Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
७७औँ परिसंवाद कार्यक्रम सम्पन्न  - Gyaan Ghar

Gyaan Ghar

Advertisement

७७औँ परिसंवाद कार्यक्रम सम्पन्न 

माघ ११, काठमाडौँ । किसान अधिकार र कृषि साहित्य विषयमा ७७औँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक सङ्घको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमको विषयवस्तु प्रस्तोता किसान नेता भैरव रेग्मी हुनुहुन्थ्यो ।
माघ ११ गते सङ्घको बागबजारस्थित कार्यालयमा भएको कार्यक्रममा नेता रेग्मीले किसानलाई राज्य व्यवस्थाले अवहेलना गरिरहेको सन्दर्भमा ‘किसानका वेदनाहरू समेटेर साहित्यको सिर्जना गर्नुपर्ने’ बताउनुभयो – ‘प्रलेसजस्तो सांस्कृतिक मोर्चाले किसान अधिकारलाई सम्बोधन गर्दै बढी भन्दा बढी कविता, कथा, गीतहरूका साथै दार्शनिक रूपमा पनि चर्चा गर्नुपर्दछ ।’
किसानका उत्पादनलाई प्रयोग गर्ने तर प्रयोग गरिसकेपछि उनीहरूको श्रमलाई बिर्सनु दुःखद विषय भएको बताउँदै किसान नेता रेग्मीले ‘बिचौलिया संस्कृति बलियो हुँदै जाँदा देशका किसानहरूको अवस्था बेहाल हुँदै गयो ।’ वहाँले अगाडि भन्नुभयो, ‘महिला किसानहरूको अवस्था त झनै जटिल छ । उनीहरूको पिडालाई राज्यले सम्बोधन गर्न सकिरहेको छैन । त्यसैले पनि लेखक साहित्यकारहरूले किसान अधिकारलाई सशक्त रूपमा सम्बोधन गर्नुपर्दछ ।
मार्क्सले पनि मजदुरको कुरा उठाउँदा कृषि मजदुरको कुरा नउठाएको बताउँदै लेखक रेग्मीले भन्नुभयो, ‘नेपालको सरकार पुग्नेहरूले किसानका समस्याहरू, आफ्नो घोषणापत्रमा मात्र सीमित राखे । देशमा कृषिको योगदान ३२ प्रतिशत तर सरकारले कृषिमा ४ प्रतिशत मात्र बजेट छुटाउनु एकदमै असमान व्यवहार हो ।’
प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा भएको परिसंवाद कार्यक्रमको सञ्चालन सङ्घका उपाध्यक्ष नमुना शर्माले गर्नुभएको थियो । परिसंवाद कार्यक्रमको विषयवस्तुको बारेमा संयोजक समीर सिंहले प्रस्ट पार्नु भएको थियो ।
कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा प्रा.डा.जिवेन्द्रदेव गिरी, गोपिरमण उपाध्याय, डा.कृष्ण अधिकारी, केबी घले, धनबहादुर मगर, नीलकण्ठ अमात्य, तिलप्रसाद न्यौपाने, मोहन मल्ल, राजेश गोसाईं, जगत् वाशिष्ठ, सङ्घराम महर्जन लगायत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...