Gyaan Ghar

Advertisement

प्रज्ञा-प्रतिष्ठानद्वारा नेपाल भाषाका स्रष्टा सम्मानित 

काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा (मातृभाषा,कोश र व्याकरण) विभागको तत्त्तवाधनमा प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा ‘नेपाल भाषाका स्रष्टाहरूलाई कदर पत्र समर्पण’ गरियो ।
 माघ १० गतेका दिन नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्दै नेपाल भाषा ,साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुराएका स्रष्टाहरू तेजेश्वरबाबु ग्वङ्गः,नारायणदेवी श्रेष्ठ, प्रकाश प्रधानाङ्ग, सुवर्ण शाक्य,नवीन चित्रकार, सत्यभामा माथेमा, प्रा.डा. तुयुबहादुर महर्जन,मथुरा साय्मि,अपर्णा प्रधान, सौरभ शाक्य, श्याम आशा र रामेश्वर भुजूँ गरी १२ जनालाई नगदसहित कदर पत्रद्वारा सम्मान गर्नुभएको थियो।
यस अवसरमा कुलपति राईले तत्कालीन राज्यसत्ता मातृभाषा प्रति अनुदार रहेको समयमा पनि नेपाल भाषा र साहित्यको साधना गर्नु भनेको खास चुनौती ,अभियान र आन्दोलन भएको बताउनुभएको थियो।उहाँले प्रज्ञा-प्रतिष्ठानले सम्झिनु भनेको राज्य संयन्त्रले सम्झिएको हो भन्ने बुझ्न जरुरी रहेको बताउनु भएको थियो।
 नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ विमल निभाले सदियौँदेखि उत्पीडनमा परेका मातृभाषाका स्रष्टाहरूलाई कदर गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै यो एक प्रतीकात्मक सम्मान रहेको बताउनु भएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा साधन र स्रोतको अभावले प्रज्ञा-प्रतिष्ठानका कतिपय ठोस काम गर्न कठिनाइ रहेको बताउनु भएको थियो ।उहाँले नेपाल भाषामा विशिष्ट योगदान पुराएका स्रष्टाहरूलाई मायाको चिनो स्वरूप कद्दर पत्रसम्म प्रदान गर्न सकिएको बताउँदै मातृभाषाको संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
 कार्यक्रमका सभाध्यक्ष,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा,कोश र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ले आफ्नो समापन मन्तव्यमा नेपाल भाषा साहित्यका ज्येष्ठ स्रष्टालाई प्रज्ञा-प्रतिष्ठानको तर्फबाट कदर पत्रले भने पनि सम्मान गरेर थप हौसला प्रकट गरेको बताउनुभएको थियो ।उहाँले यस्ता कार्यक्रमहरू सबै मातृभाषाका स्रष्टासम्म पुर्‍याउने बताउनु भएको थियो । कार्यक्रमको सुरुमा वरिष्ठ कवि त्रिरत्न शाक्यको निधनमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।कार्यक्रमको सञ्चालन कवयित्री प्रतिसरा साय्मिले गर्नुभएको थियो।
सम्प्रेषण : प्राज्ञ चेतनाथ धमला 

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...