Gyaan Ghar

Advertisement

बुढानीलकण्ठमा काठमाडौँ परिसरको छापा, केही व्यक्ति पक्राउ


काठमाडौँ – काठमाडौँको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ।

अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शङ्कास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले छापा मारेको हो।

छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी आफैँ आइतबार बेलुका बुढानीलकण्ठ पुगेका थिए।

अधिकारीका अनुसार शङ्कास्पद गतिविधिको सूचना आएपछि प्रहरी टोली गएर घरमा छापा मारेको हो। यस क्रममा केही व्यक्तिहरू पक्राउ परेको अधिकारीले बताए।

‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शङ्कास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैँ पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’

अधिकारी एक साताअघि मात्रै परिसरमा नयाँ प्रमुख भएर गएका थिए। अधिकारीले के कति व्यक्ति पक्राउ परेको र के कस्तो विवरण हो विस्तृत विवरणबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए।

 

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...