Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग सोधपुछ गरिने - Gyaan Ghar

Gyaan Ghar

Advertisement

ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग सोधपुछ गरिने


न्युयोर्क, १० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।

 

न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन् । देशका विभिन्न भागबाट यस्ता अवैध आप्रवासी पक्राउ परेका हुन् । यी गैर कानुनी आप्रवासीहरू अधिकांश अपराधी रहेको जनाइएको छ । तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ।

 

होमनले बुधवार भने कि अध्यागमन अधिकारीहरूले देशका लागि खतरा हुने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेका छन्। उनीहरूको जनसङ्ख्या ७ लाखभन्दा बढी रहेको छ, जो पक्राउ गर्नका लागि छापामारी सुरु भएको छ।

 

रिपोर्टका अनुसार ट्रम्पको शपथ लगत्तै अमेरिकाका धेरै राज्यहरूमा छापा मार्ने काम सुरु भइसकेको छ र आप्रवासीहरूसँग ठुलो मात्रामा सोधपुछ भइरहेको छ।

 

राष्ट्रपति चुनाव जितेको केही दिनपछि ट्रम्पले पूर्व अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) प्रमुख टम होमनलाई ‘बोर्डर जार’ नियुक्त गरेका थिए। होमनले गत हप्ता घोषणा गरेका थिए कि ट्रम्पको शपथको भोलिपल्ट देखी नै  कागजातविहीन आप्रवासीहरूको व्यापक राष्ट्रव्यापी खोज र गिरफ्तारी सुरु गर्नेछन्, नभन्दै अहिले अमेरिकामा छापामारी र सोधपुछ सुरु भएको छ ।

 

सोमबार शपथ लिएपछि ट्रम्पले धेरै कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमध्ये अवैध आप्रवासीलाई प्रवेशमा रोक लगाउने र सीमामा सुरक्षा व्यवस्था कडा पार्ने जस्ता आदेश थिए । शपथका बेला पनि ट्रम्पले अवैध आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने कुरा गरेका थिए । उनले चाँडै नै अमेरिकी इतिहासको सबैभन्दा ठुलो निर्वासन अभियान सुरु हुने बताएका थिए ।

 

प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा विश्वमा सबैभन्दा धेरै आप्रवासी छन् । विश्वका कुल आप्रवासीहरूमध्ये २० प्रतिशत अमेरिकामा मात्रै बस्छन्। सन् २०२३ सम्ममा यहाँ बसोबास गर्ने आप्रवासीको कुल सङ्ख्या ४.७८ करोड थियो। अन्य देशका मानिसहरू गैर कानुनी रूपमा अमेरिका प्रवेश गरेर अपराध गर्ने ट्रम्पको विश्वास छ । त्यसैले उनी तिनीहरूलाई देश निकाला गराउन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...