Gyaan Ghar

Advertisement

समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी


काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा बोल्दै केसीले संसद् बोलाउन कसले छेकेको थियो? भन्दै प्रश्न गरे।

‘समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने? यही हो लोकतन्त्र? यसो गर्नु हुँदैन,’ उनले भने, ‘संसद् नचलाउने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक अभ्यास हो।’

सरकारले ६ वटा अध्यादेश प्रतिनिधिसभा पेस गरेको छ। ती अध्यादेश के हुने भन्ने अन्योल यथावत् छ। सत्तापक्षसँग राष्ट्रिय सभामा आवश्यक सङ्ख्या नपुगेपछि अध्यादेश असफल हुने त्रासमा सत्तापक्ष छ।

सत्तापक्षले जनता समाजवादी पार्टीको साथ खोजिरहेको छ। तर, उक्त पार्टीले नि:शर्त अध्यादेशलाई समर्थन नगर्ने भएको छ। उसले मधेस प्रदेशको मुख्यमन्त्री माग गरे पनि त्यसमा सत्तापक्षमा सहमति जुटिसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...