health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
काठमाडौँ – काठमाडौँको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ।
अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शङ्कास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले छापा मारेको हो।
छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी आफैँ आइतबार बेलुका बुढानीलकण्ठ पुगेका थिए।
अधिकारीका अनुसार शङ्कास्पद गतिविधिको सूचना आएपछि प्रहरी टोली गएर घरमा छापा मारेको हो। यस क्रममा केही व्यक्तिहरू पक्राउ परेको अधिकारीले बताए।
‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शङ्कास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैँ पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’
अधिकारी एक साताअघि मात्रै परिसरमा नयाँ प्रमुख भएर गएका थिए। अधिकारीले के कति व्यक्ति पक्राउ परेको र के कस्तो विवरण हो विस्तृत विवरणबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए।