health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको बताउँदै ती सबै कुरालाई चिरेर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको समेत ओलीले बताए । त्यसैका लागि एमाले र काँग्रेसको सरकार बनेको उनको दाबी छ ।
सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यस पछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए । सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएकोले एमालेका सांसदहरूको संसद्मा पनि त्यही अनुसारको अति जिम्मेवार भूमिका हुने उनले स्पष्ट पारेका छन् । राष्ट्रिय हित, गौरव, सुशासनको पक्षमा संसद्मा एमालेको भूमिका हुने उनले जनाए ।
कमी कमजोरी रहेका कुरालाई सच्याउँदै सुशासनलाई सुदृढ बनाएर अघि बढ्नु पर्नेमा ओलीले जोड दिँदै भने, ‘हाम्रो अत्यन्त सक्रिय र बहुआयामीक दृष्टिकोण रहने छ ।’
सरकारले छिमेक सम्बन्धलाई विशेष रूपमा अघि बढाउने बताउँदै उनले अन्तर्राष्ट्रिय समुदायमा पनि विश्वशान्ति, निःशस्त्रीकरण र अन्तर्राष्ट्रिय न्यायको पक्षमा सरकारको स्पष्ट दृष्टिकोण रहेको ओलीले स्पष्ट पारेका छन् । ‘हाम्रो सम्बन्ध कोही पनि शत्रु छैन हाम्रो, सबै हाम्रा मित्र हुन् भन्ने आधारमा हुने छ’, ओलीले बैठकमा भने ।
नेपाल मानवता र शान्तिको पक्षमा रहेको बताउँदै नेपालमा २० प्रतिशतको दरमा रहेको गरिबीलाई शून्यमा झार्ने योजनाका साथ सरका अघि बढिरहेको ओलीले स्पष्ट पारेका छन् ।
वातावरण परिवर्तनमा परेको प्रभावलाई रोक्नको लागि नेपाल प्रतिबद्ध रहेको र त्यसमा विश्व समुदायको ध्यानाकर्षण गराउने ओलीले स्पष्ट पारेका छन् । माघ महिनामा समेत हिमालमा हिउँ नदेखिनु निक्कै चुनौतीपूर्ण स्थिति रहेको बताउँदै ओलीले हिन्द कुश पर्वतमालाको सबैभन्दा ठुलो भाग नेपालमा रहेको बताउँदै ओलीले विश्वको वातावरण संरक्षण गर्ने कुरामा यसको महत्त्व रहेकोले त्यसको संरक्षण गर्दै नेपाल अघि बढ्ने उनले जनाए ।
‘विश्व शान्ति र विश्व वातावरणीय सुरक्षामा हामीले बढी ध्यान दिने छौँ’, उनले भने ।
व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने गलत प्रचार गरिएको भन्दै ओलीले त्यसमा एमालेका सांसदहरू सचेत हुनुपर्ने जनाउँदै ओलीले आफ्नो पालामा देशमा असाधारण काम भएको दाबी गरेका छन् ।
संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै ओलीले अहिलेको संविधान दुई पटक संशोधन भइसकेको बताए । संविधान संशोधन गरेर लोकतन्त्रलाई थप बलियो बनाउने काम गरिएको ओलीले स्पष्ट पारेका छन् । ‘नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ, स्वागतयोग्य छ, लोकतन्त्रमा लोकतान्त्रिक प्रक्रिया बाहेक अन्य कुनै पनि अराजक बाटोबाट परिवर्तन सम्भव छैन’, ओलीले भने ।
अहिले दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै ओलीले त्यसको पछि नलाग्न पनि आग्रह गरेका छन् । सरकार ढल्ने म्याद सार्दै आएकालाई ओली भने, ‘२०८४ मङ्सिरमा सरकार परिवर्तन हुन्छ, निर्वाचन पछि के परिणाम आउँछ, त्यही अनुसारको सरकार बन्छ, मान्छेहरूले अस्ति गएको मङ्सिर बुझेछन्, २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’
प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्विस बैङ्कमा पैसा राखेको छ भनेर प्रचार गरेको भन्दै भ्रामक प्रचार गरिएकोसमेत बताउँदै यस्ता प्रचार गर्नेको कुनै खण्डन गर्न आवश्यक नरहेको स्पष्ट पारेका छन् ।
आफूलाई पशुपतिमा पित्तल चढायो, छानबिन गरी पाउँ भन्नेसम्मका आरोप लगाइ छानबिनसम्म गरिएको ओलीले स्मरण गराउँदै पशुपतिनाथमा चढाइएको सुन उक्काएर जोख्दा कुनै कैफियत फेला नपारेपछि उनीहरू चुप लागेका ओलीले बताए । कमजोरहरूको झुट बोल्ने, बेइमानी गर्ने चरित्र हुने ओलीको भनाइ छ ।
ओलीले सांसदहरूलाई अत्यन्तै संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । तथ्यमा आधारित बहस गर्न निर्देशन दिँदै ओलीले तथ्य र सत्यको आधारमा बोल्ने कुरामा हिचकिचाउन नहुने जनाए ।