Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
प्रज्ञा-प्रतिष्ठानद्वारा नेपाल भाषाका स्रष्टा सम्मानित  - Gyaan Ghar

Gyaan Ghar

Advertisement
Edit Content
Edit Content

प्रज्ञा-प्रतिष्ठानद्वारा नेपाल भाषाका स्रष्टा सम्मानित 

काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा (मातृभाषा,कोश र व्याकरण) विभागको तत्त्तवाधनमा प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा ‘नेपाल भाषाका स्रष्टाहरूलाई कदर पत्र समर्पण’ गरियो ।
 माघ १० गतेका दिन नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्दै नेपाल भाषा ,साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुराएका स्रष्टाहरू तेजेश्वरबाबु ग्वङ्गः,नारायणदेवी श्रेष्ठ, प्रकाश प्रधानाङ्ग, सुवर्ण शाक्य,नवीन चित्रकार, सत्यभामा माथेमा, प्रा.डा. तुयुबहादुर महर्जन,मथुरा साय्मि,अपर्णा प्रधान, सौरभ शाक्य, श्याम आशा र रामेश्वर भुजूँ गरी १२ जनालाई नगदसहित कदर पत्रद्वारा सम्मान गर्नुभएको थियो।
यस अवसरमा कुलपति राईले तत्कालीन राज्यसत्ता मातृभाषा प्रति अनुदार रहेको समयमा पनि नेपाल भाषा र साहित्यको साधना गर्नु भनेको खास चुनौती ,अभियान र आन्दोलन भएको बताउनुभएको थियो।उहाँले प्रज्ञा-प्रतिष्ठानले सम्झिनु भनेको राज्य संयन्त्रले सम्झिएको हो भन्ने बुझ्न जरुरी रहेको बताउनु भएको थियो।
 नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ विमल निभाले सदियौँदेखि उत्पीडनमा परेका मातृभाषाका स्रष्टाहरूलाई कदर गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै यो एक प्रतीकात्मक सम्मान रहेको बताउनु भएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा साधन र स्रोतको अभावले प्रज्ञा-प्रतिष्ठानका कतिपय ठोस काम गर्न कठिनाइ रहेको बताउनु भएको थियो ।उहाँले नेपाल भाषामा विशिष्ट योगदान पुराएका स्रष्टाहरूलाई मायाको चिनो स्वरूप कद्दर पत्रसम्म प्रदान गर्न सकिएको बताउँदै मातृभाषाको संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
 कार्यक्रमका सभाध्यक्ष,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा,कोश र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ले आफ्नो समापन मन्तव्यमा नेपाल भाषा साहित्यका ज्येष्ठ स्रष्टालाई प्रज्ञा-प्रतिष्ठानको तर्फबाट कदर पत्रले भने पनि सम्मान गरेर थप हौसला प्रकट गरेको बताउनुभएको थियो ।उहाँले यस्ता कार्यक्रमहरू सबै मातृभाषाका स्रष्टासम्म पुर्‍याउने बताउनु भएको थियो । कार्यक्रमको सुरुमा वरिष्ठ कवि त्रिरत्न शाक्यको निधनमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।कार्यक्रमको सञ्चालन कवयित्री प्रतिसरा साय्मिले गर्नुभएको थियो।
सम्प्रेषण : प्राज्ञ चेतनाथ धमला 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...