Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
लेनिन स्मृति शतवार्षिकीका कार्यक्रमहरू लेनिन दिवससम्म निरन्तरता हुने - Gyaan Ghar

Gyaan Ghar

Advertisement

लेनिन स्मृति शतवार्षिकीका कार्यक्रमहरू लेनिन दिवससम्म निरन्तरता हुने

काठमाडौँ/विश्व कम्युनिस्ट आन्दोलनका प्रसिद्ध नेता तथा प्रथम समाजवादी व्यवस्थाका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको सय वर्ष नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । ‘लेनिन स्मृति शतवार्षिकी’ समितिले अघिल्लो वर्ष जनवरी २१ देखि सुरु गरेको अभियानको समापन शुक्रवार (माघ ११ गते) काठमाडौँमा गरेको छ।
समापन कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी(मसाल)का महामन्त्री  मोहनविक्रम सिंह, प्रसिद्ध साहित्यकार नारायण ढकाल, शतवार्षिकी अभियानका संयोजक निनु चापागाईँ, राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक लोकनारायण सुवेदी लगायतले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा मोहनविक्रम सिंहले कम्युनिस्टहरू नै मार्क्सवाद–लेनिनवादको दर्शनबाट विचलित भएकाले समाजवादी व्यवस्था पतन भएको जिकिर गर्नुभयो। उहाँले मार्क्सवादी दर्शन र लेनिनवादी सङ्गठन प्रणालीका आधारमा सङ्गठित भएर समाजवादी क्रान्ति भएको तर पछिल्लो समयमा कम्युनिस्टहरूले नै त्यसलाई बिर्सेको बताउनुभयो।
‘मार्क्सवादी, लेनिनवादी दर्शनको पथ पर्दशन र लेनिनवादी सङ्गठन प्रणालीको आधारमा सङ्गठित सर्वहारा वर्गको पार्टी वा कम्युनिस्ट पार्टीको नेतृत्वमा नै रुसमा समाजवादी क्रान्ति भएको थियो र समाजवादी व्यवस्थाले विश्वव्यापी रूप लिएको थियो,’ सिंहले भन्नुभयो, ‘तर कम्युनिस्टहरू मार्क्सवादी, लेनिनवादी दर्शनबाट विचलित हुँदै जानु तथा उनीहरूले लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई परित्याग गर्दै जानुको नै परिणाम हो कि सोभियत सङ्घ, चीन सहित विश्व समाजवादी व्यवस्थाको पतन भयो र विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुग्यो ।’ सिंहले यही कारण देखाएर कम्युनिस्टहरू समाजवादी क्रान्तिको विश्वव्यापी सफलताबारे निराश हुनु पर्ने आवश्यकता नभएको पनि औँल्याउनुभयो।
कार्यक्रममा ‘लेनिन र साहित्य’ विषयमा साहित्यकार नारायण ढकालले आफ्ना विचारहरू राख्नुभएको थियो भने लेनिनवादको सान्दर्भिकताबारे लोकनारायण सुवेदीले बोल्नुभएको थियो । साहित्यकार ढकालले लेनिनका साहित्यसम्बन्धी विचार, टोल्सटोयबारे लेनिनको रचनाको पृष्ठभूमि र सन्दर्भहरूको परिचर्चा गर्दै गोर्की र रोजा लक्जेम्वर्गको समाजवाद सम्बन्धमा लेनिनसँगका आलोचनात्मक बहसहरू, ट्राट्स्की र स्टालिनका लेनिनपछिका भूमिकाहरूबारे पनि फेरि बहस गर्नुपर्नेतर्फ पनि नयाँ समयका आन्दोलनकारीको ध्यान नपुगेको ओैंल्याउनुभयो। “म भित्रदेखि रोएर यी विषयहरू राखिरहेको छु, रोएर भनेको दुःखी भएर होइन, हाम्रो कम्युनिस्ट आन्दोलनको चिन्ता गरेर, हाम्रो समाजवादी लोकतन्त्रको समस्याको निकास खोजेर यी विषय राखिरहेको छु,” उहाँले भन्नुभयो। उहाँले आफू हङ्ग्री जेनेरेसनको प्रभावमा रहेकै बखत कुन-कुन सन्दर्भ र बाटो हुँदै लेनिनसम्म पुगेँ भन्ने संस्मरणात्मक अनुभूतिसहित लेनिनको योगदान र महानताबारे आज झन् धेरै सम्झना र झन् धेरै पुनर्मुल्याङ्कन हुनुपर्ने बताउनुभयो।
समापन समारोहमा ‘सुसेला’ सङ्गीत समूहले कम्युनिस्ट अन्तर्राष्ट्रिय, लेनिनको सम्झना र सयौँ लेनिन गरी तीन वटा अलग–अलग गीतहरू पनि कार्यक्रममा प्रस्तुत गरेको थियो।
लेनिन स्मृति शतवार्षिकी समितिका संयोजक तथा प्रसिद्ध मार्क्सवादी समालोचक एवम् सौन्दर्य चिन्तक निनु चापागाईँले समितिले एक वर्षभरि विभिन्न सहरमा झन्डै एक दर्जन कार्यक्रमहरू गरेको र आगामी अप्रिल २२ सम्म बाँकी कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिनुभयो । उहाँले अप्रिल २२ मा पर्ने लेनिन दिवसका दिन सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी रहेको पनि बताउनुभयो। समापन समारोहको सञ्चालन समितिका सदस्य सङ्गीतले गर्नुभएको थियो।
रुसमा प्रथम समाजवादी व्यवस्था स्थापना गरेका नेता लेनिनको स्मृतिको शताब्दी वर्षका अवसरमा नेपालमा यस पटक कुनै पनि ठुला भनिने कम्युनिस्ट पार्टीहरूले भने कुनै कार्यक्रम गरेनन् । यसअघि अक्टोबर क्रान्तिको शतवार्षिकी स्वनाम साथीको संयोजकत्वमा एक समितिले आयोजना गरेको थियो ।
‘लेनिन स्मृति शतवार्षिकी’ले भने गएको एक वर्ष शतवार्षिकी अभियान सञ्चालन गरेको थियो । त्यसअनुसार समितिले गत वैशाख १० र ११ गते (२२ र २३ अप्रिल) चीन, भारत, बङ्गलादेश र नेपालबाट आठ वटा कार्यपत्रसहित नेपालमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय लेनिन सेमिनार’ सम्पन्न गरिसकेको छ । त्यस्तै, काठमाडौँ र उपत्यकाबाहिर विभिन्न सहरमा विचार–गोष्ठीहरू, लेनिन काव्योत्सव कार्यक्रम, अक्टोबर क्रान्ति दिवस विशेष कार्यक्रम, आठ मार्च र महिला मुक्तिसम्बन्धी कार्यक्रम लगायत सार्वजनिक कार्यक्रमहरू सम्पन्न भइसकेका छन्।
समितिले आगामी अप्रिल २२ मा पर्ने लेनिन दिवसमा साङ्गीतिक कार्यक्रम र लेनिनका केही कालजयी रचनाहरूको अनुवाद तथा पुनः प्रकाशन गर्ने जनाएको छ । त्यस्तै, लेनिन स्मृति शतवार्षिकी स्मारिका प्रकाशन गर्ने योजना पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...