health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।
बुधवार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह यति धेरै फैलियो कि यात्रुहरूले ट्रेनबाट हाम फालेर आफ्नो ज्यान बचाउनु नै राम्रो ठाने तर ज्यान जोगाउन खोज्दा उल्टै उनीहरूको ज्यान गयो ।
यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए । केही यात्रुहरू ट्र्याकमा यता उता दौडन थाले । यसैबिच अर्को ट्र्याकमा आउँदै गरेको तीव्र गतिको कर्नाटक एक्सप्रेसले उनलाई नराम्ररी कुल्चियो । यस दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको जनाएको छ ।
यो दुर्घटना यति डरलाग्दो थियो कि कल्पना गर्दा पनि मुटु नै काप्न थाल्छ । ट्र्याकमा जताततै शरीरका टुक्रा टुक्रा देखा परेका थिए। यो दृश्य देख्ने जो कोही डराए । जताततै लास र कोलाहल थियो । अहिले पीडितलाई क्षतिपूर्ति दिने घोषणा गरिएको छ ।
दुर्घटनाको केही समयपछि स्थानीयवासी घाइतेको उद्धारका लागि घटनास्थल पुगेका थिए । यो दुर्घटनालाई नजिकबाट देखेका एक यात्रुले गुडिरहेको ट्रेनमा अचानक ब्रेक लागेको बताए । केही यात्रुले एउटा डिब्बामा आगो लागेको बताएका छन् । त्यसपछि त्यहाँ कोलाहलको वातावरण सिर्जना भएको थियो ।
खासमा पुष्पक एक्सप्रेस लखनउबाट मुम्बई जाँदै थियो। सो रेल फुल स्पिडमा थियो तर बुधवार दिउँसो ४ः४२ बजेको थियो, जब ट्रेन मुम्बईबाट ४२५ किलोमिटर टाढा जलगाउँको पचोरा रेलवे स्टेसन नजिक पुगिसकेको थियो। त्यही क्रममा रेलको ४ नम्बर बोगीमा धुवाँ उठेको अर्थात् आगलागी भएको हल्ला रेल भित्र फैलियो ।
यो सुनेपछि त्यहाँ हङ्गामा मच्चियो । यात्रुहरू रेलबाट ओर्लेर दौडन थाले र आफ्नो ज्यान जोगाउन खोज्दा विपरीत दिशाबाट आउँदै गरेको कर्णाटक एक्सप्रेसले ठक्कर दिए । केही बेरमै ट्र्याकमा शव मात्रै देखिन्थे ।