Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
वैदिक दर्शनको दार्शनिक पद्धति - Gyaan Ghar

Gyaan Ghar

Advertisement

वैदिक दर्शनको दार्शनिक पद्धति

* डा.गोविन्दशरण उपाध्याय
वैदिक दार्शनिक चिन्तन र पद्धति दुवै आध्यात्मिक उत्स प्राप्तिको उद्देश्यबाट आरम्भ भएको हुँदा आधुनिक विज्ञानका केही अध्येताहरूले “विज्ञानका दृष्टिकोण”ले वैदिक चिन्तन महत्त्वहीन भएको आरोप लगाएका छन् | खास गरी मार्क्सवादी चिन्तनहरूले मार्क्सवादी चिन्तनलाई सबैभन्दा बढी “वैज्ञानिक” भन्दै अन्य चिन्तनहरूको महत्वलाई होच्याउने प्रयत्न गर्छन् र होच्याएका पनि उदाहरण छन् | के साँच्चिकै वैदिक दार्शनिक (जैन र बौद्धसहित) आधुनिक विज्ञानका दृष्टिकोणले अनुपयोगी नै छन् त ?
१. वैदिक दार्शनिक चिन्तनको आरम्भ (Origin of Vedic Theorem)
वैदिक दार्शनिक चिन्तनको आरम्भ विश्वको प्राकृतिक अस्तित्वको उपस्थितिप्रति जिज्ञासाबाट आरम्भ हुन्छ | ऋग्वेदका दुई सूक्तहरू : हिरण्य गर्भ सूक्त र नासदीय सूक्त यसका उदाहरण हुन् |नासदीय सूक्तले (ऋग्वेद १०/१२९) ले प्राकृतिक विश्वको अस्तित्वप्रति स्वाभाविक जिज्ञासा प्रकट गर्छ भने हिरण्य गर्भ सूक्त (ऋग्वेद १०/२२१) ले उक्त जिज्ञासाको समाधान दिने प्रयत्न गर्छ | जसरी विज्ञानले बाह्य पदार्थको उपस्थितिलाई विश्लेषण गरेर अन्वेषणको यात्रा आरम्भ गर्छ, त्यसरी नै वैदिक दर्शनको प्रारम्भिक प्रश्न र त्यसको उत्तर बहिर्मुखबाट भित्रतिर प्रवेश गर्छ |
पढेलेखेका विद्वानहरूले असम्भव विषयवस्तुहरू बिच पनि आन्तरिक सम्बन्ध खोज्ने र ती सम्बन्धहरूलाई “विज्ञानसम्मत भएको” प्रमाणित गर्न खोज्ने प्रयत्न गर्छन् | उदाहरणका अब्राहमिक (यहुदी, इसाई तथा मुस्लिम)हरूले आस्थालाई प्राथमिकतामा राखेर बडो पूर्वाग्रह पूर्वक विज्ञान र आफ्नो आस्थामा सम्बन्ध जोडेको पढ्न पाइन्छ | आस्थाका आधारमा वैदिक दार्शनिक चिन्तन र सांस्कृतिक व्यवहारलाई “विज्ञानसम्मत” भएको प्रमाणित गर्न खोज्नेहरूमा केही हिन्दु, जैन तथा बौद्धहरू पनि छन् | तर के वैदिक दार्शनिक चिन्तन र पद्धति साँच्चिकै आधुनिक विज्ञानसँग मिलेर हिँड्न सक्छ त ? विज्ञान पढेर विज्ञानमा विश्वास गर्ने होउन् वा विज्ञान नपढी कन विज्ञानवादलाई बोकेर हिँड्ने होउन् ? दुवैले दार्शनिकहरूसङ प्रश्न गरिरहेका हुन्छन् |
२. वैदिक दार्शनिक पद्धति (Methods)
वैदिक दार्शनिक चिन्तनको उदय प्राकृतिक विश्वको अस्तित्वसँग जोडिएको भए पनि भौतिक, मानसिक र आध्यात्मिक दुःख निवारण गरेर मोक्ष (स्वतन्त्रता) प्रदान गर्नु पर्ने लक्षगत चिन्तनका साथ वैदिक दार्शनिक विचार अगाडी बढेको प्रस्टसँग सबैले बुझ्न सकिन्छ | स्वाभाविक रूपमा, त्यस बखत आधुनिक “यन्त्र विज्ञान”को विकास भएको थिएन | तर आधुनिक विज्ञानको लागि सहयोग हुने पद्धतिको विकास भने प्राचीन वैदिक दार्शनिकहरूले अत्यन्त सूक्ष्म रूपमा गरेका थिए |
(a) प्रायजसो सबै सूत्र ग्रन्थहरूको आरम्भ “अथातो….जिज्ञासाबाट हुन्छ | ब्रह्म सूत्रले अथातो ब्रह्म जिज्ञासा (उप्रान्त ब्रह्मका विषयमा जिज्ञासा आरम्भ हुन्छ) भन्दै ब्रह्म-विषयक छलफल आरम्भ गरेको छ | ऋग्वेदको पहिलो सूक्तले सिधै “जिज्ञासा” शब्दको प्रयोग नगरे पनि अग्नि, पुरोहित, यज्ञ र यज्ञ फलका विषयमा जिज्ञासा प्रकट गरेको छ | उपनिषद् जिज्ञासाकै परिणाम हुन् | यसको विश्वका कुनै पनि दार्शनिक, इतिहासकार वा वैज्ञानिक अध्येताले यो तत्थ्य अस्वीकार गर्न मिल्दैन | अब्राह्मिक धर्ममा “जिज्ञासा” अपराध मानिन्छ | बाइबलको जेनेसिसमा इभले फलप्रति जिज्ञासा गर्नु नै “पाप”को कारण बन्यो |
(b) प्रश्नोत्तर पनि वैदिक दर्शनको दोस्रो महत्त्वपूर्ण पद्धति हो | श्रीकृष्णले गीतामा “परिप्रश्नेन सेवया” (गीता ४/३४) प्रश्न गर्न र उत्तरप्राप्त गर्न अभिप्रेरित गरेका छन् | गीताको पद्धतिलाई हेर्दा र पढ्दा अर्जुनले श्रीकृष्णलाई ठाउँ ठाउँमा निर्मम प्रश्न गरेका छन् र कृष्णले पनि ती प्रश्नहरूको क्रोधरहित भएर उत्तर दिएका छन् | जिज्ञासा र प्रश्नोत्तर विधिलाई श्रुति र स्मृतिका माध्यमबाट पुस्तान्तरण गरिन्थ्यो | जिज्ञासा र प्रश्नोत्तर आधुनिक विज्ञानको सबैभन्दा महत्त्वपूर्ण र अनिवार्य अङ्ग हुन् |
(c) वैदिक दर्शनको तेस्रो सबैभन्दा महत्त्वपूर्ण पद्धति “प्रमाण” पनि हो | यस विधिअन्तर्गत प्रत्यक्ष, अनुमान, उपमान, शब्द, अर्थापत्ति, एतिह्य तथा अनुपलब्ध आदि प्रमाण हुन् | जिज्ञासा, प्रश्नोत्तर विधि र ती विधिहरूको प्रमाणीकरणका लागि प्रमाणहरू वैदिक दर्शनको आफ्नो मौलिक विशेषता हो | संक्षेपमा प्रत्यक्ष (Perception): इन्द्रियद्वारा प्राप्त ज्ञान (Chakrabarti, 1999), अनुमान (Inference): तर्कद्वारा स्थापित निष्कर्ष, उपमान (Comparison): ज्ञात कुराबाट अज्ञात वस्तुको ज्ञान, शब्द (Verbal Testimony): वेद वा प्रमाणिक स्रोतबाट प्राप्त ज्ञान, अर्थापत्ति (Postulation): अप्रत्यक्ष कारणबाट गरिने निष्कर्ष, अनुपलब्ध (Non-apprehension): कुनै वस्तुको अनुपस्थितिबाट प्राप्त ज्ञान हो | आधुनिक विज्ञानसँग प्रमाणका सवालमा यी विधि बाहेक अन्य कुनै विकल्प छैन |
(d) वैदिक दर्शनशास्त्रका विषयमा सबैभन्दा बढी आलोचना यसका केही पूर्वस्थापित मान्यताहरूका कारण हुने गर्छ | ईश्वर, आत्मा, कर्म, स्वर्ग-नर्क र मोक्ष – वैदिक दर्शनका अनिवार्य पूर्व मान्यता हुन् | हो, जैन, बौद्ध तथा चार्वक्हरूले केही पूर्व मान्यताहरूलाई अस्वीकार गरेका छन् तर पूर्ण अस्वीकार चाहिँ गरेका छैनन् | उपर्युक्त तीन बटा पद्धतिको लक्ष मोक्ष (Liberation) हो | मान्छे चेतनशील मात्रै होइन बौद्धिक प्राणी पनि हो | यदि मोक्षलाई अलौकिक विषय नमान्ने हो भने रोग मुक्ति, शोक मुक्ति, भोक मुक्ति, जीवन-मुक्तिजस्ता संसारका स्वतन्त्रताहरू पनि मोक्ष नै हुन् | वैदिक पद्धतिले क्रमशः आधिभौतिक, आधिदैविक स्वतन्त्रताप्राप्तपछि पूर्ण स्वतन्त्रता अर्थात् मोक्षको परिकल्पना गर्छ | आधुनिक विज्ञानको लक्ष पनि चेतनशील मान्छेले प्रकृतिउपर विजयप्राप्त गरेर जन्म, मृत्यु, रोग तथा वृद्धावस्थाबाट सधैँको लागि मुक्तिप्राप्त गर्नु नै रहेको छ | फरक यत्ति हुन्छ कि वैदिक दर्शनशास्त्रले उपरोक्त सबै पद्धतिहरू सँगै लिएर अगाडी बढ्छ भने आधुनिक विज्ञानले केवल इन्द्रीयप्रत्यक्ष वा कार्यकारणसंग अगाडी बढ्छ |
यसरी वैदिक दर्शनको विचार र पद्धति अभिनिर्मित भएको छ | जहाँ बहुलता, एकता र एकता र बहुलताका बिचमा समन्वय छ | यसले वैचारिक वा दृष्टिकोणले उदारता स्थापित गर्छ र व्यावहारिक रूपमा पनि “निषेधात्मक – पद्धतिको अवलम्बन गर्दैन | इन्टरनेटको युगसँगै विश्वभरिका पद्धतिहरू छताछुल्ल भएर बाहिर आउँदा वेद, उपनिषद्, षड्दर्शन, तन्त्रदर्शनआदिले बाँचेको परम्परा आज पनि उत्तिकै उदार छ र बहुल वादी छ | विज्ञानमा उदारता वा सहृदयता नहोला तर पद्धति भने जिज्ञासा, छलफल, प्रमाण र मुक्तिका रूपमा (प्राप्तिका रूपमा) पूर्ण स्वतन्त्रताको कामना गरिन्छ |

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...