Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
रोगहरू विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदै छ- स्वास्थ्य मन्त्री पौडेल - Gyaan Ghar

Gyaan Ghar

Advertisement

रोगहरू विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदै छ- स्वास्थ्य मन्त्री पौडेल


बुटवल । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बुटवल कालिका बहुमुखी क्याम्पसले विद्यार्थीको अनलाइन पढाइका लागि निर्माण गरेको डिजिटल स्टुडियोको उद्घाटन गरेका छन् ।

नेपालमै सरकारी क्याम्पसहरूमध्येमा अनलाइन पठनपाठनका लागि पहिलो दाबी गरिएको स्टुडियोका माध्यमबाट भौतिक कक्षामा उपस्थित हुन नसक्नेलाई अनलाइनमार्फत भिडियो कक्षामा सहभागी गराइने क्याम्पसले जनाएको छ ।

स्टुडियोको उद्घाटन गर्दै मन्त्री पौडेलले आफू नेतृत्वमा आए पछि सङ्घीय अस्पतालहरूको सेवामा सुधार आएको र नागरिकका जटिल रोगको उपचार सेवा विस्तार तथा सुधार भइरहेको बताए । ‘हामीले स्वास्थ्य सेवा सुधारमा इमानदार प्रयास गरिरहेका छौँ । र पहिले भन्दा केही परिवर्तन भएको पनि छ,’ मन्त्री पौडेलले भने, ‘रोग लाग्न नदिन निरोधात्मक विधिसमेत प्रवर्द्धन गरिरहेका छौँ ।’

मन्त्री पौडेलले विद्यालयहरूमा विद्यालय स्वास्थ्य दूत नियुक्त गरेर बालबालिकाहरूमार्फत स्वास्थ्यसम्बन्धी सचेतना समुदाय स्तरसम्म पुर्‍याउने कार्य प्रारम्भ भएको बताए । ‘हाम्रा विद्यालयहरूमा स्वास्थ्य शिक्षा अनिवार्य र पाठ्यक्रम सुधारका लागि शिक्षा मन्त्रालय सँगसमेत सहकार्य गरिरहेका छौँ,’ मन्त्री पौडेलले भने, ‘विद्यालय शिक्षाका माध्यमबाट नागरिकमा स्वस्थ जीवनशैलीका प्रभावकारी विधि प्रवर्द्धन गरेर नागरिकलाई स्वस्थ बनाउने हाम्रो प्रयास रहनेछ ।’

मन्त्री पौडेलले नागरिकका स्वास्थ्य उपचारसम्बन्धी विवरण पटक पटक जाँच गर्नु नपर्ने गरी एउटै प्रणालीमा आउने र राज्यले नागरिकको स्वास्थ्यबारे प्रभावकारी तथ्याङ्क पाउने गरी विद्युतीय चिकित्सा व्यवस्थापन प्रणाली कार्यान्वयनको चरणमा गएकाले यसले स्वास्थ्य सेवामा अर्को योगदान दिने विश्वास व्यक्त गरे ।

क्याम्पस प्रमुख घनश्याम पाठकले डिजिटल प्रविधिबाट कक्षा आउन नसक्नेलाईसमेत ध्यानमा राखेर थालिएको भिडियो अनलाइन कक्षा सरकारी क्याम्पसहरूमा पहिलो भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...