Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
प्रचण्डको अपिल: `हामी गल्ती सच्चाउँछौँ, ०८४मा बहुमत दिनुहोस्´ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

प्रचण्डको अपिल: `हामी गल्ती सच्चाउँछौँ, ०८४मा बहुमत दिनुहोस्´


दाङ,माघ ११ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् ।

 

माओवादी केन्द्रले  तुलसीपुर नगर कमिटीले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने -‘यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु । हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईँहरूले पनि आफ्नै छोराछोरी त हुन नि भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौँ । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर  फाल्ने छ । सामाजिक विभेदको अन्त्य गर्नेछ । न्याय स्थापित गर्नेछ । आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । तपाईँहरूले जनयुद्धमा साथ दिनुभयो । शान्ति प्रक्रियामा साथ दिनुभयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस् ।अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँमा तपार्इहरुको साथ चाहियो । तपाइहरूले त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’

तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमीकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टी प्रति सकारात्मक धारणा बन्दै गएकोसमेत दाबी गरे ।

सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफूले देशभर गरेको अभियानमा   जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको उनले बताए।

अध्यक्ष प्रचण्डले भने -‘ सरकारबाट बाहिरिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने सङ्कल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर आएको छ। देशभर  विभिन्न पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ ।’

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको उनले बताए।

अध्यक्ष प्रचण्डले भने -‘दुई ठुला कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक भरखरै सकियो जसमा माओवादी केन्द्रले फरक विचारलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लग्यो। त्यति नै बेला एमालेको बैठकले भने फरक मत राख्नेहरू भीम रावल, बिन्दा पाण्डे, उषा किरण लगायतलाई कारबाहीको डन्डा चलायो । जनताले दुई पार्टीको केन्द्रीय समितिको बैठकलाई तुलना गरेर हेरेका छन् ।’

माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रूपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्यिुनिष्टहरुलाई एकताबद्ध गर्दै लैजाने उनले बताए ।

विप्लव लगायतका पूर्वमाओवादी धाराहरूसँग पार्टी एकताका लागि भइरहेका छलफललाई तर्फ सङ्केत गर्दै अध्यक्ष प्रचण्डले उक्त अभियानलाई छिट्दै पूर्णता दिने समेत जानकारी  दिए।

‘माओवादी पार्टीहरूलाई एकताबद्ध बनाउने अभियान चलाइएको छ । त्यो अभियानले छिट्टै पूर्णता दिनेछौँ,’ उनले भने ।

आफूले रोष्टमबाट  यो सरकार सुशासनको डरले बनेको भनेर भनेको स्मरण गर्दै सरकार लोकतन्त्रको भावना विपरीत अपारदर्शी ढङ्गले बनेको बताए। उनले भने,  -‘मैले जसलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास गर्दै थिए । ती नै बिचौलियाको घरमा रातको १२ बजे सरकार गठनको सहमति बन्यो ।जनताको पक्षमा, सुशासन र समृद्धिको पक्षमा काम गरिरहेको मेरो नेतृत्वको सरकार ढालेर यो सरकार सुशासनको डरका कारण बन्यो । मैले सरकारमा रहेर आफ्नो अर्काको नभनीकनै कारबाहीको प्रक्रिया अघि बढाए । अनुसन्धान खटिएका अफिसरहरूलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिए पनि कारबाही अगाडि बढाउनु भने । म चुनौतीका साथ भन्न चाहन्छु ,अहिले सकारको नेतृत्व गर्नेले मैले झैँ आफैलाई अनुसन्धान गरेर देखाउनू ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...