health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
काठमाडौँ, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरोकारवाला हरुले चिन्ता व्यक्त गरेका छन् ।
रोटरी क्लब अफ काठमाडौँ र आइएसएसआरको सहकार्यमा बुधवार दरबारमार्गमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो चिन्ता प्रकट गरेका हुन् ।
सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक, आर्थिक, लगायत आपराधिक गतिविधिको अवस्था हेर्दा सामाजिक विपद्कै रूपमा यो समस्या बढ्न सक्ने विज्ञहरूले बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले मानसिक स्वास्थ्यमा साइबर बुलिङ र इन्टरनेट लतको प्रभावले कसरी प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरे । कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘सामाजिक सञ्जाललाई जिम्मेवार र सुरक्षित तरिकाले प्रयोग गर्नुबाहेक हामीसँग विकल्प छैन । यसमा हाम्रो ध्यान जान जरुरी छ ।’ सामाजिक सञ्जालको प्रयोगले मानसिक सामाजिक लगायत मानिसहरूको बहु आयामिक क्षेत्रमा असर गरिरहेको श्रेष्ठले बताए ।
त्यस्तै, पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले सामाजिक सञ्जाल प्राणघातक रोगका रूपमा फैलिरहेको बताए । ‘हाल मृतकको सङ्ख्या हेर्दा १० प्रतिशत मानसिक समस्याका कारण भइरहेको भन्ने तथ्याङ्क छ’ उनले भने, ‘मानसिक रोगको कारक सामाजिक सञ्जाललाई मानिएको छ । दिनमा २ घण्टाभन्दा धेरै मोबाइल चलाउँदा मानसिक, शारीरिक सामाजिक हिसाबले हानिकारक छ भन्ने कुरा जान्दाजान्दै पनि यसको लतमा फसिरहेका छौँ, त्यसैले कानुन सँगसँगै हामी आफैँ पनि सुध्रिन जरुरी छ ।’
त्यस्तै पूर्व मुख्यसचिव शङ्कर वैरागीले अहिलेको युगमा सामाजिक सञ्जालको प्रयोग अत्यावश्यक भएता पनि बुद्धिमत्तापूर्ण ढङ्गले प्रयोग गर्न जरुरी रहेको बताए । यसको प्रयोगका लागि कानुन बन्नुपर्नेमा समस्या आएपछि मात्रै कानुन बनाउने परम्पराका कारण दुरुपयोग भइरहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रस्तुतीकरण दिएका मनोरोग विशेषज्ञ डा।प्रदीप पाण्डेले हेर्दा सामान्य लागे पनि मोबाइल र इन्टरनेटको लत बच्चादेखि वृद्धसम्म सबैमा रहेको बताए ।
पाण्डेका अनुसार १० देखि ५० प्रतिशत मानिसहरूमा मोबाइलको लत छ । डिप्रेसन, एन्जाइटी जस्ता मानसिक समस्याको प्रमुख कारण मोबाइल तथा इन्टरनेटको अधिक प्रयोग नै रहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रस्तुतीकरण दिँदै नेपाल प्रहरीको साइबर ब्युरोका डिएसपी उमेश प्रसाद साहले विभिन्न सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराधका घटना दिन प्रतिदिन बढिरहेको बताए ।
साहका अनुसार सामाजिक सञ्जालमा पनि सबैभन्दा धेरै फेसबुकको दुरुपयोग भइरहेको छ । अहिले नेपालमा ३७ लाख ४७ हजारको हातमा मोबाइल छ, जसमध्ये आधाभन्दा धेरैले फेसबुक चलाउँछन् । अध्ययन अनुसार फेसबुकबाट मात्रै १ मिनेटमा २ लाख ४३ हजार फोटो अपलोड हुने गरेको साहले तथ्याङ्क पेस गरे । यो क्रियाकलापमा १० देखि १२ कक्षामा पढ्ने किशोर किशोरीहरू संलग्न रहने गरेको उनले बताए ।
फेसबुक तथा प्यासेन्जरकै माध्यमबाट यौन शोषण, सामूहिक बलात्कारदेखि लिएर किशोरी बेचबिखनसम्मका घटना भएको उदाहरण दिँदै डिएसपी साहले साइबर प्राइमबारे कानुन नबन्दा अझ समस्या हुने गरेको बताए । उनले भने, ‘०६३ सालको विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार काम गर्नु परेको छ, तर, अहिलेसम्म त्यो दफा अनुसार हुने भनिएको सजाएँ कसैमाथि भएको छैन ।’
त्यस्तै आइटी विशेषज्ञ अश्विनी भट्टराईले कतिपय किशोर किशोरीहरू जानी नजानी बुलिङको सिकार भइरहेकाले सामाजिक सञ्जाल चलाउँदा सचेत हुनुपर्ने बताइन् । उनले साइबर क्राइमसम्बन्धी शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘फ्री वाइफाई चलाउँदा, आफ्नो परिचयपत्र खुल्ने कागजातहरू कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयको जनाकारी हुनपर्छ । अभिभावकले पनि आफ्ना बालबालिकाहरूलाई कुन उमेरमा कस्तो डिभाइसहरू चलाउन दिने भन्ने विषयको जानकारी राख्न आवश्यक छ ।’
कार्यक्रममा बोल्दै अधिवक्ता रामचन्द्र गौतम ९आरसी० ले साइबर अपराधमा संलग्नलाई कर्वाहीको पाटोमा कानुन चुकेको बताए । यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै रोटरी क्लब अफ काठमाडौँका अध्यक्ष शुशीलकुमार कार्कीले मोबाइलको एडिक्सन र बुलिङले मानव जीवनमा विपद्कै रूप लिन थालेको भन्दै यसको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्न जरुरी रहेको बताए । रोटरी क्लबले यस विषयमा देशव्यापी कार्यक्रम गरिरहेको उनले बताए ।