health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
काठमाडौँ, १८ माघ । इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा हत्या गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार साल्भान मोमिकालाई गोली हानिएको थियो। गोलीवारिको सूचना पाएपछि स्विडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।
मिडिया रिपोर्टका अनुसार सलवानको हत्याको भिडियो सिसिटिभीमा कैद भएको बताइएको छ किनभने यो गोलीबारी हुनु केही समय अघि लाइभ स्ट्रिममा आएको बताइएको छ। मृत्यु हुनेमा ३८ वर्षीय सलवान मोमिका रहेको प्रहरीले पुष्टि गरेको छ ।
मोमिकालाई लगातार इराकी कुरान जलाएकोमा ज्यान मार्ने धम्की आइरहेको थियो । सन् २०२३ को इद उल अजहा (बकर इद) भन्दा ठिक अघि उनले स्विडेनमा इस्लाम धर्मको पवित्र पुस्तक कुरान जलाएका थिए । यसका लागि उनले अनुमति पनि मागेका थिए र स्थानीय प्रहरीले पनि त्यसका लागि अनुमति दिएको थियो । त्यसपछि उनले कुरान जलाएर विरोध जनाएका थिए ।
इराकका सलवान मोमिका इस्लामिक विचार र विश्वासका आलोचक हुन्। मोमिकाले आफू स्विडेन नाटोमा सामेल हुने विरुद्ध नभई इस्लामको विरोधमा कुरान जलाउन चाहेको बताएका थिए । कुरान जलाउनु अघि उनले भनेका थिए, ‘स्विडेन उठ, यो लोकतन्त्र हो।’ मोमिकाले कुरान जलाए पछि धेरै मुस्लिम देशहरूले यसको कडा निन्दा गरेकासमेत थिए ।
तर, पछि उनले स्विडेन छोडेर नर्वेमा शरण लिने योजना बनाइरहेका थिए । किनभने, स्विडेनी सरकारले उनको निवास अनुमति रद्द गरेको थियो। मोमिका स्विडेन एक इराकी शरणार्थी हुन । स्विडेन छाड्ने विषयमा मोमिकाले स्विडेनमा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको संरक्षण ठुलो झूट भएको बताउँदै आएका थिए ।