुन्थ्यो ।  प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडा, विशेष अतिथि कृतिका परिचर्चाकार तथा वक्ता डा. कौशिला रिसाल,कृतिकार रेणु अधिकारी ‘मौनता हुनहुन्थ्यो ।
 प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजका कोअर्डिनेटर गोकर्ण ढकाल, सेवा निवृत्त शिक्षक समाज, लमजुङका अध्यक्ष खुसीराम डौलिया,बहुविधाका सर्जक अमर कीर्तिमानी रामचन्द्र न्यौपाने ‘वनवासी’को पनि आतिथ्य रहेको थियो । प्रतिष्ठानकी सदस्य कमला घिमिरे अधिकारीद्वारा स्वागत गरिएको सो कार्यक्रममा प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईद्वारा कार्यक्रमलाई सम्बोधन गर्दै ‘बाङमय उन्नयनको साझा चौपारी’को सार्थक प्रयासको समानान्तर उपलब्धिका रूपमा लोमश वाङ्मय प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको समन्वय भाषा कला साहित्य र संस्कृतिको क्षेत्रमा साथै रहेको सन्देशका रूपमा यो संस्थाको स्थापनाका समय देखिनै साथै रहेको बताए । उनले सृजनशील कर्ममा सक्रिय रहेका सर्जकहरूले कहिल्यै पनि देशका लागि गद्दारी नगर्ने जनाउँदै सुशासनको प्रत्याभूत दिन जिम्मा लिएकाहरूले गीत,कथा कविता जस्ता सिर्जनात्मक क्षेत्रमा सक्रिय रहनुपर्ने औँल्याउँदै कम्तीमा साहित्यको अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले लोमशको सार्थक प्रयासको प्रशंसा समेत गरे ।
समारोहलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले स्थापनाको छोटो समयमै लोमश वाङ्मय प्रतिष्ठानको साहित्यिक सक्रियता अत्यन्त लोकप्रिय रहेको बताए ।
 कार्यक्रममा रेणु अधिकारी ‘मौनता’द्वारा लिखित कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’ माथि परिचर्चाकारको भूमिकामा रहेकी डा. कौशिला रिसालद्वारा विहङ्गम परिचर्चा गरिएको थियो । परिचर्चाका क्रममा डा.रिसालले ७० को दशक देखि कविता लेखेर साहित्यिक क्षेत्रमा पदार्पण गरेकी मौनताका दुई कविता कृति प्रकाशित भइसकेकोमा खुसी व्यक्त गरिन् । उनका कविता कृतिको अध्ययनका क्रममा मानवीय अस्तित्वको खोजी प्रकृति प्रेम, आत्मिक चिन्तनका बलियो पक्षलाई प्रस्तुत गरिएको पाइन्छ भन्दै सरल भाषा शैलीमा बिम्ब र प्रतीकको मात्रात्मक प्रयोगले कृतिलाई सिँगारिएको बताइन् । उनले रेणु अधिकारी ‘मौनताका’को कविताले लैङ्गिक विभेदतामा समदृष्टि पक्षलाई बलियो रूपमा उजागर गरिएको , मानवीय कर्म सक्रिय जीवनशैली र सार्थक उपलब्धिलाई आदर्शका रूपमा प्रस्तुत गरिएको कविता रहेको बताइन् । उनको सृजनात्मक लेखन कर्मको निरन्तरताले आगामी दिन समुज्ज्वल बनोस् भनी शुभकामना समेत व्यक्त गरिएको थियो ।
  राष्ट्रिय  महिला आयोगका सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले अन्तर्राष्ट्रिय नारी दिवस सुरु हुनु पूर्व नै नेपालको भोजपुरमा जन्मिएकी योगमायाले चेतनाको चिराग जलाएको उल्लेख गर्दै त्यस्ता महानतम् विभूतिको नाममा विश्वविद्यालय निर्माण गर्न सरकारले पहल गर्नुपर्ने जनाउँदै लोमश जस्ता संस्थाले साहित्यिक उन्नयनका लागि गरिरहेको योगदान प्रशंसनीय रहेको जनाइन ।
 टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले लोमश वाङ्मय प्रतिष्ठानको सराहनीय कर्मको मुक्त कण्ठले प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिएका थिए । लघुकथा विशेष कार्यक्रममा हाम्रो लघुकथा केन्द्रले तयार पारेको लघुकथाको इतिहास बोकेको गीत बजाएर कार्यक्रममा रौनकता प्रदान गरिएको थियो । सो अवसरमा मिशु श्रेष्ठ ,मन्दिरा मधुश्री, अम्बिका धिताल र एन्जेल निलुद्वारा आ– आफ्ना लघुकथा वाचन गरिएको थियो भने थुप्रै साहित्यानुरागीहरूले महिलाहरूकै विषयमा केन्द्रित रहेर आआफ्ना रचना वाचन गरेका थिए ।
 समारोहमा संस्थाका आजीवन सदस्यहरू डा. जगदीश्वर पोखरेल डा.शेखरकुमार श्रेष्ठ,केशरी अम्गाईं, दिल पौडेल,सुजित अविरल,खेमराज पोखरेल,राजेन्द्रमान डङ्गोल,आलोक चालिसे,रेणु अधिकारी ‘मौनता’ जयराम बिडारी,रुबि सत्याल, अल्का मल्ल, रामप्रसाद सापकोटा,सञ्जय सोती,हरि घिमिरे,सिरजन लम्साल,मामिला पौडेल ‘आस्था’ प्रज्ञा घिमिरे,खुशिराम डौलिया र देवराज सिम्खडालाई प्रमाण–पत्र प्रदान गरिएको थियो । सत्या अधिकारीद्वारा सहजीकरण गरेको उक्त सभ्य एवम् भव्य रूपमा सम्पन्न गरिएको थियो भने कार्यक्रमलाई अध्यक्षको अनुमतिले उनैले समापन भएको घोषणा गरिन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...