Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
७८औँ परिसंवाद कार्यक्रम सम्पन्न - Gyaan Ghar

Gyaan Ghar

Advertisement

७८औँ परिसंवाद कार्यक्रम सम्पन्न

फागुन १०, काठमाडौँ । मार्क्सवादी दृष्टिमा भगवद्गीता विषयमा ७८औँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक सङ्घको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमको विषयवस्तु प्रस्तोता प्राज्ञ डा.कृष्णराज अधिकारी हुनुहुन्थ्यो ।

फागुन १० गते सङ्घको बागबजारस्थित कार्यालयमा भएको कार्यक्रममा प्रलेसका सल्लाहकार समेत रहेका प्राज्ञ अधिकारीले नेपालमा मार्क्सवादी दृष्टिबाट भगवद्गीताको परिचर्चा गर्ने नगरिएको बताउँदै भौतिकवादी दृष्टिबाट रामायण, महाभारत लगायत सबै प्राचीन ग्रन्थहरूको विश्लेषण गरिरहनुपर्ने बताउनु भयो । वहाँले अगाडि भन्नुभयो, भगवद्गीता आफै दर्शन नभएर त्यति बेलाका विभिन्न दर्शनहरूको सार हो ।

आद्य इतिहास अर्थात् प्रारम्भिक कृषि युगको अवधिमा गीताको रचना गरिएको बत्ताउँदै प्राज्ञ अधिकारीले बहूदेवबाट अगाडि बढ्दै एकदेववादको रूपमा कृष्ण भगवान्लाई स्थापित गर्न भगवद्गीता रचना गरिएको वहाँले बताउनु भयो । वहाँले अगाडि भन्नु भयो, वर्ण व्यवस्थाले वैश्य, शूद्र तथा नारीमाथि भइरहेको उत्पीडनको फलस्वरूप विद्रोहको स्थिति सिर्जना त्यसका साथै लोकायत, बौद्ध तथा जैन दर्शनप्रति आकर्षण बढ्दै जाँदा भक्ति मार्ग, कर्म मार्ग तथा ज्ञान मार्गको खण्डहरूका साथ गीताको रचना गरिएको थियो । गण तथा जनजातीय राज्यमा भइरहेको विद्रोहलाई दबाउन गीतामा धार्मिक तथा दार्शनिक सिर्जनाबाट अगाडि बढिएको वहाँको तर्क थियो ।

प्राज्ञ अधिकारीले भगवद्गीतामा भक्ति मार्गमा शूद्र, वैश्य र नारीले जति पाप गरे पनि भगवान् कृष्णको अनुसरण गरे पापबाट मोक्ष पाइने उल्लेख गरिएको छ । वहाँले अगाडि भन्नुभयो, कर्म मार्गमा काम मात्र गर, फलको आशा नगर भनेर चर्चा गरिएको तथा वर्णाश्रम व्यवस्थालाई मात्र अनुसरण गर्ने तथा त्यो भन्दा दायाँबायाँ नजाने उल्लेख गरिएको बताउनुभयो । भगवत् गीतामा सुन्दर र काव्यात्मक शैली भए पनि त्यसको आन्तर्य शोषणमूलक समाजलाई कायम गर्ने रहेको वहाँको तर्क थियो ।

ज्ञान मार्गमा वैश्य, शूद्रलाई ज्ञान मार्गको अवसर प्रदान नगरिएको बताउँदै प्राज्ञ अधिकारीको तर्क थियो, सामन्तवाद उत्कर्ष पुगेको बेला त्यसको संरक्षण गर्नु नै भगवद्गीताको मूल उद्देश्य थियो ।

प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा भएको परिसंवाद कार्यक्रमको सञ्चालन सङ्घका उपाध्यक्ष तथा कार्यक्रम संयोजक समीर सिंहले गर्नु भएको थियो । कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा गोपिरमण उपाध्याय, डा.गोविन्दशरण उपाध्याय, विष्णु प्रभात, गिरिप्रसाद बुढा, सीता शर्मा, पार्वती राउत, शालिग्राम तिमिल्सेना, जगत् वाशिष्ठ, धनबहादुर मगर, प्रकाश तिवारी, सुयोग पौडेल, कुशु कार्की लगायत हुनुहुन्थ्यो ।

परिसंवाद कार्यक्रमको अवसरमा प्राज्ञ विष्णु प्रभातले रु एक लाखको अक्षयकोषको रकम प्रलेसलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...